×

NMB BANK
NIC ASIA

‘दुई रुपैयाँ’, आकर्षक कथामा बनेको औसत फिल्म

कात्तिक २०, २०७४

NTC
Premier Steels

चलचित्र ‘दुई रुपैयाँ’ को गीत ‘कुटुमा कुटु’ लाई दर्शकले रुचाएपछि नै यो चलचित्रले आफ्नै हाइप बनाइसकेको थियो । चलचित्र ‘लूट’ निर्देशक निश्चल बस्नेत र ‘कर्कश’ निर्देशक आसिफ शाह एकसाथ फिल्ममा अभिनेता अभिनेताका रुपमा देखिए यो चलचित्रमा । दुई ब्यानरका दुई निर्देशक अभिनेता बनेको चलचित्र ‘दुई रुपैयाँ’ यतिबेला प्रदर्शनमा छ ।

चलचित्रमा नयाँ कथा केही छैन । काठमाडौंमा बसेर तस्करको धन्दा चलाउने टीका पहारी खराब धन्दा गरेपनि इमान्दारिताका साथ व्यवसाय गर्न चाहने तस्कर व्यवसायी हुन् । ‘वान मिस, गेम फिनिस’ को सूत्र अपनाउने तिनै बोस (टीका पहारी) सँग काम गर्छन् दारी (आसिफ शाह) र जुरेली (निश्चल बस्नेत) ले ।

सधै इमान्दारिताका साथ काम गरिरहेका यी दुईले दुई रुपैयाँको नोट दिएर काठमाडौंबाट सीमा शहरमा जानुपर्ने हुन्छ सामान डेलिभरी गर्न । कामको जिम्मेवारीसँगै रमाइलो गर्दै सम्बन्धित ठाउँसम्म त पुग्छन् तर दुई रुपैयाँको नोट बाटैमा हराउँछ । उता नोटको नम्बर नमिलेसम्म भारतीय एजेन्टले सामान दिँदैन । आफ्नो बोसको काम पूरा गर्नलाई उनीहरुले उक्त नोट खोज्नैपर्ने हुन्छ । त्यही नोट र नोटको खोजीका क्रममा निम्तिएको द्वन्द्व नै फिल्मको घटनाक्रम हो ।

पटकथा र घटनाक्रमको बुनोट गतिलो छ । संवाद आकर्षक छन् । त्यो बाहेक अन्य पक्ष औसत छ फिल्ममा ।
जुरेली र दारीकै वरिपरि घुमिरहेको कथामा एकपछि अर्को गर्दै समस्या थपिँदै जान्छन् । जुरेलीको भूमिकामा अभिनय गरेका निश्चल बस्नेतको अभिनय स्वभाविक त छ तर उनको अभिनय सामान्य छ भन्दा फरक पर्दैन ।

स–सानो झुप्प दाह्री पालेर ‘दारी’ को भूमिकामा देखिएका आसिफको अभिनय निश्चलको भन्दा केही परिपक्व लागेपनि उनको अभिनय पनि खासै तारिफयोग्य छैन । दुवै अभिनेता भूमिकामा जम्न सकेका छैनन् ।

बरु मेनुका प्रधान, वुद्धि तामाङ, टीका पहारी, राजन इशान लगायत अन्य कलाकारको अभिनय पात्रअनुसार सुहाउँदो छ ।

चलचित्रको छायांकन पक्ष औसत छ । छायांकनकारले सिनेमाटोग्राफ्रीलाई अझै आर्कषक बनाउन सक्थे तर उनले औसतमै सीमित गरिदिएका छन् छायांकन पक्षलाई । फिल्ममा देखिने युनाइटेड सिमेन्ट र इ–सेवाको विज्ञापनले फिल्म नभएर कुनै प्रायोजित कार्यक्रम हो कि भन्ने पारिदिन्छ ।

पटकथाकार द्वय आसिफ शाह र आशिष रेग्मीले फिल्मको पटकथालाई स्वभाविक बनाएका छन् । चाहिनेभन्दा बढी दृश्यमा अल्झिरहनु पर्ने वाध्यता फिल्ममा छैन । यो मानेमा फिल्म केही प्रभावकारी छ । प्रयोग भएका सामान्य संवादले बेलाबेलामा हसाउँछ । कथानक सरल गतिमा बढ्दै जाँदा क्लाइमेक्सको दृश्य भने अनावश्यक र भद्दा लाग्छ ।

भद्दा दृश्य त एउटा पक्ष भयो नै । तर जुरेली र दारीले यो सबै केका लागि गरिरहेका छन्? उनीहरुको पारिवारिक पृष्ठभूमि के हो? होटल चलाएर बसेकी मायासँगको सम्बन्धलाई पनि पर्याप्त खुलाइएको छैन फिल्ममा । मायाले सम्बन्धबारे बताउन खोजेपनि भूमिका स्पष्ट पार्न नखोजेको देखिन्छ एउटा दृश्यले । मुख्य पात्रलाई नै कथामा ल्याएर थपक्क जोड्नुले फिल्मलाई कच्चा बनाएको छ ।

चलचित्रका गीत संगीत राम्रा छन् । फिल्ममा पाश्र्व ध्वनिको पनि गतिलो समायोजन गरिएको छ ।
हँसाउने खुराक कमै भएपनि पात्रको संघर्ष र घटनाक्रमले बेलाबेलामा हसाउनु फिल्मको सुखद् पक्ष हो । तर, कथानक अनुसार निर्देशन पक्ष भने अब्बल छैन निर्देशक असिम शाहको ।

निष्कर्षतः फिल्म हेर्नलायक भने छ । दोस्रो सिक्वेल समेत निर्माण गर्ने गरी कथालाई खुला छोडेको फिल्ममा मायाको छोराले दुई रुपैयाँको नोटको महत्व कसरी बुझेर नोट साथमै राखेको हो? भलै हलबाट बाहिरिएपछि फिल्म दिमागमा नबसेपनि हलबाट निस्किँदा यो प्रश्न भने दिमागमा एकछिनसम्म बस्न सक्छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

बैशाख ६, २०८१

यतिबेला भारतमा बलिउडका स्टार अभिनेताहरूमाथि सुरक्षा खतरा बढेको छ । सलमान खानपछि शाहरख खानमाथि पनि सुरक्षा खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  केही दिनअघि मुम्बईस्थित सलमानको घरबाहिर फ...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x