×

NMB BANK
Dabur

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

पार्किन्सनजस्तो देखिने प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट लामो समयदेखि पीडित दाहालको उपचारका क्रममा बुधवार नर्भिक अस्पतालमा निधन भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

माओवादी केन्द्रका अनुसार वि.सं. २०११ असार २१ गते कास्की जिल्लाको हेम्जामा आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको कोखबाट जन्मिएकी सीताको २०२६ सालमा प्रचण्डसँग विवाह भएको थियो ।


Advertisment
SBL

वि.सं. २०२८ सालदेखि नै कम्युनिस्ट आन्दोलनमा आबद्ध उनी जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सल्लाहकार थिइन् ।

Vianet communication
Laxmi Bank

पार्टी कामका लागि पञ्चायतकालमा लामो समय भूमिगत जीवन बिताएकी दाहाल देशमा जनयुद्ध शुरूआत भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रिय भइन् । 

जनयुद्धमा उनले सिंगो पार्टीको अभिभावकका रूपमा पार्टीभित्रका चुनौती, संकट र विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गरेको माओवादीले जनाएको छ । 

दाहालका चार सन्तानमध्ये जेठी छोरी ज्ञानु दाहालको क्यान्सर र छोरा प्रकाश दाहालको हृदयाघातका कारण निधन भइसकेको छ ।

छोरीहरू रेनु दाहाल र गंगा दाहाल राजनीतिमै सक्रिय छन् । 

सीता दाहाल र प्रचण्डका सन्दर्भमा दिलनिशानी मगरले मंसिर २, २०७५मा एउटा सामग्री लेखेका थिए ।

प्रस्तुत छ, उक्त सामग्री अर्काइभबाट :

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दोहोरी गीत गाउनका लागि म्याग्दीको बेनी गएका थिएनन् । गायक खड्ग गर्बुजाको एउटा गीत छ : ‘जाउँला पाखापानी मामाको छोरी लिनलाई ।’ पाखापानी पनि म्याग्दी जिल्लामै पर्दछ । र पक्कै पनि श्रीमती नैनकला थापासँगै गएका गृहमन्त्री रामबहादुर थापाले समेत मामाको छोरी लिनलाई म्याग्दी बेनी गएका हैनन् होला ।

तातोपानी कुण्डमा डुबुल्की मार्दा मानव स्वास्थ्यलाई कति फाइदा छ भन्ने विषय थाहा पाउन नेपालीहरूलाई अझै सय वर्ष लाग्छ । तर कूकको काम गर्न जापान पुगेकाहरूले जापानीहरू किन सजिलै सय वर्षसम्म बाँच्दछन् भन्ने कुराको चाल पाएका छन् । कुखुराको मासु र बोका काट्दा भुत्ल्याउने तातोपानी र प्रचण्ड तथा बादल परिवारको छाला भुत्ल्याउने तातोपानीमा आकाश–जमीनको फरक छ ।

भुँडी त गणेश भगवानको पनि छ । अलिकति मेरो पनि छ । भुँडी नभएको नेपाली को छ ? पेट नभएको नेपाली कोही छ ? तर यहाँ प्रचण्ड र बादलको भुँडी देखेर जगतै हाँसेको छ, मानौं कि भुँडी संवेदनशील अङ्ग हो । अरे बाबा ठाकुरे नि, कोट र पाइन्ट लगाएर पौडी खेलिन्न क्या । प्रचण्ड र बादल ‘सिक्स प्याक बडी’ देखाउन, आफ्नो सेक्सी फिगर देखाउन माथिल्लो हरको लुगा सर्लक्कै फुकालेका हैनन् नि । त्यो तातोपानी कुण्डको व्यवस्थापन समितिको नियम नै कडा । 

एउटा ट्यापे टाइपको गीत छ, ‘मायालु, म तिमीलाई आची गर्दा, ग्यास छाड्दा, उठ्दा, बस्दा, रातमा पनि, बिहान पनि सम्झिन्छु’ भन्ने । तातोपानी कुण्डको स्नान प्रकरणले सारा लोकवासी प्रचण्ड र बादल परिवारउपर खनिएका छन्, रातमा पनि, दिनमा पनि । सामान्य नागरिकहरू त खनिने नै भए किनभने गणेशमानले हामीलाई भेडा भनेकै थिए । तर पढेलेखेका, बुझेका, कमनसेन्स भएकाहरूले पनि तातोपानी कुण्डको स्नानलाई महाभारतको लडाइँजस्तो बनाएकोमा दुःख लाग्छ ।

