×

NMB BANK
NIC ASIA

अनुसन्धान परिपक्व भएपछि कांग्रेसले बालकृष्ण खाँणको निलम्बनबारे निर्णय लिने

बैशाख २७, २०८०

NTC
Premier Steels

नेपाली कांग्रेसले अनुसन्धान परिपक्व भएपछि पूर्वगृहमन्त्री तथा नेता बालकृष्ण खाँणको निलम्बनबारे निर्णय लिने भएको छ । बुधबार बसेको पदाधिकारी बैठकमा खाँणले अनुसन्धानलाई सघाइरहेकाले उनलाई पार्टीबाट निलम्बन गर्ने विषयमा  निर्णय गर्न आवश्यक नदेखिएको प्रवक्ता प्रकाशशरण महतले बताए । 

Muktinath Bank

‘उहाँले अनुसन्धानलाई सहयोग गरिरहनु भएको छ।  अनुसन्धान निष्पक्ष रुपमा होस् भन्ने चाहन्छौं’, महतले भने । बुधबारमात्रै नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा प्रहरीले खाँणलाई नियन्त्रणमा लिएको थियो । उनलाई नियन्त्रणमा लिएसँगै बसेको पदाधिकारी बैठकमा निलम्बनबारे छलफल भएपछि कुनै निर्णय भने नगरिएको हो । खाँण अहिले पार्टीको केन्द्रीय सदस्यको भूमिकामा रहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महतले पहिला अनुसन्धान प्रक्रिया परिपक्व बन्नुपर्ने र त्यसपछि पार्टीले आवश्यकताअनुसार निर्णय लिने बताए । अर्का आरोपी एमालेका सचिव टोपबहादुर रायमाझी फरार रहेकाले सो पार्टीले निलम्बन गरेको हुनसक्ने बताउँदै महतले खाँणको हकमा भने त्यस्तो नभएको बरु अनुसन्धानलाई सघाइरहेको बताए । 


Advertisment
Nabil box
Kumari

उनले बैठकमा भ्रातृ संगठन, विभागको गठन लगायतका विषयमा समेत छलफल भएको बताए । 
 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x