×

NMB BANK
NIC ASIA

नक्कली शरणार्थी प्रकरण

खाँणलाई भेट्न जेलमा नेतादेखि कर्मचारीसम्मको लर्को, भन्छन्– गल्ती छैन, फसाए !

काठमाडाैं | असार ८, २०८०

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लाने ठगी प्रकरणसम्बन्धी मुद्दामा थुनामा रहेका पूर्व गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणलाई भेट्न जानेको लर्को लागेको छ । 

Muktinath Bank

जिल्ला अदालत काठमाडौंले १ असारमा खाँणसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । त्यसयता खाँण पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसँगै केन्द्रीय कारागारमा छन् । गृहसहित पटक–पटक मन्त्री, कांग्रेसको केन्द्रीय सदस्य, सांसद, तरुण दल र नेविसंघको अध्यक्ष समेत भइसकेका खाँणलाई भेट्न कारागारमा नेता, कार्यकर्ता र कर्मचारीको भीड लाग्ने गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहीवारमात्रै परराष्ट्र मन्त्री एनपी साउद खाँणलाई भेट्न कारागार पुगेका थिए । साउदले साढे ९ बजेपछि झण्डै आधा घण्टा खाँणसँग कुराकानी गरेका थिए ।


Advertisment
Nabil box
Kumari

साउद र खाँण दुवै कांग्रेस सभापति शेरबहादुर देउवा निकटका नेता हुन् । यी दुई नेताबीच पनि उत्तिकै निकटता रहेको बताइन्छ । खाँण पक्राउ परेदेखि नै उनलाई पार्टी केन्द्रीय सदस्यबाट निलम्बन गर्न माग हुँदै आएको छ । तर, सभापति देउवाले खाँणप्रति नरम व्यवहार देखाएका छन् । बरु खाँणलाई नचिढ्याउने देउवाको मनसाय देखिन्छ । 

Vianet communication
Laxmi Bank

मुख्य गरी खाँणलाई पार्टीबाट निलम्बन गर्नुपर्नेमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले दबाब बढाएका छन् । आफ्नो राजनीतिक भविष्यलाई सुनिश्चत गर्नका लागि देउवा खेमाकै कतिपय नेता पनि खाँणको निलम्बन चाहन्छन् । 

यसअघि भ्रष्टाचारको गम्भीर मुद्दा लाग्दा र प्रमाणित हुँदा पनि कांग्रेसले खुमबहादुर खड्कालाई निलम्बन गरेको थिएन । भ्रष्टाचार प्रमाणित भएपछि जेल बसेर निस्किएका खड्काले १३औं महाधिवेशनमा केन्द्रीय सदस्यतर्फ दोस्रो बढी मत ल्याएका थिए । सबैभन्दा बढी शेखर कोइरालाको पक्षमा १८४८ मत पर्दा खुमबहादुरले १६४६ मत पाएका थिए ।

बिहीबार साउद र खाँणबीच समसामयिक राजनीतिका विषयमा पनि कुराकानी भएको बताइन्छ । खाँणलाई लागेको मुद्दाप्रति साउदले सहानुभूति राखेको स्रोतले बतायो । साथै बसाइको अवस्था कस्तो छ भनेर सोध्दा खाँणले जेल सुधारिएको रहेछ भन्ने जवाफ दिएका थिए । ‘पहिले राजनीतिक बन्दीका रूपमा बस्दाभन्दा अहिले जेल धेरै नै सुध्रिएको रहेछ । निकै व्यवस्थित लाग्यो, कर्मचारी पनि सहयोगी रहेको उहाँको भनाइ छ,’ खाँणनिकट स्रोतले भन्यो । 

बिहीवार नै खाँणलाई भेट्न लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरी र कांग्रेसका सहमहामन्त्रीद्वय महेन्द्र यादव र भीष्मराज आङदेम्बे पनि कारागार पुगेका थिए । सहमहामन्त्री यादवले बिहीवार आफूहरू खाँणलाई भेट्न कारागार पुगेको जानकारी दिए । 

‘नेता कार्यकर्ता, सांसदसहितका दर्जनौं नेता कार्यकर्ता दिनहुँ बालकृष्ण दाइलाई भेट्न कारागार पुग्ने गरेका छन्,’ यादवले भने, ‘बिहीवार पनि परराष्ट्रमन्त्री, सहमहामन्त्री भीष्म दाइ, लुम्बिनीका मुख्यमन्त्री डिल्ली चौधरी कारागार पुग्नु भएको थियो । उहाँलाई भेट्नेको भीड लागेको छ ।’

यादव खाँणलाई फसाइएको र अन्याय भएको भन्दै खुला रूपमा बोल्ने प्रभावशाली नेतामध्येका हुन् । 

खाँण पनि अन्य कैदीबन्दीजस्तै गरी बसिरहेको केन्द्रीय कारागारका जेलर ललित बस्नेत बताउँछन् ।

