माघ ५, २०८०
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
बुटवल | असार २३, २०८०
आफैंले उत्पादन गरेको च्याउ पाल्पाका किसान केशवबहादुर कार्कीले प्रतिकिलो ६ हजार रूपैयाँमा बिक्री गर्छन् । कार्कीले तयार पारेको च्याउ कन्ने (पत्ते) र गोब्रे (डल्ले) भन्दा महंगो पर्ने रातो च्याउ हो ।
‘गानोडर्मा’ भनिने रातो च्याउ उत्पादन गर्दै आएको भैरव च्याउ उद्योग प्रालि तानसेन–८ जरेपिपलले विगत ४ वर्षले अत्याधुनिक प्रविधि सहितको मशिन जडान गरेको छ । गानोडर्मालाई सुकाएर विदेशमा बेच्दा किलोको ३५ हजार रूपैयाँसम्म पर्ने कार्की बताउँछन् ।
भैरव च्याउ उद्योगले नेपालीलाई सस्तोमा दिने उद्देश्यले प्रतिकिलो ६ हजार रुपैयाँमा बिक्री गर्ने गरेको छ । २ दशकदेखि व्यावसायिक च्याउ उत्पादनमा लागेका कार्कीले रातो च्याउ प्रशोधन गरी कफी र पाउडरको रूपमा बजारमा पठाउँदै आएका छन् ।
रातो च्याउ अहिले बुटवल, पाल्पा, अर्घाखाँची, गुल्मीसहित लुम्बिनी प्रदेशभर जाने गरेको छ । ‘गानोडोर्मा’ (रातो) च्याउ अन्य च्याउ जस्तो नरम र मिठो हुँदैन । यो काठ जस्तो साह्रो हुन्छ र स्वाद पनि तीतो खालको हुन्छ । त्यसैले यो च्याउ अन्य च्याउ जस्तै तरकारी बनाएर खान सकिन्न । सुकाएको रातो च्याउको टुक्राहरू पानीमा उमालेर रस चियाको रूपमा पिउनुपर्ने हुन्छ ।
रातो च्याउ मुख्यतः औषधिका लागि प्रयोग गरिन्छ । सुकाएर च्याउको टुक्रालाई चिया जस्तै उमालेर पिउने गरिन्छ । रातो च्याउलाई ‘हेल्थ फूड सप्लिमेन्ट’का रूपमा लिने गरिन्छ । ‘रातो च्याउ विदेश पठाउन सकियो भने धरै राम्रो आम्दानी हुनसक्छ,’ केशव भन्छन्, ‘व्यक्तिगत तवरमा मान्छेहरूले विदेश पनि लैजाने गरेका छन् । व्यावसायिक हिसाबले बाहिर पठाउने प्रक्रियामा हामी छौं ।’
५१ वर्षीय केशवले विभिन्न काठका मुढाहरू कटान गर्दा निस्केका पात, हाँगा र झारपातलाई समेत धुलो बनाएर त्यसैको धुलोको ‘बल’मा ‘गानोडर्मा’ च्याउ फलाएका छन् । यसमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट, एन्टिभाइरल, एन्टी फंगल र एन्टी ब्याक्टेरियल गुण हुने भएकाले यो च्याउ औषधिको रूपमा प्रयोग हुन्छ । यसलाई एसियाली आयुुर्वेदमा वनस्पतिको राजा भनिएको छ ।
नेपालका अन्य ठाउँहरूमा पनि यसको बजारमूल्य प्रतिकिलो १०–१२ हजार रुपैयाँसम्म रहेको कार्की बताउँछन् । रातो च्याउ उत्पादनमा उदाहरण बनेका कार्कीले दैनिक ५ लाख रूपैयाँको च्याउ उत्पादन गर्छन् । राज्यबाट कृषि ‘लोन’ नपाउँदा आफूले चाहेजस्तो उत्पादन गर्न नसकेको उनको गुनासो छ ।
