×

NMB BANK
NIC ASIA

नक्कली शरणार्थी प्रकरण

खाँण पक्राउ : ठिक्क पारेको अमलेट नखाई हिँडे, क्यामेराबाट बचाउन प्रहरीसँग गुहार !

बैशाख २७, २०८०

NTC
Premier Steels

नक्कली शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री एवं कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँण पक्राउ परेका छन् ।

Muktinath Bank

खाँणलाई बुधवार बिहान उनकै निवास चाबहिल मैजुबहालबाट पक्राउ गरी काठमाडौं प्रहरी परिसर टेकु लगिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'विशेष पक्राउ पुर्जी' लिएर प्रहरी टोली निवासमा छिर्दा खाँण त्यहीँ थिए । प्रहरी स्रोतका अनुसार उनी बनिराखेको अमलेट खाने तयारीमा रहेछन् ।


Advertisment
Nabil box
Kumari

एक्कासि प्रहरी पुगेपछि उनले अमलेट खान पाएनन् । एकछिनमा सारा माहोल बदलियो ।

Vianet communication

'हामी पुग्दा उहाँ अमलेट खाने तयारीमा हुनुहुन्थ्यो,' एक प्रहरी अधिकारीले लोकान्‍तरसँग भने, 'तर, क्षणभरमै फरक माहोल बन्यो । उहाँले अमलेट खान पाउनुभएन ।'

शुरूमा पक्राउ पुर्जीबारे चासो राखेका खाँण एकछिनका लागि भन्दै कोठामा छिरे । कोठाबाट कसैलाई फोन गरेका खाँणलाई नियन्त्रणमा लिन सामान्य बल नै प्रयोग गर्नुपर्‍यो ।

निवासबाट खाँणलाई उनकै गाडीमा राखेर काठमाडौं प्रहरी परिसर टेकु ल्याइएको थियो । 

टेकु आइपुग्दा उनी पत्रकारको क्यामेराबाट बच्न खोजिरहेका थिए । गाडीबाट झरेलगत्तै उनको ध्यान क्यामेरासँग अनुहार लुकाउनेतर्फ केन्द्रित थियो ।

उनले प्रहरीलाई नै आफूलाई छेकिदिन आग्रह गरेका थिए ।

'भाइहरू पत्रकारबाट छेकिदिनुस् न, फोटो खिच्न थाले,' खाँणको आग्रहलाई उदृत गर्दै एक प्रहरी अधिकारीले भने, 'उहाँले हामीसँग मलाई छेकिदिनुस् भनिरहनुभएको थियो । क्यामेराबाट जोगिन खोज्नुभएको थियो ।'

उनले क्यामेराबाट जोगिन प्रयास गरे पनि सञ्चारमाध्यममा भने केही तस्विरहरू सार्वजनिक भइसकेका छन् । 

खाँणसँगै बुधवार उनका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि प्रहरीले पक्राउ गरेको छ । 

शरणार्थी ठगी प्रकरणमा खाँणपत्नी मञ्जु र कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजु राणासमेत जोडिएको विषय सार्वजनिक भइसकेको छ । 

यसै प्रकरणमा मुछिएका एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझी भने फरार छन् ।

पढ्नुहोस्, यो पनि :


hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x