हेर्नुहोस्, मान्छे आफू बाँच्नको लागि अनेक कर्म गर्छन् । धर्म नमान्नेहरू धर्म मान्छन्, मेडिटेसन नगर्नेहरू मेडिटेसन गर्छन्, बिहान अल्छी गरेर सुत्नेहरू दौडिन थाल्छन्, मदिरा पिउनेहरू मदिरा पिउन छाड्छन् । मलाई एकजनाले घाँसको झोल (जमराको जुस) खा भन्यो, खान थालेको छु । सबैलाई थाहा छ, प्रचण्डपत्नी सीता दाहालका अनेक दुःख छन् । सीता दाहाल हाँसेको अहिलेसम्म देखेको छैन भन्नेहरू पनि धेरै छन् । नसामा समस्या छ बाराको । प्रचण्डले पत्नीलाई निको हुन्छ कि भनेर तातोपानी लगे त के बिराए ?

बरू म्याग्दी जिल्लाको हकमा पर्यटनको प्रचार भएको छ । हुन त म्याग्दी आफैंमा सुन्दर जिल्ला हो । तातोपानी कुण्डको पनि प्रचार भएको छ । लाजिम्पाटको मसाज सेन्टर र स्टीमबाथहरूमा लाखौं खर्चने पेट्टी बुर्जुवाहरूले सीता दाहाल तातोपानी कुण्डमा डुब्दा धेरै खिसीटिउरी नगरे नि हुन्छ । पत्नी सीतालाई हौसला दिन प्रचण्ड र परिवारका अन्य सदस्यहरू चोपलिएका हुन् । एकबारको जुनीमा म पनि एकपटक त्यहाँ पुगेर नडुबी भएको छैन । साला, नसामा करेन्ट हान्छ बारबार ।

मन उकास्न मुश्किल

कुनै समयमा प्रचण्डले भनेका थिए, ‘हामीलाई हाँस्न पनि छुट छैन, रुन पनि छुट छैन ।’ त्यो कुरा उनले अभाव र निकै अप्ठ्यारा परिस्थितिहरूमा पनि संसार जित्ने आँट गरेका आफ्ना कार्यकर्ताहरूको मन माथि उकास्नका लागि भनेका थिए । तर आजभोलि प्रचण्डलाई आफ्नी पत्नी सीता दाहालको मन उकास्न मुश्किल परेको छ । सीता दाहालको मन सेती नदीको गल्छीभन्दा पनि धेरै भासिएको छ ।

धन्न प्रचण्डको मन छो–रोल्पा तालभन्दा स्वच्छ रहेछ । हरेक चीजहरूमा क्रमभङ्ग गर्ने प्रचण्ड आफ्नी पत्नी सीता दाहालको मायामा चुर्लुम्म डुबेका छन् । र क्रमभङ्ग गरेर ‘जेसुकै होस्, तँ दबाइ खा, अनि सुत्, साइको कुरा नगर, के भएको छ र तँलाई’ भनेर गैरजिम्मेवार बनेका छैनन् । स्वरसम्राट नारायणगोपालले गाएको एउटा गीत छ, ‘एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा’ । हो, सीता दाहालको मायाले प्रचण्डको जिन्दगीमा धेरै फरक पारेको छ ।

यो स्तम्भ प्रचण्ड र सीता दाहालको युगल जोडीको चर्चा गर्न पनि लेखेको हैन । जोडी ढुकुर सुहायो, जोडी मुजुर सुहायो भनेको पनि हैन । हिजो युद्धदेखि आजको शान्तिकालसम्म र यस प्रकारको युगान्तकारी राजनीतिक परिवर्तनमा उनीहरूको जीवनका किस्साहरू लेखेर एकलट चाकडी बजाउन खोजेको पनि हैन । तर गर्न पाए भनेर अति गर्नुहुँदैन ।  यसो सम्झाएको मात्र । हुन त न म रामदेव हुँ, न स्वामी शंकराचार्य हुँ, न मोहनविक्रम सिंह जस्तो मुख देखाएर हिँड्ने भूमिगत नेता हुँ । यो जगतमा मेरो कुरा कसले मान्छ र ?

