×

NMB BANK
NIC ASIA

सडक विस्तार

बुटवल–गोरूसिंगे–चन्द्रौटा सडक : चार लेनमा स्तरोन्नतिको काम शुरू, ‘सिग्नेचर ब्रिज’ बन्ने

काठमाडाैं | असार १४, २०८०

NTC
Premier Steels

पूर्वपश्चिम राजमार्गको बुटवल–गोरूसिंगे–चन्द्रौटा सडक ४ लेनमा स्तरोन्नतिको काम शुरू भएको छ ।

Muktinath Bank

बहुवर्षीय योजनाअनुसार सडक विस्तारको काम अगाडि बढेको हो । विश्व बैंकको सहयोगमा यातायात र व्यापार आबद्धता अभिवृद्धि आयोजना (एक्सेस) शुरू भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुटवल–नारायणगढ ११४ किलोमिटर सडक विस्तारको क्रममा छ । अबको सडक विस्तारले कपिलवस्तुदेखि नारायणगढसम्मको सडक यात्राको समय छोट्टिनेछ । यसबाट सडकमा यात्रा गर्ने समय ४० प्रतिशतले घटाउने अपेक्षा गरिएको छ ।​
null


Advertisment
Nabil box
Kumari

राजमार्गको बुटवल–गोरूसिंगे–चन्द्रौटा सडक खण्डमा पर्ने ६९ किलोमिटर सडकलाई ‘फोर लेन’ स्तरोन्नति गर्ने ठेक्का लागेपछि समयमा पूरा गर्ने सडक विभागको लक्ष्य छ । आयोजनाको लागि २७ करोड ५० लाख डलर (झण्डै ३५ अर्ब रुपैयाँ) विश्व बैंकले उपलब्ध गराउने भएको छ । 

Vianet communication

आयोजनाले नेपालमा छानिएका व्यापारिक कोरिडोरमा व्यापार, यातायात लागत र पारवहन समय घटाएर व्यापार र आबद्धता सुधार गर्ने विश्व बैंकले जनाएको छ । गत हप्ता भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिनज राइजरले आयोजनाको शुभारम्भ गरेका थिए । 

आयोजनाबाट नेपालका विभिन्न प्रदेश र छिमेकी मुलुकसँग यातायात र व्यापार आबद्धता बढाउने भएकाले नयाँ आर्थिक सम्भावनाको ढोका खोल्ने जनाइएको छ ।

null

निर्माण भएको ६० वर्ष पुगेको सडक अहिले साँघुरो र जीर्ण छ । आयोजनाअन्तर्गत बुटवलदेखि चन्द्रौटासम्मको सडक ४ लेन र बुटवलको तिनाउ नदीमा ‘सिग्नेचर ब्रिज’ निर्माण गर्ने योजना छ । २ लेनमा रहेको पूर्वपश्चिम राजमार्गलाई अहिले विभिन्न खण्डमा गरी धमाधम स्तरोन्नति गर्ने काम भइरहेको छ । जसका कारण भारतको पश्चिमी बन्दरगाहसम्म नेपालको पहुँच सहज हुनेछ ।

नेपाल सरकार र विश्व बैंकबीच सेप्टेम्बर २०२२ मा आयोजनाको वित्तीय सम्झौतामा हस्ताक्षर भएको थियो ।

सडक विभागका सहसचिव विजय जैसीले आयोजनाको ठेक्का प्रक्रियामा छिट्टै जाने तयारी रहेको बताए । पहिलो चरणमा बुटवलदेखि गोरूसिंगे ५० किलोमिटर सडक स्तरोन्नति हुनेछ,’ जैसीले लोकान्तरतसँग भने, ‘गोरुसिंगेदेखि चन्द्रौटासम्म १९ किलोमिटर डिजाइन भएको छैन । अबको १ महिनाभित्र ठेक्का भइसकेपछि भदौदेखि फिल्डमै काम हुन्छ ।’

null

सहसचिव जैसीले थपे, ‘हामीले कम्तीमा ३ वर्षभित्र सक्ने गरी ठेक्का लगाउने तयारी गरेका छौं । ‘हाइवे’ निर्माणमा ढिलाइ गर्नु हुँदैन । महत्त्वपूर्ण आयोजनालाई समयमा सम्पन्न गराउने दायित्व सबैको हुन्छ ।’

