×

NMB BANK
NIC ASIA

विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन गृहमन्त्री श्रेष्ठको निर्देशन

जेठ १८, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्षायाममा हुने विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

Muktinath Bank

बिहीवार कुरिनटार चितवनस्थित सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा गोताखोर तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले वर्षायाममा बाढी, पहिरो र डुबानका समस्याहरू आउने भन्दै यसको व्यवस्थापनका लागि जुट्नुपर्ने बताए । उनले सशस्त्र प्रहरी बललाई विपद् व्यवथापनका लागि तयारी अवस्थामा रहन आग्रह गरे । उनले विपद् व्यवस्थापनका लागि सर्वप्रथम मनको तयारी र संकल्पको आवश्यकता रहेको बताए ।


Advertisment
Nabil box
Kumari

गृहमन्त्री श्रेष्ठले संगठनले दिएको जिम्मेवारी पूरा गर्दै सशस्त्रले विपद्को बेलामा जनताको सेवा गर्ने विश्वास व्यक्त गरे ।

Vianet communication
Laxmi Bank

उनले भने, ‘वर्षाको सिजन शुरू हुन लागेको छ । बाढी, पहिरो, डुबानका समस्याहरू देखापर्न सक्छन् । सडकहरूमा पहिरो जाने, बाटो अवरुद्ध हुने, दुर्घटना हुने खतरा बढ्न सक्छ । त्यस्तो स्थितिमा भर्खरै मात्र पनि हामीले केन्द्रीय विपद् समितिको बैठक बसेर आवश्यक तयारीका काम अगाडि बढाएका छौं । त्यसको निम्ति दोस्रो बैठक तत्काल बसेर केही योजनाहरूलाई व्यवस्थित ढंगले तयारी गर्ने निर्णय पनि लिएका छौं । त्यसैगरी यस अवस्थामा आफूहरूलाई पनि तयार गर्न सुरक्षा निकायका ती सबै अफिसर र जवानहरू, जसले हरेक आपत्विपद् पर्दाखेरी जनतालाई सेवा गर्दै आइराखेका छन्, उनीहरूले पनि आफूलाई त्यही ढंगले तयारी गर्नुपर्ने आवश्यकता छ । पहिला तपाईंहरूको सीपभन्दा मनको तयारी आवश्यकता छ । तपाईंहरूले आफूलाई संकल्प गर्नुपर्ने आवश्यकता छ । हामीलाई हाम्रो संगठनले विशेष जिम्मेवारी दिएको छ । विशेष जिम्मेवारी विपद् पर्दाखेरी जनतालाई राहत पुर्‍याउने विशेष जिम्मेवारी दिएको छ । त्यो जिम्मेवारीबोध गर्दै आफ्नो सीपको अधिकतम प्रयोग गरेर तपाईंहरूले जनतालाई विपद् पर्दाखेरी सेवा गर्नुहुनेछ । त्यसको निम्ति आफूलाई तयार पार्ने संकल्पका साथ तपाईंहरू प्रस्तुत हुनुभएको छ । त्यो निश्चय नै सराहनीय छ ।’

उनले सशस्त्र प्रहरीले विगतमा विपद्को समयमा गरेको राहत र उद्धारको काम उदाहरणीय र प्रशंसनीय रहेको पनि बताए । उनले समयमै विपद् व्यवस्थापनका लागि आवश्यक तयारी गरेमा विपद्को जोखिम कम हुने भन्दै तयारीमा रहन आग्रह गरेका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x