प्रचण्डको परिवारलाई बिरामी हुने छुट पनि छैन । औषधि खाने छुट पनि छैन । यसो घुमफिर गर्ने छुट पनि छैन । मानौं कि, प्रचण्डको परिवारका सदस्यहरूको दिमागमा गिदी छैन, बिल गेट्सको सफ्टवयेर छ । यसो बटन क्लिक गर्‍यो, दबायो, घरमा बस्यो जस्तो । यो लोकवासी यस्तो पनि सोच्दछ कि उनीहरू बिरामी पर्दैनन्, उनीहरूको परिवारमा तनाव हुँदैन । रातभरि बिस्तारामा सुतेर हाई काढ्दै फेसबूक चलाउने ठगहरूले सीता दाहाल बिरामी परेकोमा अचम्म मानेका छन् ।

बुख्याँचाहरूले जेजस्ता झूटा प्रचार गरेपनि प्रचण्ड परिवर्तनको सिङ्गो तस्वीर हो । हो, त्यो बुख्याँचा म पनि हुन सक्छु । चोखो चोर बन्न हुँदैन । तर प्रचण्डको मनोबल गिराएर यो देशको मनोबल माथि उठ्छ भन्ने कुरा दिवास्वप्न मात्र हो । सीता दाहालको मनोबल गिराएर प्रचण्ड असल श्रीमान् कसरी बन्न सक्लान् र ! म त भन्छु, महिलाहरूको श्रीमान होस् त प्रचण्ड जस्तो । हालसाल सीता दाहालको मनोबल के कति कारणले गुमेको छ, त्यो जगजाहेर छ ।

सीता दाहाल बिरामी छिन् । प्रचण्डले एक सेकेण्ड उनलाई छाडेका छैनन् । एकमात्र छोरा प्रकाश दाहालको निधनपश्चात् सीता दाहाल झन् विक्षिप्त र गम्भीर बन्दै गइरहेकी छन् । प्रचण्डले निकै रेखदेख गर्दै आएका छन् पत्नी सीताको । यस्तो लाग्छ कि महिला दिदीबहिनीको श्रीमान् होस् त प्रचण्ड जस्तो । उसले सारा राजनीतिक काम थन्क्याएर आफ्नी पत्नीका लागि सम्भव भएसम्मका उपचार पद्धति खोजेको छ । चाँडै निको हुने कुरामा कन्भिन्स गराएको छ । 

बलियो भरोसा जो थिए, अलबिदा भए

‘मलाई बाबाको माया धेरै लाग्छ, बाबाको चिन्ता लाग्छ । यसपालि चितवनमा बाबा चुनाव हार्नुभयो भने त बर्बाद हुनेवाला छ । बाबालाई चुनाव हराउनका लागि देशका सम्पूर्ण शक्तिहरू लागेका छन् । त्यसैले बरू म मर्न तयार छु तर बाबालाई जसरी पनि चुनाव जिताएरै छाड्ने मेरो इच्छा छ । यसैकारणले पनि बडो तनावमा छु । दौडधुपको त कुरै नगरम्, खाना खाने फुर्सद पनि छैन ।’

माथिको भनाइ पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका दिवंगत छोरा प्रकाश दाहालको हो । शायद उनीसँगको अन्तिम राजनीतिक संवाद पनि यही थियो । हुन त हामी को हौं र राजनीतिक संवादको अर्थ, तर सामान्य नागरिकको हैसियतले प्रचण्डको सचिवालयका एक जिम्मेवार सदस्यसँग दोहोरो संवाद गर्न पाउनु मेरा लागि पनि अर्थपूर्ण विषय थियो । कहिलेकाहीँ सँगै मदिरापान र मासु खाने सन्दर्भहरू नि हुन्थे । धेरैलाई यो विषयसँग जलन थियो ।

सिंगापुरमा पानीमा थेरापी लिँदा स्विमिङ पुलमा मस्ती गरेकोसम्मका आरोपहरू देखिए । म्याग्दी जिल्लाको तातोपानी थेरापी लिँदा पनि झन् व्यापक आलोचना देखियो ।

