×

NMB BANK
NIC ASIA

नक्कली शरणार्थी प्रकरण

टोपबहादुर पक्राउको भित्री कहानी: द्वन्द्वकालीन ‘सेल्टर’ अनुभवले ११ दिनसम्म झुक्याए !

जेठ १, २०८०

NTC
Premier Steels

पूर्व उपप्रधानमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ पुर्जी जारी भएको ११ दिनपछि आइतवार पक्राउ परे ।

Muktinath Bank

नक्कली शरणार्थी प्रकरणमा संलग्न भएको आरोप लागेका रायमाझी आइतवार बेलुका करीब ९ बजे बुढानीलकण्ठस्थित साथीको घरबाट पक्राउ परेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पक्राउ पुर्जी जारी भएलगत्तै ‘म काठमाडौं जाँदैछु’ भनेर अर्घाखाँचीबाट हिँडेका उनी फिल्मी शैलीमा गायब भएका थिए ।


Advertisment
Nabil box
Kumari

पूर्वमन्त्री एवं बहालवाला सांसद प्रहरीलाई छक्याएर भागेको विषय सर्वाधिक चासो र आलोचनाको केन्द्रमा थियो । कतिपयले प्रहरीले नै भगाएको आरोप पनि लगाए ।

Vianet communication

रायमाझी प्रशासनको आँखा छलेर फरार भएदेखि पक्राउ पर्दासम्मको कहानी निकै रोचक छ ।

यसबीचमा उनी द्वन्द्वकालमा ‘सेल्टर’ लिएको अनुभव प्रयोग गर्दै आफूहरूलाई छक्याउन सफल भएको प्रहरी अधिकारीहरू स्वीकार्छन् ।

सभामुख देवराज घिमिरेसहितको कार्यक्रममा सहभागी भएपछि अर्घाखाँचीबाट बुटवल झरेका रायमाझीले वैशाख २० गते साँझ भैरहवाबाट काठमाडौं आउनका लागि टिकट काटेका थिए ।

उनी आउने प्रतीक्षामा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी)सहितको टोली तयारी अवस्थामा थियो ।

त्यसबीचमा टोपबहादुरले प्रहरी नेतृत्वलाई नै फोन गरेर ‘म आफैं आउँदैछु’ भन्ने जानकारी गराएपछि उक्त टोली ‘ब्याक’ भयो ।

यसबीचमा प्रहरीले टोपबहादुरका छोरा सन्दीप रायमाझीलाई पक्राउ गरिसकेको थियो । तर, टोपबहादुरले टिकट रद्द गरेर फोन समेत अफ गरेपछि घटनाले नयाँ मोड लियो । 

null

प्रहरीले उपप्रधानमन्त्री समेत भइसकेका र सँगै पीएसओसमेत रहेका नेता यसरी भाग्लान् भन्ने सोचेको पनि थिएन । 

२१ गते पीएसओसहित टोपबहादुरको गाडी भैरहवाबाट काठमाडौंका लागि हिँड्यो । उनी त्यसमा आएको भन्ने सूचनाका आधारमा प्रहरीको एउटा टोलीले त्यसलाई पछ्याइरह्यो । तर, उनी राति नै फरार भइसकेका थिए ।

प्रहरी स्रोतका अनुसार टोपबहादुर त्यहाँबाट पाल्पा, स्याङ्जा हुँदै पोखरा पुगेको पाइएको छ । यसक्रममा पोखरा घर भएका खड्का थरका एक व्यक्तिले उनलाई सघाएको पाइएको प्रहरी अधिकारीहरू बताउँछन् ।

यसबीचमा प्रहरीको ध्यान भड्काउन टोपबहादुरले एउटा चलाखी गरे । आफूले बोक्ने फोन ती खड्का थरका व्यक्तिको साथमा भैरहवाबाट भारतीय सीमा नाकातर्फ पठाए । प्रहरीले लोकेसन ट्र्याक गर्दा भारत गएको देखियोस् भन्ने उनको चलाखी थियो ।

टोपबहादुर भागेपछि देशैभरी तत्काल ‘अलर्ट’ जारी गरिएको थियो । तर उनी एम्बुलेन्स प्रयोग गरेर पोखरा पुगेको पाइएको उनलाई पक्राउ गर्न खटिएका एक अधिकारीले लोकान्तरलाई बताए । 

‘उहाँ (टोपबहादुर)ले यतिसम्म चलाखी गर्नुभयो कि प्रहरीले भारतमा रहेको भन्नेतर्फ आफ्नो सबै अनुसन्धान मोडेको थियो,’ ती अधिकारीले भने ।

