×

NMB BANK
NIC ASIA

बागमती प्रदेशसभा बैठक : राष्ट्रिय महत्वका विषयमा सरकारको ध्यानाकर्षण

बैशाख १२, २०८०

NTC
Premier Steels

बागमती प्रदेशसभाका सदस्यहरुले राष्ट्रिय महत्वका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । आज बसेको प्रदेशसभाको पहिलो बैठकको विशेष समयमा बोल्दै प्रदेशसभा सदस्यले आगामी आवको बजेट तर्जुमा गर्दा जनमुखी एवं जनताप्रति उत्तरदायित्व बोध हुनेखालको निर्माण गरिनुपर्ने सुझाव प्रस्तुत गरे ।

Muktinath Bank


उनीहरूले सिन्धुपाल्चोकको केही भागमा बर्सातको समयमा बाढीपहिरोको प्रभावबाट जोगाउन आवश्यक तटबन्धन निर्माण गर्ने र पीडित परिवारलाई सरकारले अब पुनःबासको व्यवस्था गर्न र बस्ती जोगाउन दीर्घकालीन योजना तर्जुमा गर्नुपर्ने धारणा व्यक्त गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठकमा प्रदेशको १३ वटै जिल्लामा अहिले मौसमी खेतीपातीको लागि किसानलाई सुलभ तरिकाले मल उपलब्ध गराउनुपर्ने र किसानले उत्पादन गरेको बीउबिजन, हरियो तरकारी र फलफूललाई शीतभण्डारको व्यवस्था गरी पायक पर्ने बजारसम्म पु¥याउने व्यवस्था गर्न पहल गर्नुपर्नेमा जोड दिइएको थियो ।  


Advertisment
Nabil box
Kumari

यसैगरी, प्रतिपक्षमा सांसदले प्रदेशको विभिन्न संवेदनशील वन्यजन्तु आरक्षमा डडेलोको प्रभावबाट वन्यजन्तु र पशुपन्छीलाई परेको क्षतिप्रति सरकारले गम्भीर भएर सम्बन्धित सरोकारसँग समन्वय गरेर प्रदेशको १३ वटै जिल्लामा स्थानीय जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

Vianet communication

प्रदेशसभा सदस्यहरूले कृषकलाई खेतीपाती गर्ने समय अघि नै प्रदेश सरकारको कृषि मन्त्रालयले सङ्घीय सरकारसँग समन्वय र सहकार्य गरेर खाद्यान्नलगायत अन्य तरकारी बाली लगाउनुअघि नै आवश्यक पर्ने मल खाद्य र विषादी औषधिको जगेडा राख्न पनि सरकारले कार्यतालिका बनाएर स्थानीय निकायलाई जानकारी गराउनुपर्ने माग गरे ।


यसैगरी स्वदेशी लगानी मै विद्युतीय स्कुटर, मोटरसाइकल निर्माण गरी उपभोक्तालाई सुलभ मुख्यमा वितरण गर्दै गरेको तर, सङ्घीय सरकारले उक्त उद्योगलाई राज्यको कानुनबमोजिम दर्ता गरी स्वदेशी उत्पादनलाई अझै प्रोत्साहन गर्नेखालको कार्यक्रम ल्याउनपर्नेमा त्यसो नगरी हतोत्साही गरेकोमा मुलुकमा अब झन आर्थिक सङ्कट उत्पन्न हुने भएकोमा चिन्ता व्यक्त गरे ।

उक्त बैठकमा प्रदेशसभा सदस्यहरू क्रमशः रामकृष्ण चित्रकार, डा दिनेशचन्द्र देवकोटा, सरल सहयात्री पौडेल, उद्धव थापा, भरतबहादुर केसी, शैलेन्द्रमान बज्रचार्य, लक्ष्मण लम्साल, सुरजचन्द्र लामिछाने, युवराज चौलागाई, रमेशकुमार महतो, उर्मिला सुनुवार, श्रीराम लामिछाने, शान्त ढकाल, ठूला थामी र रत्नप्रसाद ढकालले आ–आफ्नो धारणा व्यक्त गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x