चैत १५, २०८०
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
डडेल्धुरामा रोजगारीका लागि बीचमै पढाइ छोड्ने बालबालिकाको संख्या धेरै रहेको छ ।
आर्थिक अवस्था कमजोर हुँदा उनीहरू पढाइ छाडेर रोजगारको खोजी गर्न बाध्य छन् । कतिपय बालबालिका सानै उमेरमा विवाह गरिदिँदा पनि पढाइ छोड्न बाध्य छन् ।
भागेश्वर गाउँपालिकामा बीचमै पढाइ छाड्नेको संख्या अत्यधिक रहेको पाइएको छ । गुणस्तरीय शिक्षाको अभाव, प्राविधिक शिक्षाको कमी, आर्थिक अवस्थाका कारण रोजगारका लागि जानुपर्ने बाध्यता र बालविवाहले गर्दा शैक्षिक सत्रको बीचमा नै कक्षा छोड्ने छात्रछात्राको संख्या बढी रहेको भागेश्वर गाउँपालिकाले जनाएको छ ।
पढाइको बीचमा विद्यालय छोड्नेमा छात्रको संख्याभन्दा छात्रा बढी छन् । छात्र रोजगारका लागि जान्छन् भने छात्राको घरपरिवारले गरीबीका कारण चाँडै विवाह गरिदिन्छन् ।
यो समस्या भागेश्वरको मात्रै होइन, जिल्लाका अन्य पालिकामा पनि विद्यालय छोड्नेको अनुपात धेरै रहेको हुनसक्ने शिक्षा विकास तथा समन्वय इकाई डडेल्धुराले जनाएको छ । पछिल्लो डाटा भने कार्यालयमा आउन समय लाग्ने भए पनि १–१० सम्म विद्यालय छाड्ने बालबालिका बढी रहेको हुनसक्ने कार्यालयले जनाएको छ ।
स्थानीय तहले शिक्षाको गुणस्तर सुधारका लागि केही प्रयास गरिरहेका भए पनि स्वरोजगार हुने प्राविधिक शिक्षा भने लागू गर्न सकिरहेका छैनन् । परम्परागत शिक्षाका कारण अभिभावक तथा विद्यार्थीमा शिक्षा प्रणलीप्रति वितृष्णा जागिरहेको । गरीबीका कारण यस क्षेत्रका अभिभावकले छोराछोेरीलाई उच्च शिक्षामा लगानी गर्न सकिरहेका छैनन् ।
कतिपय स्थानीय तहका माध्यमिक विद्यालयमा कृषि, वन विज्ञान र ओभरसियरको पढाइ शुरू गरिएको भए पनि उच्च शिक्षाका लागि बाहिर जानुुपर्ने बाध्यता छ । अजयमेरु गाउँपालिका–१ का वडाध्यक्ष दत्तिसिंह भण्डारीले स्थानीयस्तरमै बालिबालिकाले उच्च शिक्षा हासिल गर्ने अवसर पाउनुपर्ने बताए ।
भागेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारतीका अनुसार भागेश्वरमा अहिलेसम्म करीब ५.५ प्रतिशत बालबालिकाले बीचमा नै पढाइ छाड्ने गरेका छन् । ३२ विद्यालय रहेको गाउँपालिकामा ८ वटा माध्यमिक विद्यालय छन् भने २४ वटा आधारभूत विद्यालय छन् । जसमा १ देखि १० कक्षासम्म अध्ययन गर्ने बालबालिकामध्ये ५.५ प्रतिशतले बीचमा नै पढाइ छोड्ने गरेका जनाइएको छ ।
चालू शैक्षिक सत्रमा ३ हजार ५५१ बालबालिका विद्यालयमा भर्ना भएका छन् । १ देखि १० कक्षासम्म अध्ययनरत रहनुपर्ने करीब ५.५ प्रतिशत बालबालिका विद्यालयको पहँुचभन्दा बाहिर छन् । उनीहरूमध्ये छात्राको संख्या अझ धेरै रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भारतीले बताए ।