अर्को कुरा प्रकाश दाहाललाई आमाको चिन्ता धेरै थियो किनभने आमाको रोगसँग सबैभन्दा परिचित कोही थिए भने प्रकाश दाहाल थिए । आमा सीता दाहालको संस्मरण क्षमतामा कमी आउँदैथियो, उनी मानसिक रूपमा पनि क्षतविक्षत भएकी थिइन् । तर आमा सीता दाहाललाई यस्तो जटिल रोग कसरी उत्पन्न भयो ? त्यो सांसारिक दुनियाँको प्रकृतिको सृष्टिकर्तालाई मात्र थाहा हुने विषय भयो । मेडिसिनले हुने केही हैन जब मनहरू नियन्त्रणभन्दा बाहिर जान्छन् भने ।

तर यो स्टोरी दिवंगत प्रकाश दाहालको बारेमा हैन । उनीसँगका किस्साहरू फेरि कुनै अर्को स्तम्भमा फेहरिस्त गराैँला । तर प्रचण्ड परिवारका बारेमा लेख्दै गर्दा प्रकाश दाहाल छुटाउनै नहुने एक पात्र हुन् । परिवारका अरू सदस्यहरू त सहायक मात्र हुन् । प्रकाशको मृत्यु भएपछि आमा सीता दाहाल झन् भावनात्मक रूपमा पनि र मानसिक रूपमा पनि थिलोथिलो भइन् । तर प्रचण्डले भने दुःखको सामना गरे । सबै परिवारको मनोबल मात्र उठाएनन्, देशवासीकै पनि उठाए ।

प्रकाश दाहालको शव आर्यघाटमा जल्दै गर्दा म पनि आर्यघाटमै थिएँ । त्यहाँ हजारौं शुभेच्छुकहरूको उपस्थिति थियो । तर बाहिर भने प्रकाश दाहालको छवि नराम्रो छ भन्नेहरू धेरै थिए, एक जमानामा म पनि थिएँ । तर नजिकबाट बुझ्दै गएपछि प्रकाश त भगवानको रूप जस्तो पाएँ । जल्दै गरेको प्रकाशको शव र जल्दै गरेको शुभेच्छुकहरूको मनलाई प्रचण्डले कसरी हात हल्लाएर अभिवादन गरे, त्यो कल्पना गर्दा पनि बेहोश हुन मन लाग्छ । हुन त भौतिकवादीहरूको व्याख्या यति कोमल हुँदैन ।

एउटा किस्सा जोडौं, त्यतिखेर दोस्रोपटक प्रधानमन्त्री भएका थिए प्रचण्ड । जसरी पनि सरकारलाई सफल बनाउनका लागि गृहकार्य भइरहेको थियो । यो बबुरो पनि बालुवाटारमा जाने आउने गरिनैरहन्थ्यो । प्रधानमन्त्रीलाई कोकोसँग भेट गराउने दैनिक कार्यक्रम के गर्ने, कसो गर्ने सबै सबै जिम्मेवारी प्रकाशले वहन गर्दै आएका थिए किनभने उनी बाबालाई भविष्यमा राजनीतिक रूपमा नराम्रो नहोस् भन्नेमा सचेत थिए । त्यसैले बालुवाटारमा पनि धेरैले प्रकाश दाहालको रिस गरेका थिए । 

अमेरिकी एजेन्सीहरू तिब्बती सिमानामा क्यामरा जडान गर्न चाहन्थे, कथित जलवायु परिवर्तनको नाममा । तर चीनसँगको हाम्रो एक चीन नीति अनि सुरक्षाको हिसाबले त्यो गलत ठहरिन्थ्यो । र यसको मोहोडा बनेका थिए कालो चामलका नेता लोकेन्द्रबहादुर विष्ट । कालो धन लुकाउन कालो चामलको नाटक गरेको हो विष्टले भन्नेहरू धेरै छन् । त्यो सत्य हो कि हैन, पशुपतिनाथ नै जानून् । तर विष्टले प्रधानमन्त्रीको सहीछापवाला कागज तयार गरेर क्यामरा जडान गराउन दिने आश्वासन दिएर ती गोराहरू बोकेर बालुवाटार छिर्न खोज्दा दाहालले गेटमै रोकेका थिए । 