विक्रम संवत् २०१८ सालमा तत्कालीन राजा महेन्द्र शाहले शिलान्यास गरेको सडक ६० वर्षपछि फराकिलो हुन लागेको छ । त्यो बेला पूर्वपश्चिम राजमार्ग विस्तार गर्दा राजा महेन्द्रले भारत, रूस र बेलायतको सहयोग मागेका थिए । सडकका डिभाइडर पनि बेलायती मोडलकै थिए । महेन्द्र शाहले नवलपरासीको गैंडाकोटमा राजमार्गको शिलान्यास गरेपछि ‘महेन्द्र राजमार्ग’ नामकरण गरिएको थियो ।

देशमा गणतन्त्र आएपछि राजमार्गको ‘महेन्द्र’ नाम हटाएर ‘पूर्वपश्चिम’ राजमार्ग कायम गरिएको छ । सडक डिभिजन कार्यालय बुटवलका सिनियर डिभिजन इन्जिनियर होमबहादुर एसीले बढ्दो सवारीसाधनको चापले अब राजमार्गहरू कम्तीमा फोर लेन बनाउन अनिवार्य भइसकेको बताए ।  

सडक स्तरोन्नतिसँगै दोस्रो खण्डअन्तर्गत तिनाउ नदीमा सिग्नेचर पुल पनि नयाँ प्रविधिमा बनाइनेछ । युरोपका धेरै शहरहरूमा सिग्नेचर पुलहरू निर्माण भएका छन् । आकर्षक हुने भएकाले यसले पर्यटकीय महत्त्व समेत राख्नेछ । झट्ट हेर्दा नेटवर्क आर्क ब्रिज जस्तै डिजाइनमा बनेको देखिने भए पनि यो फरक खालको हुनेछ । पुलको लागत १ अर्ब रुपैयाँभन्दा माथि हुने अनुमान गरिएको छ ।

null

पूर्वपश्चिम राजमार्गअन्तर्गत हालको तिनाउ पुल जीर्ण हुँदै गएको र बुटवल क्षेत्रको सवारी चाप समेत अत्यधिक बढेका कारण नयाँ ‘सिग्नेचर ब्रिज’ निर्माणका लागि ३ वर्ष अघिबाट तयारी थालिएको थियो । यो बुटवल–चन्द्रौटा सडक विस्तार भएपछि पुरानो पुलले सवारीसाधनको चाप नथाम्ने भएका कारण पनि पुल निर्माण गर्न लागिएको हो । 

पुलको किनारामै नेपाली वीरताको गाथा बोकेको जीतगढी किल्ला समेत रहेकाले पर्यटनको सम्भावनालाई ध्यानमा राखेर पनि यो पुल सिग्नेचर ब्रिज हुने गरी निर्माण गर्ने योजना बनाइएको छ ।

बुटवलका इतिहासकार देवेन्द्रराज शाक्यले सिद्धार्थ राजमार्ग र पूर्वपश्चिम राजमार्ग सँगसँगै निर्माण थालिएको बताए । महेन्द्रले पूर्वपश्चिम राजमार्ग बनाएर नेपाललाई पूर्वदेखि पश्चिमसम्म जोडेका उनले बताए । शाक्यले भने, ‘ठूलो परियोजनाले बुटवलमा पर्यटन क्षेत्रमा पनि ठूलो टेवा पुर्‍याउँछ । यसले जीतगढीको प्रचारप्रसारमा पनि टेवा दिन्छ ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x