×

NMB BANK
NIC ASIA

मुख्यमन्त्री बन्ने दौड

कोशीमा मुख्यमन्त्री नियुक्तिको सकस: कांग्रेसलाई राप्रपाको भर, माओवादी एमालेसँग मिल्ने डर !

विराटनगर | असार २०, २०८०

NTC
Premier Steels

कोशी प्रदेश सरकार निर्माणका लागि प्रदेश प्रमुखले दिएको समयसीमा सकिन अब १ दिन मात्रै बाँकी छ । प्रदेश प्रमुखले असार २१ साँझ ५ बजेसम्मको समय दिएका छन् तर हालसम्म दलहरूले बहुमत जुटाउन सकेका छैनन् ।  

Muktinath Bank

केन्द्रीय सत्ता गठबन्धनले नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा प्रदेश सरकार गठन गर्ने सहमति गरेको छ । अहिलेसम्म थापाको नेतृत्वमा बहुमत पुगेको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

थापाले राप्रपाको आश गरे पनि अहिलेसम्म राप्रपाले कुनै निर्णय गरेको छैन । 


Advertisment
Nabil box
Kumari

राप्रपा कोशी प्रदेश संसदीय दलले सरकारमा सहभागी हुने/नहुने भन्ने विषयमा निर्णय गर्ने जिम्मा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ तर अहिलेसम्म राजेन्द्र लिङ्देनले कुनै निर्णय गरिसकेका छैनन् तर पछिल्लो समय लिङ्देन कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने पक्षमा देखिन थालेका छन् ।

Vianet communication

लिङ्देनसँग कांग्रेस सभापति शेरबहादुर देउवा र मुख्यमन्त्रीका दाबेदार उद्धव थापाले पटक–पटक भेट  पनि गरेका छन् तर त्यो भेटले कुनै निष्कर्ष निकाल्न सकेन । अहिले कोशी प्रदेशको सरकार निर्माणको प्रक्रियामा कांग्रेस र एमाले नै मिलेर सरकार बनाओस् भन्ने चाहना रहेको लिङ्देनले बताए ।

राप्रपाले साथ नदिएको खण्डमा सभामुखको नाम लिएर गठबन्धनमा आबद्ध दल गए मात्रै उद्धव थापा नेतृत्वको सरकार बन्न सक्छ । अहिले सत्ता गठबन्धनमै रहेका माओवादी केन्द्र र नेपाली कांग्रेसकै सांसदहरू डराउन थालेका छन् । बहुमत नहुँदा एमालेसँग मिलेर कांग्रेसले भोलि सरकार बनाउला कि भन्ने डर माओवादीमा छ भने भर्खर सरकार छाडेर आएकाले एमालेसँग माओवादी मिल्न जाला कि भन्ने डर कांग्रेसमा छ ।

कांग्रेसलाई राप्रपाले साथ नदिने बुझेपछि माओवादी केन्द्रले पनि एमालेसँग मिलेर सरकार बनाउने तर्क गर्न शुरू गरिसकेको छ । नेपालको संविधानको धारा १६८ (२) मा बन्ने सरकारमा गठबन्धनको बहुमत नपुगे विकल्प खोज्नुपर्ने आवाज माओवादी नेताहरूले उठाउन थालेका छन् । 

‘१६८(३) मा नपुगी नै विकल्प खोज्नुपर्छ,’ माओवादी केन्द्र कोशी प्रदेश कमिटीका सचिव समेत रहेका प्रदेशसभा सदस्य गणेश उप्रेतीले भने, ‘कांग्रेसले बहुमत पुर्‍याउन सक्दैन भने अरूलाई बाटो खुला गरिदिनुपर्छ ।’

मुख्यमन्त्री हिक्मत कार्कीले भने यसअघिदेखि नै सहमतिको सरकार बनाउनुपर्ने बताउँदै आएका छन् । 

माओवादीले सभामुखको नाम लिएर सरकार बनाउन जान नपाइने अडान राख्दै आएको छ । राप्रपाले साथ नदिँदा सभामुखबाहेक गठबन्धनलाई सरकार बनाउन संख्या पुग्दैन । सरकार बनाउन ४७ सांसदको आवश्यकता पर्छ तर अहिलेसम्म गठबन्धनसँग ४६ सांसद मात्रै छन् । एमाले–राप्रपासँग पनि ४६ सांसद छन् । 

एमालेले १ महिनापछि आफ्नै नेतृत्वमा सरकार बन्ने दाबी गरिरहेको छ । संविधानको धारा १६८(३) अनुसार सरकार बन्दा हिक्मत कार्कीकै नेतृत्वमा बन्ने भएकाले अहिले कुनै टाउको नदुखाउने एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए । १६८(३) मा ठूलो दलले सरकारको नेतृत्व गर्ने उल्लेख गरिएको छ । कोशीमा एमाले सबैभन्दा ठूलो दल हो । एमालेसँग ४० सांसद छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x