×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा बैठक

शरणार्थी प्रकरणमा सत्तापक्ष र प्रतिपक्षबीच आरोप–प्रत्यारोप

एमालेले भन्यो-पादरदर्शी ढङ्गले छानबिन होस्

बैशाख २४, २०८०

NTC
Premier Steels

प्रतिनिधिसभाको आइतबारदेखि सुरु भएको वर्षे अधिवेशनको सुरुमै सत्ता पक्ष र प्रतिपक्षका सांसदबीच आरोप–प्रत्यारोप चलेको छ । नेपालीलाई भुटानी शरणार्थी बनाएर भएको ठगी काण्डमा कतिपय जिम्मेवार नेता नै मुछिएपछि यसबारे संसदमा चर्को बहस भएको हो । 

Muktinath Bank

बहसका क्रममा एमालेका सांसदहरुले सत्ता पक्षलाई जोगाउने र प्रतिपक्षलाई धरपकड गर्ने खेलमा सरकार लागेको आरोप लगाए । एमालेका सांसदहरुले शरणार्थी प्रकरणमात्रै नभएर वाइबडी काण्ड बाँसबारी घोटाला काण्ड, मातातीर्थ काण्ड, यति ओम्नी काण्ड, लडाकू शिविरमा भएका घोटाला काण्ड, बजेटमा बिचौलिया घुसाइएको काण्डलगायतबारे एक एक छानबिन हुनुपर्ने माग गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठकको प्रारम्भमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदहरुले सो विषयमा धारणा राखे । 
 
एमाले संसदीय दलका सचेतक महेशकुमार बर्तौलाले अहिले सिङ्गो मुलुकको ध्यान नक्कली शरणार्थी बनाएर लैजाने घटनामा केन्द्रित भएको भन्दै यसमा संलग्नलाई छानबिनको दायरामा ल्याउन माग गरे । ‘सत्यतथ्य, पादरदर्शी ढङ्गले छानबिन गरियोस्, तर हामी आज सुन्दैछौँ, सोही घटनामा संलग्न भएका केही व्यक्तिलाई छाड्न बयान फेर्ने काम भइरहेको छ’, उनले आरोप लगाए ।
 
यस्तै सांसद पदम गिरीले जुनसुकै समयमा भएका अनियमितताका घटनालाई छानबिनको दायरामा ल्याउनुपर्ने बताए ।  यस्तै सांसद सूर्यबहादुर क्षेत्रीले दोषीलाई कारबाही हुनुपर्ने भएपनि निर्दोषलाई फसाउने काम नगर्न सरकारलाई चेतावनी दिए । 
 
एमालेका सांसदहरुपनि बोलेका सांसद माधव सापकोटाले प्रमुख प्रतिपक्षीले संसद् कब्जा गर्ने उद्देश्यले विषयान्तर गरिरहेको आरोप लगाए । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई प्रहरी समक्ष बुझाउन आग्रह गरे । 


Advertisment
Nabil box
Kumari

 सांसद रामहरि खतिवडाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न व्यक्ति कारबाहीको भागिदार हुन तयार हुनुपर्ने बताए । उनले भ्रष्टाचारीलाई जोगाउने काम बन्द हुनुपर्ने धारणा राखे । 
 
यस्तै सांसद ज्ञानबहादुर शाहीले नक्कली भुटानी शरणार्थी बनाउने घटनामा संलग्नलाई कारबाही गर्न माग गरे । 

Vianet communication

यसैगरी सांसद अमरेशकुमार सिंहले राजनीतिक दलका नेताहरु विभिन्न भ्रष्टाचारसम्बन्धी घटनामा मुछिएका उदाहरण पेश गर्दै नक्कली भुटानी शरणार्थी घटनामा संलग्न नेता र कर्मचारीलाई कारबाही गर्न माग गरे । उनले उच्चस्तरीय छानबिन आयोग बनाएर भ्रष्टाचरसम्बन्धी घटनाको छानबिन हुनुपर्नेमा समेत जोड दिए । 