यो कुरा बाहिर मिडियामा अर्कै रूपमा आयो । प्रकाशलाई नेगेटिभ मान्छेकै रूपमा चर्चा गरियो । तर प्रकाश आलोचना पचाइसकेर मच्योर भइसकेका थिए । मलाई के लाग्छ भने मच्योर मान्छे हुनका निम्ति आम मानिसका आलोचनालाई दालभातसरह पचाइदिनुपर्दछ । त्यसैले यस्ता संवेदनशील विषयहरूमा पनि प्रचण्डलाई आफ्ना छोरा प्रकाशको बलियो साथ थियो । मिडिया पनि प्रकाशको हातमा थियो  किनभने उनी मिडियाफ्रेन्ड्ली थिए ।

प्रकाशलाई पनि प्रचण्डले बहुत माया गर्थे । हुन त आफ्नो छोरालाई कसले पो माया गर्दैन र ? विना मगरसँग बिहे गरेर विवादित हुँदा प्रचण्डले भनेका थिए, ‘मेरो छोरो सारै नै सोझो हो, खै कसरी त्यस्तो हुन गयो ।’ प्रकाशलाई त्यतिबेला सगरमाथा चढ्ने रहर थियो । प्रकाश एक खेप सगरमाथा चढेका के थिए, संसार नै गजबले हल्लियो । उनी निर्वासनमा दिल्ली पुगे । बहुविवाहबारे बीबीसी नेपाली सेवामा आफ्नो धारणा सुनाए ।

प्रचण्डपुत्र प्रकाश दाहालको निधन हुनुभन्दा करीब १५ दिन अगाडि हाम्रो भेट भएको थियो । त्यो भेट नै अन्तिम हुन पुग्यो । त्यसपछि हामी दाजुभाइबीच भेट भएन, कहिलेकाहीँ सपनामा बाहेक । विपनामा चाहिँ नयाँपुराना संस्मरणहरू गिदीमा सल्बलाउँछन् । तर हामी दाजुभाइ परेवाको जोडीजस्तो पनि थिएनौं, कुकुर बिरालो जस्तो पनि थिएनौं । एकअर्काको आलोचना, सबल र दुर्बल पक्षका विषयमा हामी आमनेसामने नै बाझाबाझ गर्थ्यौं । तर मनमा इख लिने काम हुँदैनथ्यो ।

बिरामीसँग किन रुखो व्यवहार ?

लामो समयदेखि सुगर, प्रेसर र थाइराइडको उपचार गराउँदै रहेकी सीता दाहालको समस्या जटिल बन्दै गएपछि सिंगापुरमा उपचार भइरहेको थियो । विभिन्न थेरापीहरूको प्रयोग हुँदै आइरहेको थियो । थेरापीकै सन्दर्भमा सिंगापुरमा पानीमा थेरापी लिँदा स्विमिङ् पुलमा मस्ती गरेकोसम्मका आरोपहरू देखिए । म्याग्दी जिल्लाको तातोपानी थेरापी लिँदा पनि झन् व्यापक आलोचना देखियो । 

तपाईं संसारभरि हेर्नुहोस्, राष्ट्रिय व्यक्तित्वहरूको पनि निजी जीवन हुन्छ । र निजी जीवन भनेको पारिवारिक वा अनौपचारिक जे पनि हुन सक्छन् । पुटिन घोडा चढ्न रुचाउँछन् । बाराक ओबामा समुद्रमा आफ्नै लुगामा कैयौंपटक मस्ती गर्न पुगेका थिए, त्यतिखेर उनी राष्ट्रपति थिए । मोदीको धार्मिक सिलसिलाहरू हेर्नुहोस् । त्यसैले यस्ता झिनामसिना कुरामा ब्याट्री खर्च गर्ने कुरा नै अनसिभिलाइज्ड हो ।

प्राकृतिक चिकित्सालयको रूपमा ख्याति कमाएको तातोपानी कुण्डमा नियमित स्नान गरे ग्यास्ट्रिक, बाथरोग, युरिक एसिड, ढाड दुख्ने, छालासम्बन्धी रोग, सुन्निएको, बज्रिएर चोट लागेको, मर्किएको, पेट सुन्निने, गलगाँड र एसाइटिस लगायत रोग निको भएको अनुभव सुनाउनेहरू पनि प्रशस्त पाइन्छन् । प्रचण्डपत्नीले यो सेवासुविधा लिन मिल्दैन र ?

