मंसिर ८, २०८०
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
जेठ १७, २०८०
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अघिल्लो प्रतिनिधि सभाबाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरण गर्न लगाएर सरकारले संसदको अधिकारमाथि हमला गरेको आरोप लगाएको छ ।
एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले संघीय संसदले पारित गरेर राष्ट्रपतिकोमा प्रमाणीकरणका लागि पठाउनु पर्नेमा मन्त्रिपरिषद्ले पठाउने गलत बाटो भएको बताए ।
प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जाने दिनमै किन हतारमा विधेयक प्रमाणीकरण गरियो भन्नेमा उनले आशंका व्यक्त गरे ।
‘नागरिकता विधेयकको आवश्यकता थियो, चाडै पारित पारित गर्नुपथ्यो, विभिन्न कारणले ढिलो भएको छ । पारित गर्ने निश्चित कानून, विधि र प्रक्रिया छ’ नेम्वाङले लोकान्तरसँग भने, ‘प्रधानमन्त्री छिमेकी देशको भ्रमणमा जान लागेको बेला हतार हतार कनि प्रमाणिकरण गरेको हो, म छक्क परेको छु ।’
निवर्तमान राष्ट्रपति विद्या भण्डारीले प्रमाणीकरण नगरी फिर्ता पठाइदिएको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले बुधवार प्रमाणीकरण गरेका छन् । ‘यसको सुल्टो र संविधानसम्मत् बाटो संसदबाट अगाडि बढ्नु पर्थ्यो । संघीय संसद्ले विधेयक पारित राष्ट्रपतिकोमा पठाउने बाटो छ’ नेम्वाङले भने, ‘मन्त्रिपरिषद्ले निर्णय गरेर पठाउने र राष्टपतिले जारी गर्ने गलत बाटो भयो । संसदको अधिकार माथिको प्रहार भयो ।’
जेठ १२ गते बसेको मन्त्रिपरिषद् बैठकले नागरिकता विधेयक प्रमाणिकरण गर्न राष्ट्रपतिलाई आग्रह गर्दै पत्र पठाएको थियो ।
प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जाने दिन नागरिकता विधेयक प्रमाणीकरण गरिएको भन्दै सामाजिक सञ्जालमा विरोध भएको छ ।
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...