×

NMB BANK
NIC ASIA

लोकगीतका हस्ती : प्रेमराजा महत

‘मान्छेले प्रेमराजा अमेरिका छ सोच्छन् तर म आधाभन्दा धेरै समय नेपालमै हुन्छु’

गीतमार्फत् पर्यटन प्रबर्द्धनमा टेवा, राजनीतिमा आउने संकेत

काठमाडाैं | जेठ २७, २०८०

NTC
Premier Steels

लोकगीतका हस्ती प्रेमराजा महतको नेपाल आउजाउ बाक्लै हुन्छ । उनी ४–५ महिनामा नेपाल आउने–जाने गर्छन् ।

Muktinath Bank

यसपटक भने ७/८ महिनादेखि उनी नेपालमै छन् । यसबीचमा काठमाडौंको बुढानिलकण्ठमा घर बनाए । आफू जन्मिएको, हुर्किएको गाउँघरतिर पुगे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साथीहरूसँग भेटघाट गरे । गीतसंगीत क्षेत्रमा समय दिए । ‘बन्दिपुरैमा २– ढुंगेधारैको’, ‘घर हम्रा जुम्ला हुम्लामा’ जस्ता गीतहरू ल्याए ।


Advertisment
Nabil box
Kumari

प्रेमराजाको योजना छ, सांगीतिक क्षेत्रमा सक्रियता थप बढाउने । वर्षमा २–३ वटा गीत जसरी पनि ल्याउने ।

Vianet communication

‘रिटायर्ड लाइफ भनेर कति मान्छे सुतेर समय बिताउने, अलिकति डिप्रेस जस्तो भएर बस्ने गरेका पनि हुन्छन्,’ हालसालैको एक बिहानीपखको भेटमा उनले सुनाए, ‘म चाहिँ रिटायर्ड लाइफमा पनि उत्तिकै सक्रिय हुने हो । सांगीतिक क्षेत्रमा सक्रियता अझ बढाउने सोच छ ।’ 

‘पानको पात’, ‘बाँझो खेतमा’, ‘सिमसिमे पानीमा’, ‘हिउँचुलीमा हिउँ’ जस्ता रिल क्यासेट जमानाका कालजयी गीत । जनजिब्रोमा झुण्डिएका यिनै गीतका गायक प्रेमराजा सांगीतिक क्षेत्रमा चर्चाको शिखरमै रहँदा अमेरिका लागेका थिए झण्डै २७ वर्षअघि । उनले उतै कर्मथलो बनाए तर सांगीतिक करिअरलाई छाडेनन् । जहाँ रहे पनि नेपाली लोक संगीतमा निरन्तर योगदान दिइरहे । बेलाबेलामा नेपालमा आएर एल्बम निकाले ।

हे डोको नाम्लो, लुङ्गी र चोलीमा
लठ्ठै परे मायाको बोलीमा
बन्दीपुरैमा, माया भेटियो बन्दिपुरैमा
पिरिम बसिगो कुरै कुरामा

डेढ वर्षअघि प्रेमराजाले ल्याए ‘बन्दिपुरैमा’ । रिल क्यासेटको जमानाका सुपरहिट यी गायकले अहिलेको डिजिटल प्रविधिमा ल्याएको गीतमार्फत पनि स्रोता/दर्शकको मन जिते । फलस्वरूपः ‘बन्दिपुरैमा’लाई अहिलेसम्म यूट्युबमा २ करोड २२ लाख बढी पटक हेरिएको छ । प्रेमराजाका २ वटा गीतहरू रेकर्डका लागि लाइनमा छन् । सिर्जना गरेर राखेका गीतहरूको संख्या त ४०–५० पुगिसकेको छ । 

null... अनि भिडियोमा पनि प्रेमराजा

प्रेमराजाले ५ दर्जन बढी गीतमा स्वर दिए । केही फिल्मका गीतमा पनि स्वर दिएका छन् । त्यसबेला फिल्ममा अभिनयको अफर पनि उनलाई नआएको होइन तर उनले अभिनय गरेनन् । किनकि उनको लगाव सिर्जना र गायनमै रह्यो ।

पछिल्ला आफ्ना गीतको भिडियोमा भने प्रेमराजा स्वयं प्रस्तुत हुन थालेका छन् ।

कुनै बेला अभिनयमा खासै रुचि नदेखाएका उनलाई अहिले आएर भिडियोमा प्रस्तुत हुने सोच कसरी आयो ? 

