असोज ६, २०८०
वीरगञ्ज– मधेश विश्वविद्यालयले आगामी मङ्सिर ४ गतेदेखि कानून सङ्कायको पठनपाठन शुरू गर्ने भएको छ । स्थापना भएको पहिलो एक वर्षमै पठनपाठन शुरू गर्न लागेको कानुन सङ्कायतर्फ बीए एलएलबीमा अहिले विद्यार्थीहरूको...
१२ वर्षपछि नेपाल संस्कृत विश्वविद्यालयको दीक्षान्त समारोह हुन लागेको छ ।
विक्रम संवत् २०६८ सालमा विश्वविद्यालयको समारोह भएको थियो । त्यसपछि दीक्षान्त समारोह हुन सकेको थिएन ।
प्रत्येक वर्ष हुनुपर्ने दीक्षान्त समारोह हुन सकेको छैन ।
यसपटक प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनुमति दिएपछि दीक्षान्त समारोह हुन लागेको विश्वविद्यालयका शिक्षाध्यक्ष भीमप्रसाद खतिवडाले बताए । ‘विश्वविद्यालयको दीक्षान्त समारोह प्रत्येक वर्ष हुनुपर्ने हो,’ उनले भने, ‘तर कूलपतिले अनुमति नदिँदा लामो समयदेखि दीक्षान्त समारोह हुन सकेका थिएन, यसपटक कूलपतिले अनुमति दिएपछि समारोह गर्न लागेका छौं ।’
विश्वविद्यालयको केन्द्रीय कार्यालय बेलझुण्डीमै समारोह हुन लागेको हो । यो पाँचौं दीक्षान्त समारोह रहेको उनले बताए । यसअघि विक्रम संवत् २०६८ सालमा पनि १० वर्षपछि मात्रै दीक्षान्त समारोह भएको हो । विक्रम संवत् २०५७ पछि २०६८ सालमा मात्रै दीक्षान्त समारोह भएको थियो । यसपटक जेठ ३१ गते दीक्षान्त समारोह हुन लागेको र सोही कार्यक्रममा प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने कार्यक्रम छ ।
दीक्षान्त समारोहमा नहुँदा ‘ग्रयाजुएट’ विद्यार्थीले मूल प्रमाणपत्र पाउन सकेका छैनन् । यसपटक विक्रम संवत् २०७७ सम्म १० वटा शैक्षिक शत्रमा विश्वविद्यालयबाट विद्यावारिधी, आचार्य, शास्त्री, १ वर्षे शिक्षा शास्त्री र बीएएमएस उत्तीर्ण गरेका ४ हजार ७७३ विद्यार्थीलाई कूलपतिले मूल प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम छ ।
त्यसमा पनि विश्वविद्यालय टपरमध्ये स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्नेलाई मञ्चमै बोलाइन्छ भने अन्य ‘ग्रयाजुएट’लाई ‘फलोर’मा राखिन्छ । त्यसपछि प्रधानमन्त्री तथा कूलपतिले दीक्षामन्त्र ग्रहणसमेत गराउनेछन् भने प्रमाणपत्र पनि प्रदान गर्ने कार्यक्रम रहेको उपप्रशासक विनयकुमार पोखरेलले बताए । त्यो प्रमाणपत्रले विश्वविद्यालयबाट दीक्षित भएको भनी अन्तर्राष्ट्रिय मान्यता पाउन सहज हुने उनको भनाइ छ ।
वीरगञ्ज– मधेश विश्वविद्यालयले आगामी मङ्सिर ४ गतेदेखि कानून सङ्कायको पठनपाठन शुरू गर्ने भएको छ । स्थापना भएको पहिलो एक वर्षमै पठनपाठन शुरू गर्न लागेको कानुन सङ्कायतर्फ बीए एलएलबीमा अहिले विद्यार्थीहरूको...
सडकमा उत्रिएको १० औं दिनमा शिक्षकका सबै संघ–संगठनले आफ्ना आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई र आन्दोलनरत शिक्षक संगठनबीच शुक्रवार सिंहदरबारमा भएको व...
सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा लागेको ताला दुई महिनापछि खुलेको छ । विद्यार्थी सङ्गठनहरूले विभिन्न माग राख्दै केन्द्रीय कार्यालयमा गरेको तालाबन्दी विश्वविद्यालय प्रशासन र विद्यार्थी सङ्गठनबीच ...
शिक्षकहरूले पठनपाठन ठप्प गराएर तीन दिन गरेको आन्दोलनको क्षतिपूर्ति शनिवार पठाएर चुक्ता गर्ने बताएका छन् । सरकार र नेपाल शिक्षक संघबीच शुक्रवार साँझ ६ बुँदे सहमति भएर आन्दोलनका कार्यक्रम सकिएको जानकारी दिँदै ...
सरकार र राजधानीमा तीन दिन आन्दोलन गरेको शिक्षक महासंघबीच ६ बुँदे सहमति भएसँगै सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता भएका छन् । यससँगै अब आइतबारदेखि देशभरका सामुदायिक विद्यालयमा निर्वाधरुपमा पठनपाठन सुरु हुने अप...
सरकार र विद्यालय शिक्षा विधेयकको विरोधमा दुई दिनदेखि आन्दोलनमा रहेका शिक्षकहरुबीच वार्ता जारी रहेको छ । गृह मन्त्रालयमा शिक्षकहरुको मागको विषयमा साँझदेखि वार्ता चलिरहेको गृहमन्त्री नारायणकाजी श्रेष्ठ...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...