जेठ १५, २०८०
आठ वर्षदेखिको 'माइन्युट' गायब पारिएको विषयमा भ्रष्टाचारसम्बन्धी ऐन समेत आकर्षित हुने भएपछि 'नेपाल ब्याडमिन्टन संघ'मा खैलाबैला मच्चिएको छ । संघका पदाधिकारीहरू माइन्युटका विषयमा आरोपप्रत्यारोपम...
जेठ ७, २०८०
नक्कली शरणार्थी प्रकरणका मुख्य राजनीतिक बिचौलिया बेचन झाबारे खुलासा भएपछि उच्चपदस्थ राजनीतिक व्यक्तित्वहरू समेत तानिन सक्ने देखिएको छ ।
उच्च स्रोतका अनुसार झा तिनै व्यक्ति हुन्, जसले तत्कालीन प्रधानमन्त्रीपत्नी आरजु राणा देउवासहित कांग्रेस-एमालेका शीर्षस्थ नेताहरूसँग सेटिङ मिलाउने काम गरेका थिए ।
ठूला नेताहरूको 'किचन र बेडसम्मै पहुँच' राख्ने झाको नाममा काटिएको २ करोड रुपैयाँको चेक समेत फेला परेको छ ।
नक्कली शरणार्थी गिरोहका सदस्य रामशरण केसीले झाको नाममा काटेको २ करोड रुपैयाँको चेक लोकान्तरले सार्वजनिक गरेको हो ।
बेचन झाबारे खुलासा भएपछि उनीबारे चासो व्यक्त हुन थालेको छ । विश्वस्त स्रोतका अनुसार झा भारतीय नागरिक हुन् ।
नेपालमै बिहे गरेका उनको ससुराली सिरहाको देउरिपट्टी हो । बेचन तराई कांग्रेसका संस्थापक नेता बेदानन्द झाका भाइ कुलानन्दका ज्वाइँ हुन् ।
जेठाससुरा बेदानन्द झाकै लिगेसीबाट बेचन काठमाडौंमा स्थापित भएको र उच्च राजनीतिक नेतृत्वसँग सम्पर्क स्थापित गरेको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन् ।
नक्कली शरणार्थीसम्बन्धी गिरोहका सदस्यहरू धमाधम पक्राउ पर्न थालेपछि बेचन फरार छन् । प्रहरीले उनलाई खोजिरहेको छ ।
अहिले बेचनको स्थायी बसोबास काठमाडौंमै हो । उनको घर मध्यबानेश्वरस्थित चेल्सी कलेज र पाठशाला स्कूलको बीचमा छ ।
भारतीय नागरिक भए पनि बेचन ४० वर्षदेखि काठमाडौंमा बस्दै आएको उनका एक निकटस्थले बताए ।
शुरूमा नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँग उनको राम्रो सम्बन्ध थियो ।
पछि शेरबहादुर देउवालाई पहिलोपटक प्रधानमन्त्री बनाउन आफूले नै भारततर्फ 'च्यानल' मिलाउने काम गरेको उनले आफ्ना निकटस्थहरूसँग बताउने गरेका छन् ।
'एआर देव सन् (१९८६-१९८९) नेपालका लागि भारतीय राजदूत छँदा झाजीले निकै राम्रो सम्बन्ध बनाउनुभएको थियो । त्यही सम्बन्धको बलमा भारतीय दूतावासमा उहाँको निकै राम्रो पहुँच थियो । त्यतिबेला देखिकै सम्बन्धको बलमा देउवालाई पहिलोपटक प्रधानमन्त्री बनाएको हुँ भनेर उहाँले भन्ने गर्नुहुन्थ्यो,' बेचननिकट स्रोतले लोकान्तरसँग भन्यो ।
ठेक्कापट्टाको काम गर्ने बेचनले भाइ भुषण राणामार्फत आरजुसँग पनि नयाँ ढंगले सम्बन्ध स्थापित गरेको स्रोतको दाबी छ ।
'भुषण राणासँग राजनीतिकभन्दा पनि व्यापारिक सम्बन्ध बनेको थियो,' बेचननिकट विश्वस्त स्रोतले लोकान्तरसँग भन्यो, 'भुषणले नै आरजुसँग भेटघाट र चिनजान गराएका हुन् ।'
झा जलविद्युत् क्षेत्रका ठूला ठेकेदार हुन् । विद्युत् प्राधिकरणका ठूला ठेक्काहरू प्राय: उनकै कम्पनीले पाउने गरेको छ । 'यतिसम्म कि प्राधिकरणमा हुने सरुवा/बढुवामा समेत उनकै सोर्स-फोर्स चल्थ्यो,' स्रोतले भन्यो ।
शुरूमा ठेक्कापट्टा गर्दै आएको 'वेलकम ट्रेडर्स' कालोसूचीमा परेपछि बेचनले 'विभांशु ब्रदर्स' नामबाट कारोबार अगाडि बढएका थिए ।