‘पहिले गीत सुन्ने मात्र थियो तर अहिले हेर्ने पनि भएको छ,’ प्रेमराजाको जवाफ छ, ‘त्यो बेलाका साथीहरूले चिन्ने हुनुभयो तर अहिलेको डिजिटल युगमा नयाँ पिढीँले चिन्नका लागि भिडियोमा देखिनुपर्‍यो । उमेरले साथ नदिएपनि जमानाअनुसार चल्नुपर्छ भनेर मैले अहिलेको टे«न्डलाई फलो गर्दै अभिनयमा कोसिस मात्र गरेको हुँ ।’

आफ्नो अभिनयलाई पनि दर्शकले रुचाएकोमा उनी खुशी व्यक्त गर्छन् । आउँदा गीतहरूमा पनि आफ्नो अभिनय रहने उनले बताए ।

सारङ्गीको धूनले लोक संगीतमा

प्रेमराजा तनहुँमा जन्मिए, हुर्किए । बुवा गाउँको जिम्वाल थिए । पढाइमा राम्रै छोरालाई लिएर बुवाको चाहना थियो – ‘पढेर डाक्टर, इन्जिनीयर, मास्टस होस् ।’ तर प्रेमराजामा अनायासै संगीतको धून सवार भयो ।
 
त्यो कसरी भने बुवाले गाउँमा न्यायनिसाफ गर्ने गर्थे । सोही कारण उनको घरको आँगनमा प्रायः १५–२० जना मानिसहरूको चहलपहल भइरहेको हुन्थ्यो । मानिसहरूको चहलपहल हुने भएकाले २ जना गन्धर्व चाहिँ दिनहुँजसो उनको आँगनको छेउमा बसेर सारङ्गी बजाइरहन्थे, बिहानदेखि बेलुकैसम्म ।

‘सारङ्गीको धून मेरो कानमा घुस्यो । उहाँहरूसँग सारङ्गी तानेर रेट्न थालें,’ प्रेमराजा सम्झिन्छन्, ‘बिस्तारै बाँसुरी, मादल पनि राम्रो बजाउन थालें ।’

उनी गाउन, नाच्नमा पनि रुचि राख्न थाले । २०३३ सालतिर गण्डकी अञ्चलको गायक बनिसकेका थिए । रेडियोमा गाउने सपना बोकेर काठमाडौं छिरे उनी । २०३६ सालमा रेडियो नेपालमा प्रवेश गरेका उनले लगत्तै पहिलो एल्बम ल्याए । शुरूकै एल्बमले त्यसबेला राम्रो चर्चा पायो । त्यसपछि क्रमशः अन्य गीतहरू ल्याउँदै गए, स्रोताहरूले निकै रुचाए । रेडियो नेपालमा लोकगीत प्रबन्धकको जिम्मेवारी सम्हालेका उनी चर्चामै रहँदा ५० को दशकमा अमेरिका गएका थिए ।

null


विदेशमा रहेर देशको पर्यटन प्रबर्द्धन

अवसरलाई आत्मसाथ गर्दै ‘बाहिर’ बस्ने कलाकारहरूलाई पलायन भए भन्न नहुने उनको तर्क छ । ‘गीत गाएर हिँडेर केहीले राम्रो कमाइ गर्नुभएको होला तर सबैको राम्रो त भएको छैन । आफ्नो राम्रोका लागि अवसरलाई आत्मसाथ गरेको मात्रै हो,’ उनको धारणा छ, ‘देश छाडेर भाग्न खोजेको कोही पनि होइन । गएर आफ्नै देशमा केही ल्याउन खाजेको भन्ने हिसाबले बुझ्नुपर्‍यो ।’ 

प्रेमराजा अमेरिकाको मेरिल्याण्ड तथा पेन्सिलभेनिया राज्यका लागि नेपाल सरकारका अवैतनिक महावाणिज्यदूत भए । तलब नखाई नेपाल सरकारको सेवा गर्ने हिसाबले महावाणिज्यदूत भएर काम गरेको उनी बताउँछन् ।

उनले अमेरिकामा नेपाल हाउस नामक नेपाली रेस्टुरेन्ट व्यवसाय चलाएका छन् । जहाँबाट नेपालको खाना विश्व बजारमा पुर्‍याउने प्रयास गरेको उनी बताउँछन् । ‘मैले अमेरिकामा गुन्द्रुकको सुप खुवाउँछु । मःम, छोइला, भटमास–चिउरा त्यहाँ प्रसिद्ध भएको छ,’ उनले भने, ‘अहिले त्यहाँबाट पर्यटकहरू यहाँ आउँदा त्यति खान्छन् ।’