‘उहाँ अरू कैदीबन्दी जसरी नै बसिरहनुभएको छ । उहाँले कैदीबन्दीकै मेसमा अरूले पकाएको खाने सुविधा छ र आफैं पकाएर पनि खान पाउनहुन्छ । उहाँलाई दिनको ८० रुपैयाँ सिदा र ७०० ग्राम चामल दिने गरेका छौं,’ जेलर ललित बस्नेतले लोकान्तरसँग भने, ‘उहाँलाई भेट्न नेता कार्यकर्ता, कर्मचारी र शुभेच्छुकहरू आइरहन्छन् । त्यसैले उहाँलाई भेटघाटका लागि अलि सहजीकरण होस् भनेर ठूलो ठाउँ दिइएको छ ।’

बिहान साढे ९ बजेदेखि अपराह्न ४ चार बजेसम्म खाँणलाई नेता कार्यकर्ताले भेट्न पाउने सुविधा उपलब्ध रहेको बस्नेतको भनाइ छ ।

खाँणनिकट नेताहरूका अनुसार उनलाई भेट्न लुम्बिनी प्रदेशको रुपन्देही र गण्डकी प्रदेशबाट सबैभन्दा धेरै नेता/कार्यकर्ता पुग्ने गरेका छन् ।

बस्नेतका अनुसार खाँणसँगै टोपबहादुर रायमाझीसहितका पाँचजना बस्छन् । 

भेटघाटमा आउनेसँग के भन्छन् खाँण ?

कांग्रेस सहमहामन्त्री एवं खाँणका विश्वासपात्र महेन्द्र यादव खाँणले आफूलाई भेट्न आउनेहरूसँग केही अनियमितता नगरेको गुनासो गर्ने गरेको बताउँछन् ।

‘उहाँको स्वास्थ्य राम्रो छ । तर, हामी भेट्न जाँदा भने केही गुनासो गर्नुभयो । मेरोविरुद्ध कसैले पोलेको छैन । आर्थिक लेनदेन मेरो खातामा छैन । त्यस्तो कुनै काम गरेको छैन भन्ने उहाँको कुरा थियो,’ यादव भन्छन्, ‘मन्त्रीको नाताले पहिलेको मन्त्रिपरिषद्ले गरेका नीतिगत निर्णय आगडि बढाएको हो, तर अरू लेनदेनमा मलाई सरोकार थिएन । मलाई फसाइएको हो भन्नुभएको छ ।’ 

जिल्ला अदालतले थुनामा पठाए पनि उच्च अदालतमा अपिल गरेपछि आफूले न्याय पाउने आशामा खाँण रहेको यादवले खुलाए ।

खाँणले गृहमन्त्री भएका बेला अमेरिका पठाउने ठगी गिरोहलाई सहयोग गरेको आरोप लगाइएको छ । उनी २०७८ असारदेखि २०७९ माघसम्म गृहमन्त्री भएका थिए । 

गृहमन्त्री भएकै बेला स्वार्थमा टेकनारायण पाण्डेलाई गृहमा ल्याएको दाबी गरिएको छ । यो ठगी प्रकरणका गिरोहसँग मिलेर बालकृष्ण पन्थी नेतृत्वको कार्यदलको प्रतिवेदनलाई तोडमोड गर्नका लागि उपसमिति बनाएकोजस्ता आरोप पनि खाँणमाथि लागेको छ ।

पन्थी नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनलाई तोडमोड गरेर अमेरिका पठाउने भन्दै नक्कली शरणार्थीको नाम हालिएको आरोप छ । गत वैशाख २७ गते खाँण र उनका स्वकीय सचिव नरेन्द्र केसी चाबहिलस्थित खाँणको निवासबाटै पक्राउ परेका थिए । 

देशभर नेटवर्क हुने गृहमन्त्रालयको नेतृत्व, कांग्रेसको युवामा प्रभाव राख्न सक्ने तरुण दल र नेविसंघको नेतृत्व गरेकाले पनि कांग्रेसको संगठनमा खाँणको राम्रो पकड रहेको बताइन्छ । 

डेढ वर्ष अगाडि भएको १४ औं महाधिवेशनमा खाँण पदाधिकारीका लागि दाबेदार थिए । तर देउवाले उपसभापतिमा पूर्णबहादुर खड्का र विजयकुमार गच्छदारलाई उम्मेदवार बनाए । महामन्त्रीका बलिया दाबेदार खाँण पनि थिए । तर, देउवाले सिटौला पक्षका प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवार बनाए । देउवा पक्षका डा. प्रकाशशरण महत र पौडेल दुवै महामन्त्रीमा पराजित हुन पुगेका थिए ।

खाँण देउवापछि कांग्रेसको भावी उत्तराधिकारीका दाबेदारमध्येका एक नेता हुन् । पदाधिकारीमा लोभ नगरी देउवालाई साथ दिँदा १५ औं महाधिवेशनबाट पार्टीमा स्थापित हुने चाहना खाँणको थियो । तर, शरणार्थी प्रकरणको गम्भीर मुद्दाले उनको भावी राजनीतिक जीवन अन्योलग्रस्त बनेको छ ।

१४औं महाधिवेशनमा खुला ३५ केन्द्रीय सदस्यमा डा. शशांक कोइरालाले सबैभन्दा बढी ३८३६, एनपी साउदले २९३७ मत पाउँदा बालकृष्ण खाँण २८७९ मत ल्याएर तेस्रो भएका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x