‘हामीलाई अनुदान चाहिएको होइन । फिक्समा लोन दिए आफ्नो–आफ्नो पैसाले गरेर देखाउन पाइन्थ्यो,’ उनले भने । नेपालमा १४–१५ हजार कृषकले च्याउ खेती गरेका छन् । यो गानोडर्माको नाममा नेपालको अर्बाैं पैसा बाहिर गएकाले त्यसलाई नेपालमै रोक्नका लागि आफूले अभियान थालेको कार्कीको भनाइ छ ।
२५० बढी पोषण खाद्य तत्वयुक्त औषधिजन्य गुण भएको रातो च्याउको काठलाई मशिनमा कुटेर धुलो बनाएर ‘बल’ बनाउने र स्टीम गरेपछि च्याउको बीउ राखिन्छ । त्यसका लागि आधुनिक प्लान्ट जडान भएको छ । एउटा बलबाट ५०० ग्राम र मुढाबाट ७ किलोसम्म रातो च्याउ फल्छ । २०–३५ डिग्रीसम्ममा यो च्याउ फलाउन सकिन्छ ।
सरकारले कृषिलाई प्राथमिकतामा राखे पनि च्याउखेती प्राथमिकतामा नपरेको केशवको गुनासो छ । उनी भन्छन्, ‘करोडौंं रूपैयाँ लगानीको च्याउखेतीका कारण नेपाली आत्मनिर्भर छन् तर अहिलेसम्म पनि च्याउ खेतीका लागि सरकारले कुनै पनि नीति–नियम बनाएको छैन । यो क्षेत्रलाई हेर्ने कुनै निकाय पनि छैन ।’
रातो च्याउको नियमित तरकारी खाने नभई विभिन्न रोग निको पार्नका लागि सेवन गरिन्छ । यसको स्वाद अन्य च्याउको जस्तो नरम र मिठो हुँदैन । यो काठ जस्तो साह्रो र तीतो हुन्छ । त्यसैले यस च्याउको सेवनले बिरामीलाई उच्च रक्तचाप घटाउन मद्दत गर्दछ । ट्यूमर निरोधक क्षमता बढाउँछ, क्यान्सर रोग हुनबाट जोगाउँछ, रोगसँग लड्ने क्षमतामा वृद्धि गर्दछ, पाचन शक्ति बढाउँछ, अरुचि घटाउँछ, यौनबर्द्धक पनि मानिएको छ ।
‘हामी मानव जीवन निरोगी रहेर जिउनका लागि अतिआवश्यक हुन्छ,’ केशव भन्छन्, ‘रोग लाग्नुभन्दा पहिले रोग लाग्नबाट बच्नका लागि विभिन्न औषधि गुण भएका पोषणयुक्त उत्पादनको सेवन गरेर स्वस्थ रहन सकिन्छ ।’
उद्योगले ५ वर्षअघिदेखि सिताके च्याउ पनि व्यावसायिक उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ । सिताके च्याउ मानव स्वास्थ्यका लागि निकै लाभदायक गुण भएको च्याउ हो । कार्कीले विक्रम संवत् २०५९ सालमा १ लाख लगानी गरी च्याउ खेती शुरू गरेका थिए । अहिले उनको लगानी ५ करोडभन्दा बढी पुगेको छ ।
राज्यले सहयोग गरे आफूले १० हजार जनालाई रोजगारी दिनसक्ने योजना केशवसँग छ । उनले अहिले फर्ममा १०० जनालाई रोजगार दिएका छन् भने दैनिक ५ लाख रूपैयाँको कारोबार गर्ने लक्ष्य लिएको बताउँछन् । १०० रोपनी जग्गामा उनको फर्म रहेको छ । उनी सहितको परिवार पनि अहिले पूर्ण रूपमा च्याउ उत्पादनमा केन्द्रित छ ।
‘मसरूम’ धेरैले मन पराउँछन्, अझ शाकाहारीहरूले च्याउलाई विशेष मान्छन् । अचेल नेपालको तराई, पहाड जतासुकै च्याउ सर्वसुलभ छ । अहिले पाते, डल्ले, सिताकी राम्रो उत्पादन हुन थालेको केशवको भनाइ छ ।
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...