ट्रान्सफर्मरदेखि 'एसआर कन्डक्टर' खरिद र अन्य ठूला ठेक्काहरू हात पार्दै आएका बेचनले तत्कालीन उपप्रधान एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझीसँग पनि नजिकको सम्बन्ध बनाए । यही प्रकरणमा टोपबहादुर पनि पक्राउ परेर प्रहरी हिरासतमा छन् ।
'भारतीय दूतावासमा समेत सहज पहुँच राख्ने झाको सम्बन्ध प्रधानमन्त्री निवास बालुवाटारदेखि सिंहदरबारसम्म थियो । टोपबहादुर ऊर्जामन्त्री छँदा नै उनीसँग बेचनले सम्बन्ध विस्तार गरेका थिए,' स्रोतले भन्यो ।
अहिले भारतीय दूतावाससँग उनको सम्बन्ध बिग्रिएको बताइन्छ । भारतीय प्रहरीले पनि बेचनलाई 'मोस्ट वान्टेड'का रूपमा खोजिरहेको स्रोतको दाबी छ ।
भारतको मेघालयमा सञ्चालित सीएमजे युनिभर्सिटीका चान्सलर डा. चन्द्रमोहन झासँग २ करोड भारतीय रुपैयाँ लिएर फरार भएपछि बेचनविरुद्ध भारतमा मुद्दा चलेको छ ।
चन्द्रमोहन र बेचन आफन्त पनि हुन् । एकपटक उनले जनकपुरको जानकी मेडिकल कलेज खरिदका लागि भन्दै चन्द्रमोहनलाई हेलिकप्टरमा जनकपुर ल्याएका थिए ।
'त्यतिबेला के कुरा मिलेन, उहाँले जानकी मेडिकल कलेज किन्नुभएन,' विश्वस्त स्रोतले भन्यो ।
बेचन जनमत पार्टीबाट उपराष्ट्रपति पदको उम्मेदवार बनेकी ममता झाका सम्धी समेत रहिसकेका छन् ।
बेचनका जेठा छोरा विभांशुको विवाह ममताकी छोरीसँग भएको थियो । अहिले उनीहरूबीच सम्बन्धविच्छेद भइसकेको छ ।
रोचक तथ्य त के भने विभांशु भारतमा दुईपटक अपहरणमा समेत परेका थिए ।
'करीब १५ वर्षअघि आईएस्सी पढ्दै गर्दा पटनाबाट र त्यसपछि दिल्लीबाट विभांशु किडन्याप भएका थिए,' बेचननिकट स्रोतले भन्यो, 'त्यति बेला फिरौती बुझाएर छुटाइएको थियो ।'
पढ्नुहोस्, यो पनि :
आठ वर्षदेखिको 'माइन्युट' गायब पारिएको विषयमा भ्रष्टाचारसम्बन्धी ऐन समेत आकर्षित हुने भएपछि 'नेपाल ब्याडमिन्टन संघ'मा खैलाबैला मच्चिएको छ । संघका पदाधिकारीहरू माइन्युटका विषयमा आरोपप्रत्यारोपम...
यही वैशाख १५ गते नेपाल ब्याडमिन्टन संघका तीन जना उपाध्यक्षले अध्यक्ष रामजीबहादुर श्रेष्ठको हस्ताक्षरलाई मान्यता नदिन माग गर्दै राष्ट्रिय खेलकुद परिषद(राखेप)मा निवेदन दिए । यो निवेदन ब्याडमिन्टन संघमा पछिल्लो केही व...
सरकारले पूर्वाधार निर्माणको कार्य दुई सिफ्टमा गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पूर्वा...
नेपाल ब्याडमिन्टन संघ बोर्ड बैठकको 'माइन्युट' नै गायब पारेको पाइएको छ । झन्डै ८ वर्षदेखि बोर्डसहित अन्य बैठकबाट गरिएका निर्णयहरू रहनुपर्ने आधिकारिक माइन्युट गायब पारिएको हो । यसअघि राष्ट्रिय खेलकुद प...
क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडमा १ अर्ब २२ करोड ८ लाख ९७ हजार ऋण अपचलन गरी बैंकिङ कसूर मुद्दामा दोषी ठहर भएका पवन कार्की वर्षौंदेखि फरार छन् । तत्कालीन पुनरावेदन अदालत हाल उच्च अदालत पाटनबाट...
सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्ड अन्तर्गत पर्ने सिद्धबाबा क्षेत्रको ३ किलोमिटर सडकलाई ‘मृत्युमार्ग’ उपनामले चिनिन्छ । पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर– ३ मा सिद्धबाबा मन्दिर क्षेत्रमा ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...