×

NMB BANK
NIC ASIA

नयाँ सरकार गठनको सकस

कोशीमा सभामुख सहितको संख्या देखाएर मुख्यमन्त्री दाबी गर्दै गठबन्धन

एमालेले भन्यो – भोलिदेखि संसद् कसरी चल्छ हामी हेर्छौं ?

विराटनगर | असार २१, २०८०

NTC
Premier Steels

कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा आज सकिँदैछ । समयसीमा नसकिँदै गठबन्धनले सभामुख बाबुराम गौतम सहितको हस्ताक्षर लिएर जाने तयारी गरेको छ । 

Muktinath Bank

गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) नेपालले बहुमत कायम गर्न सभामुख सहितको हस्ताक्षर लैजान लागेका छन् । सभामुखबाहेक गठबन्धनमा ४६ सांसद मात्रै पुग्छन् ।
 
९३ सदस्यीय कोशी प्रदेश सभामा बहुमतका लागि ४७ प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ । माओवादी केन्द्रबाट निर्वाचित भई सभामुख भएका बाबुराम गौतमलाई नजोड्ने हो भने गठबन्धनसँग जम्मा ४६ प्रदेशसभा सदस्य मात्रै हुन्छन् । कांग्रेसका २९, माओवादी केन्द्रका १२ (सभामुखबाहेक), एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टी (जसपा) नेपालका १ जना सांसद छन् । उनीहरूसँग भएको संख्या जोड्दा ४६ मात्रै पुग्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गौतमले सभामुख निर्वाचित भएपछि दल त्याग गरेको घोषणा गरिसकेका छन् । दल त्याग गरेको घोषणा गरेका सभामुखको हस्ताक्षरसहित गठबन्धन दाबी पेश गर्न जाने भएपछि प्रश्न समेत उठ्न थालेको छ ।


Advertisment
Nabil box
Kumari

प्रदेशसभाको सबभन्दा ठूलो दल एमालेसँग ४० सिट छ भने राप्रपासँग ६ जना सांसद छन् तर सबैभन्दा ठूलो दल रहेको एमालेले भने गठबन्धनले सभामुख र प्रदेश प्रमुखलाई दबाब दिएको आरोप लगाएको छ । उसले सभामुखको नाम लिएर गए संसद् चल्न नदिने चेतावनी समेत एमालेले दिएको छ । ‘कानूनको खिल्ली उडाउने काम गठबन्धनबाट भइरहेको छ,’ एमाले संसदीय दलका नेता समेत रहेको मुख्यमन्त्री हिक्मत कार्कीले भने, ‘गठबन्धनमा भएका दलहरूले प्रदेश प्रमुखलाई पनि दबाब दिइरहेको सुनेका छौं । सभामुख र प्रदेश प्रमुख दलमा आबद्ध हुनुहुन्न । उहाँहरूलाई दबाब र प्रभावमा पार्दा भोलिदेखि संसद कसरी चल्दो रहेछ ? त्यो हामी हेर्छौं ।’
  
राप्रपाले अहिलेसम्म कुनै निर्णय गरेको छैन तर राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश सरकारको स्थायित्वका लागि कांग्रेस र एमाले मिल्नुपर्ने आफ्नो धारणा रहेको बताइसकेका छन् । यसले पनि राप्रपाले गठबन्धनलाई साथ दिइहाल्छ भन्ने आधार छैन । 
 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x