अमेरिकामा रहँदा आफूले नेपालको संस्कृति संसारभर पुर्‍याउन र पर्यटन प्रबर्द्धनमा सघाउ पुर्‍याउने काम गरेको उनी बताउँछन् । त्यहाँ सांगीतिक प्रस्तुति दिँदा सधैं नेपाल र नेपालको पर्यटनबारे केही बोलेर मात्रै आफूले गीत गाउने गरेको समेत उनले सुनाए । आफ्नो रेस्टुरेन्टबाट मात्रै १४० अमेरिकनहरू नेपाल घुम्न आएका उनले बताए । ‘यसमा मलाई खुशी लाग्छ । मानिसहरूले विदेशमा बस्यो भन्छन् तर हामीले बाहिर रहे पनि देशको पर्यटन प्रबर्द्धनमा सहयोग गरिरहेका हुन्छौं,’ प्रेमराजा भन्छन् ।

null

गीतमार्फत पर्यटन प्रबर्द्धन

प्रेमराजाले तनहुँको बन्दिपुरमा पर्यटन प्रबद्र्धन होस् भनेरै ‘बन्दिपुरैमा’ गीत ल्याएको बताए । ‘आफू त्यहीँ हुर्किएको, त्यहीँबाट एसएलसी पास भएको हुनाले गीतसंगीतको माध्यमबाट त्यहाँको पर्यटन प्रबर्द्धनका लागि कोसिस गरेको थिएँ,’ उनले भने, ‘गीतले मात्रै चर्चा पाएन । मैले सोचेको जस्तै पर्यटन प्रबर्द्धनमा भूमिका पनि खेल्यो ।’

केही दिनअघि सार्वजनिक गीतमा जुम्लाको सुन्दरतालाई देखाइएको छ । गीतको भिडियो उनले जुम्लामै पुगेर खिचेका थिए । प्रेमराजाको इच्छा छ, प्रत्येक वर्ष भिन्दाभिन्दै ठाउँमा भिडियो बनाउने । ‘गत वर्ष बन्दिपुरको प्रमोसनका लागि गीत बनाएँ । अहिले जुम्लाको लागि बनाएँ,’ उनले भने, ‘आउँदो वर्ष धनकुटालाई जोडर गीत ल्याउँदैछु । त्यसपछि मुस्ताङको गीत पनि ल्याउँदैछु ।’

बिस्तारै नेपालमै प्रेमराजा

अमेरिकाको बसाइ अझ कम गर्दै जाने र नेपालको बसाइ बढाउँदै जाने योजना प्रेमराजाको छ । अहिले पनि प्रेमराजा महत भन्ने वित्तिकै धेरैले अमेरिकामा भएको सोच्न सक्छन् । ‘मान्छेले प्रेमराजा अमेरिका छ सोच्छन् तर म अहिले आधाभन्दा धेरै समय नेपालमै हुन्छ,’ उनी भन्छन्, ‘बिस्तारै पूरै यतै बस्ने सोच हो ।’ 

nullराजनीतिमा आउने संकेत

कुराकानीका क्रममा प्रेमराजाले आफू कुनै राजनीतिक दलमा आबद्ध नरहेको दाबी गरे । ‘कहिले कुन नेतासँग, कहिले कुन नेतासँग देखिँदा मानिसले अनेक अड्कलबाजी गर्ने गर्नुहुन्छ । मेरो सम्बन्ध सबै नेताहरूसँग राम्रो छ,’ उनले भने, ‘तर म कुनै पार्टीमा संलग्न नभएको कलाकारमध्येमा पर्छु ।’ 

प्रेमराजाले आउँदा दिनमा आफू राजनीतिमा आउन सक्ने संकेत गर्दै लोकान्तरसँग भने, ‘मेरो पारिवारिक पृष्ठभूमि पनि पोलिटिकल हो । सोही कारण अहिले विशेषगरी जिल्लातिरका साथीभाइले एकचोटी तपाईं राजनीतिमा आउनुपर्‍यो भनेर भन्नुभएको छ, यद्यपि मैले केही सोचिसकेको चाहिँ छैन । यो साल यसबारे सोच्दैछु ।’ प्रेमराजा समाजसेवामा भने विगतदेखि नै सक्रिय छन् ।

तस्वीर/भिडियो : विश्वास खनाल/लोकान्तर डटकम
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x