प्रचण्डको परिवारलाई बिरामी हुने छुट पनि छैन । औषधी खाने छुट पनि छैन । यसो घुमफिर गर्ने छुट पनि छैन । मानौं, प्रचण्डको परिवारका सदस्यहरूको दिमागमा गिदी छैन, बिल गेट्सको सफ्टवेयर छ ।

तातोपानी कुण्डमा डुबुल्की मार्नु नेताहरूको निजी मामला हो । यहाँनेर महत्त्वपूर्ण कुरा त के छ भने उनीहरू हाँसोमजाकका लागी तातोपानीमा डुबेका हैनन्, सीता दाहालको स्वास्थ्यमा सुधार हुन्छ कि भन्ने अपेक्षाले तातोपानीमा डुबेका हुन् । सिंगापुरको पानीमा डुब्दा पनि गालीको वर्षा, म्याग्दी बेनीको तातोपानीमा डुब्दा पनि गालीको वर्षा । यो त रुखो व्यवहार भयो । बिरामीलाई मरोस् भन्ने संस्कार त पागलपनको पराकाष्ठा हो । 

सेनाको हेलिकप्टर चढेर किन गए भन्ने कुरा छ । नेपाली सेनाको हेलिकप्टरमा गएको होला । भारतको, चीनको हेलिकप्टरमा गएको त हैन होला । फेरि हेलिकप्टर गोरु हैन, खेत जोतेर बस्ने, आकाशमै उड्ने हो । बिरामी लिएर गएको हो । त्यहाँ साथमा गृहमन्त्री रामबहादुर थापा बादल पनि सँगै गएका छन् । पूर्वप्रधानमन्त्री प्रचण्ड स्वयं छन् । अनि के सेनाको हेलिकप्टरमा नगए बयलगाडामा चढेर जानु त ? साइकलमा जान सम्भव नै छैन । अनि के सेनाको हेलिकप्टर रामदेवले योगा सिकाउन आउँदा मात्र प्रयोग गर्ने हो र ? या भारतीय प्रधानमन्त्री मोदीको एस्कर्टिङमा मात्र प्रयोग गर्ने हो ? हेलिकप्टरले बिरामी सीता दाहाल र परिवारजनलाई लग्यो, ल्यायो । सुनको अण्डा कोरलेर त बसेन होला । 

चिकित्सकको सल्लाहअनुसार नै गत सोमवार पत्नी सीताको उपचारका लागि गएका प्रचण्डको गृहमन्त्री रामबहादुर थापा बादलले पनि पत्नी नैनकला थापासहित तातोपानी कुण्डमा नुहाएका थिए । औषधोपचारको यात्रामा सपरिवार जानु असान्दर्भिक होइन । पूर्वप्रधानमन्त्री, उनकी पत्नी, छोरी, सहयोगी, निजी चिकित्सक सबै परिवारका सदस्य थिए । गृहमन्त्री बादल पनि उनकी श्रीमती, उनकी बैनी, बैनीका श्रीमान् मिलेर गएका थिए । त्यसैले त्यो पारिवारिक विषय थियो ।

प्रचण्डको भुँडीले किन देश हल्लायो ? 

भुँडीवाला फोटोको पनि ठूलै चर्चा देखियो । त्यो भुँडीवाला फोटो के ठूलो कुरा भयो त । भुँडी नै त्यत्रो छ त के गर्ने । काटेर फाल्न मिलेन । लुगासँगै पौडिन पनि मिलेन । भुँडी भनेको बेलुन जस्तो खुम्च्याउने र फुलाउने जिनिस पनि हैन ।  बरू बादलले कालो टोपी नलगाएको भए हुने, बरू क्याप लगाएको भए हुने । तर सवाल यो हो कि प्रचण्डको भुँडीले किन देश हल्लायो ? 

