×

NMB BANK
NIC ASIA

नक्कली शरणार्थी प्रकरण

संसदमा आरजुको गुनासो– मेरो चरित्र हत्या मात्र हैन, चरित्रको बलात्कार नै भयो !

जेठ १, २०८०

NTC
Premier Steels

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा. आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो चरित्र हत्या गरिएको गुनासो गरेकी छिन् ।

Muktinath Bank

उनले शरणार्थी प्रकरण देशका लागि नै लज्जाको विषय भएको बताइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोमवार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा कांग्रेस सांसद देउवाले आफ्नो नाममा बनाइएको अडियो टेपको वास्तविकता ६ दिनसम्म पत्ता लगाउन नसकेको भन्दै प्रहरीको ध्यानाकर्षण गराइन् । 


Advertisment
Nabil box
Kumari

‘आज म उपस्थित भएको सबैले देख्नुभएको होला । फिजिकल फर्ममै छु । यहाँबाट के भन्न चाहन्छु भने हाम्रो देशमा फेक न्युज र फेक मिडियाको पराकाष्ठा रहेछ । यो देख्दा के लाग्यो भने फेक मिडियामा सरकारको सुपरभिजन हुनुपर्‍यो,’ आरजुले भनिन् । 

Vianet communication

सामाजिक सञ्जालहरूमा आरजु फरार भन्ने खालका सन्देश आएपछि उनले आफू संसदमा सशरीर उपस्थित भएको बताएकी हुन् । 

शरणार्थी प्रकरणको भनिएको अडियोमा अरूको पनि सार्वजनिक भएकोमा आफ्नो मात्र नाम उच्चारण गरिएको भन्दै उनले आक्रोश पोखिन् ।

‘६ दिन अगाडि मेरो नाम भनेर ल्याइएको शरणार्थीको फेक अडियो फरेन्सिक जाँचका लागि लागि सीआईबी र साइबर क्राइम सेल (साइबर ब्यूरो)मा दिएको थिएँ । दर्ता गर्न पनि मानिएको थिएन । साथीहरूले विश्वास गर्नुहुन्न होला सत्तापक्षको ठूलो नेताको श्रीमती भनेर (दर्ता गर्न मानिएको थिएन) । तीन घण्टा लाग्यो दर्ता गराउन । किन अलमल थियो ? ६ दिनसम्म फेक हो कि होइन किन बताउन सकेको छैन ? म त आतुर छु,’ उनले भनिन्, ‘फेक अडियो टेपको सत्यतथ्य छिट्टै आओस् । फेक अडियो अरूको पनि बनेको छ, तर नाम मेरो मात्र उच्चारण हुन्छ । साँच्चै भन्ने हो भने यो चरित्र हत्या मात्र होइन चरित्रमाथि बलात्कार हो ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x