मोबाइल लगायत डिभाइस नबोकी एकसरो लुगाफाटोको भरमा हिँडेका टोपबहादुरलाई पत्ता लगाउनु सजिलो विषय पक्कै थिएन ।

टोपबहादुरको मोबाइल बोकेर भारत गएका खड्का थरका व्यक्तिलाई भारतीय प्रहरीको सहयोगमा नियन्त्रणमा लिएपछि टोपबहादुर नेपालमै रहेको पुष्टि भएको थियो ।

तिनै व्यक्तिको सहयोगमा प्रहरी पोखरास्थित टोपबहादुर रहेको लोकेसन पत्ता लगाउन सफल भयो । बिहीवार प्रहरी टोली पोखरास्थित खड्काको घरमा पुग्दा टोपबहादुर त्यहाँ भेटिएनन् । उनी त्यहाँबाट हिँडिसकेका रहेछन् ।

प्रहरीको लामो समयदेखिको एउटा मेहनत यहीँ खेर गयो । प्रहरीले नयाँ हिसाबले खोजी कार्यलाई जारी नै राखेको थियो ।

यसबीचमा फेरि एउटा सूचना आयो– टोपबहादुर काठमाडौंको बुढानीलकण्ठस्थित नारायण पौडेलको घरमा छन् ।

टोपबहादुर र नारायणबीच जनयुद्धकालदेखि नै चिनजान रहेको सूचना प्रहरीलाई पुगेको थियो । प्रहरीले टोपबहादुर बुढानीलकण्ठमा रहेको पुष्टि गर्न प्राविधिकसहित सम्पूर्ण अनुसन्धान गर्‍यो । 

अनुसन्धानका क्रममा पत्ता लाग्यो– पोखराबाट रायमाझी वैशाख २९ गते एम्बुलेन्समार्फत धादिङको गल्छीसम्म आएका रहेछन् । 

‘गल्छीमा एकछिन रोकिएको एम्बुलेन्स सिधै काठमाडौं आएछ, तर नागढुंगा नाकाबाट काठमाडौं छिर्दा टोपबहादुर त्यसमा रहेनछन्,’ एक अनुसन्धान अधिकृतले लोकान्तरसँग भने, ‘गल्छीबाट नुवाकोटको विदुरतर्फ गई त्यहाँबाट काठमाडौं आएको पाइयो ।’

यसबीचमा प्रहरीले नारायणसँग सम्पर्क गरी टोपबहादुरबारे सोधपुछ समेत गर्‍यो । तर, उनले आफूलाई केही थाहा नभएको बताए । टोपबहादुर उनकै घरमा रहेको आशंकाचाहिँ प्रहरीलाई थियो ।

अनुसन्धानका क्रममा खुल्यो नारायण प्रहरीका एक उच्चपदस्थ अधिकारीका ‘क्लास मेट’ रहेछन् । उनकै सहयोगमा नारायणको घर पत्ता लगाउन मुस्किल परेन ।

यो अपरेसन यति गोप्य थियो कि यस प्रकरणको अनुसन्धान गरिरहेका अधिकारीहरूलाई समेत जानकारी दिइएको थिएन ।

प्रधानमन्त्रीको निरन्तर चासो

नक्कली शरणार्थी प्रकरणका विभिन्न पाटोहरू सार्वजनिक भइरहँदा वर्तमान सरकारका लागि यो ‘गर या मर’को विषय बनेको छ ।

त्यसमाथि पनि आफ्ना पूर्व सहकर्मी फरार हुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'माथि ठूलै दबाब थियो ।

‘उहाँले टोपबहादुरलाई कसरी पक्राउ गर्न सकिन्छ ? उनी कहाँ छन् ? भन्ने लगायतका विषयमा निरन्तर चासो राखिरहनुभएको थियो,’ प्रहरी स्रोतले भन्यो, ‘भारततर्फ भागेको भन्ने सूचना आउँदा भारतीय पक्षसँग समन्वयका लागि समेत भूमिका खेल्नुभएको थियो ।’

यस प्रकरणमा भारतीय प्रहरीको पनि सहयोग रहेको टोपबहादुर पक्राउका लागि खटिएका प्रहरी अधिकारीहरू बताउँछन् ।

‘काउन्टरपार्ट (भारतीय प्रहरी)को सहयोग विशेष रह्यो, त्यहाँबाट सहयोग नभएको भए उहाँ (टोपबहादुर)लाई पक्राउ गर्न निकै कठिन हुन्थ्यो,’ अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले लोकान्तरसँग भने ।

टोपबहादुर नेपालमै रहेको र भारतबाट प्रहरीलाई झुक्याउनका लागि प्राविधिक उपस्थिति देखाउने प्रयास गरेको जानकारी पाएपछि नै प्रहरी टोपबहादुरनजिक पुगेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x