×

NMB BANK
NIC ASIA

भ्रष्टाचारमा सिँचाइ विभागका तत्कालीन डीजी– उपत्यकामै ४ ठाउँमा जग्गा, आलिसान घरदेखि शेयरसम्म

काठमाडाैं | असार ४, २०८०

NTC
Premier Steels

जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन महानिर्देशक मधुकरप्रसाद राजभण्डारीले ३ करोड ५६ लाख रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

Muktinath Bank

अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार उनीविरुद्ध ३ करोड ५६ लाख ७७ हजार ३४६ रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राजभण्डारीले सार्वजनिक सेवाको पद दुरुपयोग गरी गैरकानूनी रूपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिबाट श्रीमती दीपा श्रेष्ठको नाममा खरिद गरेको जग्गा, निर्माण गरेको घर, कम्पनीमा गरिएको लगानी, बिमा प्रिमियम समेत जफत गर्नुपर्ने मागदाबी लिएर मुद्दा दायर गरिएको छ । आरोपपत्रमा उनकी श्रीमती दीपा श्रेष्ठलाई पनि प्रतिवादी कायम गरी स्रोत नखुलेको सम्पत्तिबाट बढी बढाई निजको नाममा हाल कायम सम्पत्तिमध्येबाट बिगो जफत गरी पाउन मागदाबी लिई विशेष अदालतमा मुद्दा दर्ता गरिएको छ ।


Advertisment
Nabil box
Kumari

उपत्यकामा मात्रै ४ कित्ता जग्गा, घर तथा विभिन्न कम्पनीमा लगानी

Vianet communication

अख्तियार स्रोतका अनुसार राजभण्डारीले आफू तथा पत्नीको नाममा काठमाडौं उपत्यकामा मात्रै विभिन्न स्थानमा गरी ४ कित्तामा जग्गा खरिद गरेका छन् ।

श्रीमती दीपा श्रेष्ठको नाममा ललितपुरमा ३ कित्ता जग्गा, काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर १३ मा एक कित्ता जग्गा खरिद गरेका छन् । चन्द्रागिरि १३ मा आलिसान घर बनाएर त्यहीँ बसोवास गर्दै आएका छन् ।

त्यसबाहेक दीपाको नाममा दाङमा २ कित्ता जग्गा, आफ्नै नाममा सोही जिल्लामा ३ कित्ता जग्गा पनि किनेका छन् ।

दीपाले पच्चिसघरे कृषि फार्म प्रालिमा लगानी गर्नुका साथै नानीडाँडा डेभलपर्स प्रालिमा पनि लगानी गरेकी छन् ।

प्रभु बैंक, कुमारी बैंक, सानिमा बैंकसहित विभिन्न बैंकमा रहेको दीपाको खातामा ४५ लाख रुपैयाँ मौज्दात रहेको पाइएको छ । उनले आफ्नो नाममा चारपांग्रे सवारी साधन पनि खरिद गरेकी छन् ।

त्यसैगरी मधुकरप्रसाद राजभण्डारीले विभिन्न बैंकहरूमा शेयर खरिद गरी लगानी गरेका छन् । सानिमा बैंक, स्ट्याण्डर्ड चार्टड बैंक, नेपाल बंगलादेश बैंकको शेयर खरिद गरेको देखिन्छ ।

त्यसैगरी मधुकरले हाइड्रोपावर कम्पनीको शेयर समेत किनेका छन् । दीपा श्रेष्ठले नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको शेयर खरिद गरेको देखिन्छ ।

राजभण्डारी २०५१ साल फागुन ३० गते इन्जिनीयरिङतर्फ राजपत्रांकित तृतीय श्रेणीबाट सार्वजनिक सेवामा प्रवेश गरेका थिए । २०७० चैत ६ गते उनी सुपरिटेन्डेन्ट इन्जिनियर सु.ई. राजपत्रांकित प्रथम श्रेणी २० प्राविधिक समूहमा बढुवा भएका थिए । २०७८ चैत १४ गते उनले अवकाश पाएका थिए ।

राजभण्डारीले सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०५१ फागुन ३० गते देखि २०७९ भदौ ३१ गतेसम्मको अवधिको सम्पत्ति अख्तियारले जाँच गरेको हो । उक्त अवधिभित्र उनले आर्जन गरेको सम्पत्ति अनुसन्धान गर्दा ३ करोड ८५ लाख ५१ हजार ७४० रुपैयाँको स्रोत खुल्न नसकेपछि गैरकानूनी सम्पत्ति आर्जन गरेको निष्कर्षसहित अभियोगपत्र दायर गरिएको हो ।

उनको वैधानिक आयतर्फ पारिश्रमिक बचत आय, श्रीमतीको पारिश्रमिक बचत आय, श्रीमतीको उपदान, दैनिक भ्रमण तथा स्थानीय भत्ता, बिमा परिपक्व भई प्राप्त आय, शेयर बिक्रीबाट प्राप्त आय, कर्मचारी सञ्चयकोष लगायत विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट लिएका ऋण/कर्जा आय, घर बहाल (घर भाडा) बापत प्राप्त वैधानिक आय, वैदेशिक भ्रमण आय, निवृत्तिभरण आय, कृषि आय, विप्रेषण आय, शेयर लाभांश आयसमेत गरी हिसाब गर्दा पनि उक्त रकम बराबरको स्रोत खुल्न सकेन ।

जाँच अवधिमा राजभण्डारीको सम्पूर्ण व्यय (खर्च तथा लगानी) मा जग्गा खरिद, घर निर्माण खर्च, शेयर खरिदमा भएको खर्च, कर्जा/ऋणको साँवा ब्याज तिरेको रकम, जीवन बिमा प्रिमियम भुक्तानीमा भएको खर्च, अध्ययन खर्च, कम्पनी लगानीमा भएको खर्च, सवारी साधन खरिदमा भएको खर्च र बैंक मौज्दात रकमसमेत गरी जम्मा ७ करोड ४२ लाख २९ हजार ८६ रुपैयाँ देखिएको छ ।

प्रचलित कानूनबमोजिम सार्वजनिक पद धारण गरेको राष्ट्रसेवक कर्मचारीले पदमा बहाल रहँदाका बखत अमिल्दो तथा अस्वाभाविक सम्पत्ति आर्जन गर्नुका साथै मनासिव कारणविना अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएको भन्दै उनी विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

बैशाख १९, २०८१

महेन्द्रनगर– दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । महेन्द्रनगरस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि ...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x