×

NMB BANK
NIC ASIA

हात्ती हाँक्ने महिला

‘माहुते’ रीता सुवेदी : आँट्नुपर्छ, नसकिने केही छैन

बुटवल | असार ९, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

रीता सुवेदीको किशोरावस्था हात्तीकै सेरोफेरोमा बित्यो । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ ढकेराकी ३२ वर्षीया रीताले सानैदेखि बाँके राष्ट्रिय निकुञ्जको बुत्तापुर हात्तीसारमा माहुत (माहुते) ले हात्तीको स्याहार र हेरचाह गरेको देख्दै आएकी थिइन् ।

Muktinath Bank

तिनै रीता अहिले आफूले कल्पनामा समेत नभएको हात्ती हाँक्ने ठाउँमा पुगेकी छिन् । नसोचेको बाटोमा माहुते बनेर हात्तीसँगै रीता चुनौतीपूर्ण क्षेत्रमा उदाहरणीय काम गरेर रमाउन थालेको ६ वर्ष पुगिसकेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बाँके राष्ट्रिय निकुञ्जमा १० वटा हात्तीको दरबन्दी तोकिएपछि बर्दिया राष्ट्रिय निकुञ्जबाट ६ वटा हात्ती विक्रम संवत् २०७३ सालमा बाँके ल्याइयो ।


Advertisment
Nabil box
Kumari

हात्ती ल्याएपछि निकुञ्जले २ जना महिलासहित माहुतेको माग गर्‍यो । उनीसँगै झण्डै ३ दर्जन महिलाले आवेदन दिए । रीताको नाम निस्कियो ।

Vianet communication
Laxmi Bank

‘प्लस टु’ उत्तीर्ण माहुते रीता श्रेणीविहीन पाँचौं तहमा पर्छिन् । ‘भर्खरै छोरो जन्मिएको थियो,’ रीता भन्छिन्, ‘श्रीमान् र बुवाआमाले समेत यो जोखिमपूर्ण जंगली जनावरको क्षेत्रमा काम नगर भन्नुहुन्थ्यो । बुवाआमा र सन्तानकै लागि जोखिम मोलेर माहुते बन्न पुगेकी हुँ ।’

पहिलोपटक ठूलो जनावर हात्तीसँग रहेर काम गर्न थाल्दा उनलाई आश्चर्य जस्तै भयो । ‘त्यो मेरा लागि विशेष क्षण थियो,’ सुवेदी भन्छिन् । अहिले जोखिमसँगै रीताको जागिरले परिवारमा समेत खुशीयाली दिलाएको छ । रीताका पति हर्कबहादुर घर्ती नेपाल प्रहरीमा कार्यरत छन् ।  

उनले पर्यटकलाई हात्तीमार्फत् जंगल सफारी गराउने गर्छिन् । ‘हात्तीको दिसा सोहोर्ने, दाना खुवाउने, चराउन जंगल लैजाने, घाँस काट्ने, जंगलमा गस्ती जाने काम गर्नुपर्छ,’ उनी भन्छिन्, ‘माहुतेहरू २४ घण्टा हात्तीसँगै हुनुपर्छ । उनको दाना पानीदेखि हात्ती जन्माउँदा रातभर कुरेर बस्ने, पालेका हात्ती भएको हात्तीसार क्षेत्रबाट जंगली हात्ती धपाउने काम पनि उनीहरूले नै गर्नुपर्छ ।’

माहुतेको जिम्मेवारी हात्तीको स्याहार सुसार बाहेक पर्यटक हात्ती सफारी गराउने, जंगल जाने, सेनासँग गस्ती गर्ने पनि हो । गस्ती गर्न जाँदा जंगलमै बास बस्नुपर्ने पनि हुन्छ । निकुञ्जभित्रका विभिन्न पोस्टमा सेनासँग बस्नुपर्छ । शुरूशुरूमा जंगल जाँदा डर लागे पनि अहिले रीतामा त्यस्तो त्रास/डर हुँदैन ।

काम गर्दै जाँदा हात्तीसितको निकटता बढ्दै गएको बताउँदै रीताले निकुञ्जमा वन्यजन्तुसितको सहकार्य सहज रहेको बताइन् । ‘अब त गाउँबस्ती जस्तै जंगल र जनावर पनि प्यारो लाग्न थालेको छ,’ रीता भन्छिन्, ‘पर्यावरण सन्तुलनमा राख्न जंगल र वन्यजन्ुतको संरक्षणको काम गर्ने अवसर मिलेकोमा अहिले राम्रो लागेको छ ।’ 

२ वर्ष पहिला ‘गणेश गज’ नाम गरेको भाले हात्तीले हानेर आफूलाई घाइते बनाएको घटना उनले सुनाइन् । अहिले उनी शान्तिकली नाम गरेको हात्तीको माहुते छिन् । शान्तिकलीले उनले भनेको सबै कुरा मान्ने गर्छे । उनले बोलेको भाषा पनि बझ्छे ।