सांसद सुनील शर्माले भुटानी शरणार्थीका विषयमा पक्राउ परेकालाई संसद्मा ल्याएर बयान दिलाउन सभामुखको ध्यानाकर्षण गराए । सांसद मञ्जुकुमारी मिश्रले भ्रष्टाचारका सम्बन्धमा सबै पार्टीले समान धारणा बनाएर दोषीलाई कानुनी दायरामा ल्याइनुपर्ने बताइन् । 

यसैगरी सांसद आरजु राणा आफ्नो चरित्र हत्या गर्ने अभिप्रायले विभिन्न टिकाटिप्पणी भइरहेको बताइन् । उनले सबै नेता र सांसदको सम्पत्ति विवरण सार्वजनिक गरिनुपर्ने भन्दै त्यसका निम्ति आफूहरु तयार रहेको बताइन् । 
 
 सांसद हरि ढकालले विगत ३३ वर्षमा भएको भ्रष्टाचारसम्बन्धी घटनाको आयोग बनाएर छानबिन हुनुपर्ने बताए । यसैगरी सांसद मेटमणि चौधरीले तत्कालीन गृहसचिव, मन्त्री र उच्च पदस्थ अधिकारी यो प्रकरणमा संलग्न रहेको खुल्दै गएकाले यो कार्यमा संलग्न सरकार प्रमुखलाई समेत कारबाही गर्नुपर्ने माग गरे । 
 
सांसद दीपकबहादुर सिंह सत्तापक्ष र प्रतिपक्षले भ्रष्टाचार र अनियमितताको विषयलाई प्रभावकारी ढङ्गले उठाउन नसकेको बताए । 

संसदमा गर्जिए सुवाल
नेमकिपाका सांसद प्रेम सुवालले पनि नेपालीलाई भुटानी शरणार्थी बनाएर एक अर्बभन्दा बढी ठगी गर्ने कार्यमा संलग्नमाथि कारबाहीको माग गरेका छन् ।  सुवालले तत्कालीन गृहमन्त्री रामबहादुर थापाको निर्णयअनुसार नेपालीलाई भुटानी शरणार्थी बनाउने कार्यदल गठन भएको खबर सञ्चारमाध्यममा आएको बताए । 

सोहीअनुसार भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने दाबी गरी एक अर्बभन्दा बढी ठगी गर्ने को–को हुन् भन्दै उनले प्रश्न गरे । उनले यसबारे सरकारले सदनलाई जानकारी गराउनुपर्ने माग गरे ।

‘समाचारहरुमा एक पूर्वमन्त्री फरार अर्का तानिए, पक्राउ पर्ने थाहा पाएरै रायमाझीले अर्घाखाँची जाँदा पीएसओ काठमाडौँमा छाडेका थिए, पार्टी सचिव नै ठगीमा मुछिएपछि प्रधानमन्त्री भेट्न पुगे ओली, रेकर्ड बाहिर ल्याउँछु भनेपछि हच्किए प्रचण्ड, ओलीको दवावमा रायमाझीलाई सरकारले पक्राउ गर्न सकेन, बालकृष्ण खाँणपनि तानिए..आदिआदि समाचार प्रकाशित भइरहेको छ’, सुवासले भने । 

यसअघि पनि वाइबढीमा देउवा पनि र आरजुलाई शैक्षिक माफियाको जेठी दिदी भनेर समाचार आएको भन्दै सुवालले माओवादी अध्यक्ष प्रचण्डको पनि विदेशी बैंकमा अर्बौ रुपैयाँ रहेको दाबीसहित समाचार आएकाले यी सबै विषयमा छानबिन हुनुपर्ने माग गरे । 

सुवासले यस्तो माग गर्दा कतिपय सांसदहरुले टेबल ठोकेर समर्थन गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x