×

NMB BANK
NIC ASIA

सुडान जाने एपीएफ टोलीको बिदाइ

बैशाख १४, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुडान जाने टोलीलाई बिदाइ गरेका छन् । सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयमा बिहीवार आयोजित एक कार्यक्रमकाबीच उनले शान्ति स्थापनार्थ एफपीयू मिसनमा जाने प्रहरी कर्मचारीहरूलाई बधाई दिँदै कार्य सफलताको शुभकामना समेत व्यक्त गरेका छन् ।

Muktinath Bank

महानिरीक्षक अर्यालले विनाशलाई विकास र संघर्षलाई शान्तिमा बदल्ने ठूलो जिम्मेवारी बोकेर द्वन्द्वग्रस्त  मुलुकमा सशस्त्र प्रहरीले चेन अफ कमाण्ड, अनुशासन र सामूहिक भावनाकासाथ राष्ट्र र संगठनको नाम उच्च रहने गरी सो राष्ट्रको नियम कानूनको पालन गर्दै जिम्मेवारी निर्वाहमा जुट्ने विश्वाससमेत व्यक्त गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संयुक्त राष्ट्रसंघीय मिसनमा रहँदा समग्र संगठन र राज्यले आर्जन गरेको छविलाई आँच आउन नदिने गरी जनताको अपेक्षा बमोजिम विभिन्न देशका सुरक्षाकर्मीहरुसँग समन्वय तथा सहकार्य गरी मानव अधिकारको उच्च सम्मान गर्दै विश्व शान्ति स्थापनाको कार्यमा आ–आफ्नो ज्ञान, सिप र क्षमताको उच्चतम प्रयोग गर्दै उत्कृष्ट कार्यसम्पादनमा जुट्न उनले निर्देशन दिएका छन् ।


Advertisment
Nabil box
Kumari

महानिरीक्षक अर्यालले एफपीयू मिसन छनोट निर्देशिका बनिसकेकोले अब १५ वर्ष सेवा अवधि पुगिसकेकाहरुले मात्र सहभागी हुन पाउने र सशस्त्र प्रहरी कर्मचरीहरुको त्याग, उर्जा समर्पण र जेष्ठताको समेत मूल्याङ्कन हुने बताए ।

Vianet communication
Laxmi Bank

मिसनमा जाने टोलीलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतमलगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरूले शुभकामना व्यक्त गरेका थिए ।

सन् २००३ बाट सशस्त्र प्रहरी बल यूएन मिसन अन्तर्गत पहिलोपटक लाइवेरियामा खटिएको थियो । सो मिसन सन् २०१६ मा बन्द भएको हो । त्यसअघि दक्षिण सुडानको जुवामा सन् २०१४ मा सशस्त्र प्रहरी बल नेपाललाई थप मिसन प्राप्त भएको थियो । सो मिसनको पहिलो कमाण्डरको रुपमा महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दर्जामा रहँदा कमान्ड सम्हालेका थिए । सो मिसनमा हाल १ सय ८० जना सशस्त्र प्रहरी कर्मचारी कार्यरत छन् ।

पछिल्लोपटक सशस्त्र प्रहरी बल नेपालको तर्फबाट अफ्रिकी मुलुक माली मिसनको लागि १ सय ४० जनाको टोली तयारी हालतमा राखिएको छ भने सो टोली निकट भविष्यमा त्यसतर्फ प्रस्थान गर्नेछ । 

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक उद्धवबहादुर न्यौपानेको कमाण्डमा १६ जना सिनियर अधिकृत, ३४ जना जुनियर अधिकृत र १ सय ३० विल्लादार जवानहरु गरी जम्मा १ सय ८० जना सशस्त्र प्रहरी कर्मचारीहरु बैशाख १६ गते साँझ त्यसतर्फ प्रस्थान गर्ने सशस्त्र प्रहरी नायब उपरीक्षक एवं सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x