प्रचण्ड लगायतले गलेश्वरमा आरती गरेको विषयलाई लिएर एकजना पत्रकार मित्रले सामाजिक सञ्जाल फेसबूकमा यस्तो लेखेका थिए, ‘पश्चिमतिर त गीत नै छ : आउँदा जाँदा पसे है, गुन्द्री तानी बसे है’, भएको यही होला । उनी त्यत्रो धार्मिक भएको भए छोरा प्रकाश दाहालको निधनमा १८ पण्डित राखेर गौरीपुराण लगाउँथे होला नि ? त्यो त गरेनन् । हाम्रो समस्या नै यही भइदियो, पोलिसीगत कुरामा बहस नगर्ने, कहीँ नपुगिने विषयलाई भीमकाय पार्ने ।’ वास्तवमा ती पत्रकार मित्रको विचार गजब छ ।

सचिवालयलाई सुझाव

अहिले प्रचण्ड प्रधानमन्त्री त छैनन् तर राजनीतिको केन्द्रविन्दुमा भने अवश्य छन् । तर प्रकाशको अभावमा उनको दैनिकी प्रभावित भएको अनुमान लगाउन सकिन्छ । जस्तो कि, सामाजिक सञ्जालमा नराख्दा पनि हुने तस्विरहरू आइरहेका हुन्छन् । 

प्रचण्ड हुन् वा जोसुकै हाई प्रोफाइलका परिवारजनले आफ्नो सामाजिक सञ्जालमा फोटो अपलोड गर्दा जनताको सेन्टिमेन्ट पनि बुझ्दा राम्रो हुन्छ । जनताहरूले सबै बेलामा नेताहरूलाई याद गरेका हुँदैनन् । नेताहरूको हरेक दिनचर्या सार्वजनिक गरिनु राम्रो हैन । 

प्रचण्डको सचिवालयले केही सुधार गर्नुपर्ने देखिन्छ, संवेदनशीलता र जनताको सेन्टिमेन्ट अनुसार काम गर्नुपर्दछ । खाली फोन उठाउने र प्रचण्डको समय मिलाइदिन बिन्ती बिसाउने काम मात्र हैन सचिवालयको । बरू इमान्दार पार्टीका नेताहरू जसले जनता बुझेका छन्, समाज बुझेका छन्, जसले गम्भीर राजनीति बुझेका छन्, ती हावी हुनुपर्छ सचिवालयमा ।

अहिलेको सचिवालय केवल कामचलाउ सरकार जस्तो हो । काम त चलाएको छ तर सोचेअनुसारको पर्फर्मेन्स दिन सकेको छैन । सीता दाहालको उपचार र हेरचाहसँगै प्रचण्डले सचिवालयलाई पनि गतिशील बनाउनेतर्फ गम्भीरतापूर्वक सोच्नुपर्ने देखिन्छ ।

बट डन्ट वरी !

पहिलोपटक प्रकाशित मिति : मंसिर २, २०७५

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

‘कुशासन’- पवित्रतालाई समेत छायाँमा पारेको एक बदनाम शब्दावली

‘कुशासन’- पवित्रतालाई समेत छायाँमा पारेको एक बदनाम शब्दावली

फागुन १७, २०८०

हामीले सुन्दै आएको शब्द ‘कुशासन’को दुई फरक अर्थ हुन्छ । धेरैले राज्य शासनसँग जोडिएको घिनलाग्दो शब्द 'कुशासन' सुन्नुभएकै छ। पूजापाठ वा पवित्र कार्यमा बिछ्याइने कुशबाट बनेको चकटी वा आसनलाई प...

गल्ती दर्शनको सन्देश

गल्ती दर्शनको सन्देश

फागुन १२, २०८०

हामी प्रायः गल्ती गर्नु हुँदैन भन्छौँ, गल्ती हुन्छ कि भनेर डराउँछौँ । आफ्ना नानीहरूलाई पनि यस्तै शिक्षा दिन्छौँ । गल्ती गर्नु राम्रो होइन भन्छौँ, गल्ती गरे दण्ड पाइन्छ भन्ने गर्छौँ, तर गल्ती भन्ने कुरा नै त्यस्तै । नगरौँ...

प्रशासनिक सुधारको पाटो– ४ : नैतिकता, सदाचार र अनुशासन

प्रशासनिक सुधारको पाटो– ४ : नैतिकता, सदाचार र अनुशासन

फागुन ८, २०८०

भनिन्छ, राज्यलाई सधैँ इमान्दार मानिसहरूको खाँचो हुन्छ । सबैभन्दा इमान्दार मानिस राज्यलाई नै खाँचो हुन्छ, किनकि नागरिक हकहितका लागि गरिने काम, प्रयोग गरिने साधन र अभ्यास गरिने अधिकारमा इमान्दारिता देखिनुपर्दछ, ...

x