×

NMB BANK
NIC ASIA

शहीद र बेपत्ता परिवारको निःशुल्क स्वास्थ्य बीमा

बैशाख २३, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

बैतडीको पाटन नगरपालिकाले जिल्लामै पहिलोपटक शहीद र बेपत्ता परिवारको निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरेको छ । 

Muktinath Bank

नगरपालिकाभित्र रहेका १५ शहीद र बेपत्ता परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिएको नगर उपप्रमुख कमलसिंह बोहराले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नौ शहीद परिवार र छ बेपत्ता परिवारको नगरपालिकाले बीमा गरिदएको हो । स्वास्थ्य बीमा बोर्डसँगको समन्वयमा नगरपालिकाले बीमा गरिदिएको हो । 


Advertisment
Nabil box
Kumari

पन्ध्र परिवारको रु तीन हजार पाँच सयका दरले स्वास्थ्य बीमावापतको प्रिमियम शुल्क नगरपालिकाले व्यहोर्ने उपप्रमुख बोहराले बताए। 

Vianet communication
Laxmi Bank

पाँच जनासम्म सदस्य सङ्ख्या रहेको परिवारको रु तीन हजार पाँच सयमा एक वर्षका लागि स्वास्थ्य बीमा गर्ने गरिन्छ । ​

सोवापत बीमित परिवारले रु एक लाखसम्मको उपचार सुविधा पाउँछन् । बीमित परिवारले सूचीकृत स्वास्थ्य संस्थाबाट उपचार सेवा पाउने गर्छन् । नगरपालिकाले यसअघि रोजगारीका लागि भारतका विभिन्न शहरमा रहेका बैतडी घर भएका नेपाली कामदारको निःशुल्क बीमा पनि गरिदिएको छ । यसअघि सो नगरपालिकाले शहीद तथा बेपत्ता भएका व्यक्तिका परिवारलाई सम्मान गरेको थियो । 

जिल्ला प्रशासन कार्यालय र बेपत्ता छानबिन आयोगबाट प्राप्त नामावलीका आधारमा सम्मान गरिएको हो । प्राप्त नामावली आएका १५ शहीद तथा बेपत्ता पारिएका परिवारका सदस्यलाई दोसल्ला प्रमाणपत्र र रु पाँच हजारसहित सम्मान गरिएको नगर प्रमुख गौरीसिंह रावलले जानकारी दिए । 

यस्तै उनीहरूलाई कम्बल र झोला पनि वितरण गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले शहीद तथा बेपत्ता पारिएका व्यक्तिका परिवारलाई सम्मान कार्यक्रम चालू आर्थिक वर्षको नगरसभाबाट स्वीकृत गरेको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x