मंसिर १६, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
विराटनगर | बैशाख १८, २०८१
इलाम २ मा भएको उपनिर्वाचनमा नेकपा (एमाले)का सुहाङ नेम्वाङ निर्वाचित भएका छन् । मंगलबार बिहान सकिएको मतगणनामा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै सुहाङ विजयी भएका हुन ।
सुहाङले २७ हजार ७७२ मत ल्याए भने दोस्रो स्थानका खड्काले २१ हजार ९४२ मत पाए ।
तेस्रो स्थानमा पहिचान पक्षधर उम्मेदवार डकेन्द्रसिंह थेगिम लिम्बूले ११ हजार ४५७ मत ल्याए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन योङहाङ लिम्बूले ५ हजार ५० मत पाए । मिलनको जमानत नै जोगाउन सकेनन् ।
अर्कोतिर पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार थेगिमले भने सम्मानजनक मत पाएका छन् । उनले ल्याएको मतले दलहरूलाई सोच्न बाध्य बनाएको विश्लेषण गरिएको छ ।
कोशी नामकरणविरुद्ध आन्दोलित पहिचान पक्षधरहरू एकै ठाउँमा उभिएपछि थेगिमले सम्मान जनक मत पाएका हुन् । पहिचानवादी ४१ वटा घटकको समर्थन पाएका थेगिम मुढा चुनाव चिह्न लिएर मैदानमा आएका थिए । २०७८ फागुन १७ गते एमाले, कांग्रेस, माओवादी केन्द्र र राप्रपाका २ तिहाइभन्दा बढी सांसदको समर्थनमा १ नम्बर प्रदेशको नाम कोशी राखिएको थियो । त्यसपछि पहिचान पक्षधरले आन्दोलन गर्दे आएका छन् ।
आन्दोलनकै कारण एकैठाउँमा उभिएका पहिचान पक्षधरहरू इलाममा आएको मतबाट उत्साहित बनेका छन् । इलाममा आएको मत परिणामले उत्साहित बनेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले बताए । ‘१५ हजार हाम्रो मत हाम्रो आउछ भन्ने थियो,’ उनले भने ‘म्याच फिक्सिङ नभएको भए त्यही १५ हजारको पेरिफेरिले चुनाव जितिन्थ्यो । ’
कांग्रेसकै संस्थापन इतर समूहले एमालेलाई भोट दिएको उनले आरोप लगाए । रास्वपालाई कम मत आएकाले पहिचान पक्षधरलाई घाटा भएको उनको भनाइ छ । २०८४ को निर्वाचनमा मेचीदेखि महाकालीसम्म नै पहिचान पक्षधरहरूबीच चुनावी समीकरण हुने संकेत देखा परेको लिङ्देनले बताए । ‘एक निर्वाचन क्षेत्रमा एउटा मात्रै पहिचानवादी उम्मेदवार उठाउनुपर्छ भन्ने सन्देश पनि यो चुनावले दिएको छ,’ उनले भने ‘यो हामीबीचमा सहमति पनि भएको छ । ’
पहिचानको मुद्दा गैरसरकारी संस्था (एनजीओ)हरूको मात्रै नभएको भन्ने इलाम २ को मत परिणामले पुष्टि गरेको राजनीतिक विश्लेषक कृष्ण पोख्रेल बताउँछन् । ‘माथिका एलिडको मात्रै नभइ जनस्तरमा पनि त्यो मुद्दा त्यति नै सबल रहेछ भन्ने कुरा स्थापित गरेको छ,’ उनले भने ‘आगामी दिनहरूमा पहिचान पक्षधर अझ सङ्गठित भएर चुनावमा गए भने प्रदेशमा पनि बेग्लै शक्तिको रूपमा उदय हुने अवस्थाको सिर्जना यो चुनावले गरेको छ ।’
८४ को चुनावका उनीहरूको पोजिसन र अवस्थाबारेमा विश्लेषण अहिले नै गर्न हतार हुनेतर्फ पनि उनी सचेत देखिए । तथापि पहिचानवादीहरूको पनि बलियो उपस्थिति हुन्छ भन्ने अवस्था भने इलाम २ ले देखाएको उनको भनाइ छ ।
इलामको उपनिर्वाचनमा १२ दल र ७ स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी मैदानमा थिए । इलाम–२ विगत २५ वर्षदेखि एमालेका सुवास नेम्वाङले एकलौटी चुनाव जितेको क्षेत्र हो । एकछत्र चुनाव जितेका सुवासको निधनपछि इलाम–२ मा उपनिर्वाचन भएको हो । उपनिर्वाचनमा पनि सुवासकै छोरा सुहाङले फराकिलो मतान्तरले जित्न सफल भएका छन् ।
पहिचानवादीहरू एक ठाउँमा हुँदा कोशी प्रदेशका धेरै जिल्लाको मत उथलपुथल हुने विश्लेषकहरू बताउँछन् । कोशीका १४ जिल्लामध्ये झापा र मोरङ बाहेकका धेरै जिल्लाको मत अहिले पाइरहेका दलहरूबाट खोसिन सकिने खतरा रहेको विश्लेषक पोख्रेल बताउँछन् । पहिचानवादी एक भए प्रदेशमा ठूलै असर गर्ने उनको भनाइ छ । उपनिर्वाचनले राप्रपालाई भने अस्तित्वको लडाइँमा पुर्याएको उनको विश्लेषण छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...