‘जमिनमा पाइनेमध्ये सबैभन्दा ठूलो शरीर भएको जनावरलाई साक्षर मात्र भएका माहुतेले कुशल प्रशिक्षक भई तालिम दिएर भने अनुसार ठाउँमा डुलाउन सक्नु आफैंमा चुनौतीपूर्ण काम हो,’ सुवेदी भन्छिन्, ‘उनीहरूलाई दाना, पानी भनेअनुसार दिएर साङ्लोले बाँधिन्छ । रिसाएर उपद्रो मच्याउन थाले नजिकै आगो बालेर रिस शान्त पारिन्छ । आगोको लप्काले तर्साएर उसलाई नियन्त्रणमा राखिन्छ ।’

निकुञ्जमा शान्तिकली, रेन्जरगज, समिरगज, गणेशगज, सौराहागज र चमचमकली गरी ६ हात्ती छन् । 

जंगलमा हात्ती लगेर जाँदा उनले अंकुसा, बन्चरो, खुर्पा लगेर जानुपर्छ । अन्य जंगली जनावर देखेर हात्ती रिसाउन सक्छ । त्यो बेला अंकुसाले कानमा घोचेर, बन्चरोले ठाउकोमा हानेर हात्तीलाई नियन्त्रणमा राख्नुपर्छ । हात्तीसारमा रहेका हात्तीलाई भाले लाग्ने समयमा रातिमा जंगली हात्ती आउने गर्छन् । हात्ती परिपक्क हुने समयमा अनियन्त्रित हुन्छन् । त्यस्तो बेला काममा खटिनुपर्छ ।

‘काम जतिसुकै बेलाको छ तर सुविधा कम छ । हामीलाई राज्यले हेर्नुपर्छ,’ सुवेदीले भनिन् । 

महिलाको शारीरिक बनोट पुरूषको तुलनामा भिन्न भएकाले शारीरिक रूपमा केही कमजोर हुन्छन्, महिनावारी महिलाहरूको प्राकृतिक प्रक्रिया हो । महिनावारी भएको समयमा महिलालाई शारीरिक एवं मानसिक रूपमा काम गर्न गाह्रो हुन्छ । यस्तो बेलामा निकुञ्जले हामीलाई बिदाको व्यवस्था गर्नुपर्ने रीताको माग छ । 

हात्ती जमिनमा बस्ने स्तनधारी जीवमध्ये सबैभन्दा विशाल जनावर हो । हात्ती बुद्धिमान जनावरमा पनि पर्छ । तिनीहरूको दिनचर्या नियालिरहेका माहुते अध्ययन गर्नेले रोचक तथ्यहरू थाहा पाउँछन् । बढ्दो शहरीकरण र वनविनाशले हात्तीहरूको बासस्थान बिथोलिएका कारण जंगली हात्ती गाउँ पसेर मानव बस्तीमा ठूलो क्षति पुर्‍याएका घटनाहरू पनि आइरहन्छन् ।

हात्ती पर्याप्त खानेकुरा सहितको नयाँ सुरक्षित ठाउँ नपाएमा आक्रमण गर्ने जनावर गर्छ । बाँके–बर्दिया क्षेत्रमा मानव–हात्ती द्वन्द्व बढिरहेको छ । पछिल्लो चरणमा हात्तीले मान्छे मार्ने र त्यसको झोकमा मानिसहरूले हात्ती मार्ने क्रम पनि बढिरहेको देखिन्छ, जुन चिन्ताको विषय रहेको माहुते सुवेदी बताउँछिन् । एउटा हात्तीलाई दिनमा १५०–२०० किलोसम्म खानेकुरा आवश्यक पर्ने रीता बताउँछिन् । बाँके राष्ट्रिय निकुञ्ज नेपालको लुम्बिनी प्रदेश बाँकेमा जिल्लामा पर्छ ।

विक्रम संवत् २०६७ सालमा नेपालको दशौं राष्ट्रिय निकुञ्जको रूपमा स्थापित गरिएको निकुञ्ज ५५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यो राष्ट्रिय निकुञ्जको ३४३ वर्ग किलोमिटर मध्यवर्ती क्षेत्र रहेको छ । यो निकुञ्ज चौकाका लागि प्रख्यात छ ।

‘महिला हुँ भनेर साहसी काम गर्न पछि सर्नु हुँदैन,’ सुवेदी भन्छिन्, ‘जोखिमपूर्ण काम गर्न थालेपछि समाजले महिलालाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आउन थालेको छ । यसले गर्दा पनि महिलालाई हरेक क्षेत्रमा कदम बढाउन केही सहज हुन्छ । अहिले अप्ठ्यारो तथा चुनौतीपूर्ण काम गर्ने महिलाहरूको संख्या पनि बढ्दै गएको छ ।’ 
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x