बालविवाह र आर्थिक अवस्था कमजोरी नै मुख्य कारण रहेको उनको भनाइ छ ।
गाउँपालिकामा बर्सेनि करीब साढे ५ प्रतिशत छात्रछात्रा विद्यालय छोड्ने गरेको शिक्षा शाखाले जनाएको छ । ११ र १२ मा अध्ययन गर्नेमध्ये कति बालबालिका विद्यालय छाड्छन् भन्ने संख्या यकिन नभएको भागेश्वर गाउँपालिका शिक्षा अधिकृत गणेशबहादुर पौडेलले बताए । १ देखि १० कक्षासम्मका जम्मा भर्ना संख्यामध्ये करीब २०० जनाले हरेक वर्ष विद्यालय छोड्ने गरेका जनाइएको छ ।
आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकाले विद्यालयबीचमा नै छोड्ने गर्दछन् । उनीहरू सानैमा रोजगारका लागि जाने र पढाइभन्दा ज्याला मजदुरी अर्थाेपार्जनमा बढी केन्द्रित हुने भएकाले बीचमा नै पढाइ छाड्नुपर्ने बाध्यता रहन्छ । त्यसमा पनि छात्राको संख्या धेरै रहेको प्रमुख प्रशासकीय अधिकृत भारतीले बताए । दूरदराजका दुर्गमगाउँ, लक्षित समुदाय तथा परिवारका छोराछोरीको सानै उमेरमा हुने विवाह विद्यालय छोड्नुपर्ने मुख्य कारण हो ।
सामाजिक सञ्जालको दुरुपयोग, भारतसँग सीमा जोडिएको क्षेत्र भएकाले बीचमै पढाइ छोडी रोजगारका लागि भागेर पनि गइदिने हुँदा बीचमा नै पढाइ छोड्नेको संख्या धेरै भएको सरोकारवाला बताउँछन् । प्राथमिक तहमा बसाइँसराइँ र माध्यमिकमा रोजगारी र बालविवाह नै विद्यालय छोड्ने कारण रहेकोे सरोकारवालाको दाबी छ ।
गरीबीका कारण उच्च शिक्षा पढाउन नसक्ने मनोभावनाका कारण पनि सानै उमेरमा रोजगारका लागि बालबालिकालाई अन्यन्त्र पठाउने गरेको र घरपरिवारका अविभावक पनि रोजगारकै सिलसिलामा भारतमा हुनुले पनि बच्चा पढाइ छोडेर आमाबुबासँगै जाने गरेको स्थानीय अभिभावक रमेश लुुहारले बताए । विद्यालयमा पनि गुणस्तरीय पढाइ हुुँदैन, ठूलो भएर पनि रोजगारका लागि विदेशिनुपर्ने बाध्यता छ, त्योभन्दा सानैदेखि काममा पठाए सीप पनि सिक्ने र तलब पनि राम्रो पाउने भएकाले बच्चालाई आफन्तसँग बाहिर पठाउने गरेको अभिभावक स्वीकार्छन् ।
छोरालाई रोजगारका लागि बाहिर पठाउने र छोरीलाई सानैमा विवाह गरिदिने प्रचलन अहिले पनि छ । छोरीहरु विवाह भइसकेपछि विद्यालय आउन लजाउने, पढाइमा ध्यान नदिने र घरपरिवारको जिम्मेवारी समाल्नुपर्ने कारणले बीचमा नै पढाइ छोडेर जाने शिक्षक बताउँछन् भने अन्य विद्यार्थीको पनि पढाइप्रतिको मनोबल घट्दै जाने र मनोसामाजिक बिचलनले गर्दा कक्षा छोड्नेको संख्या बढ्दै जाने गरेका शिक्षकको दाबी छ । कति विद्यार्थी परिवारिक समस्याका कारण विद्यालय छोड्छन् यकिन डाटा छैन तर धेरैजसो पढाइ छाडेर जाने बच्चा रोजगारीकै लागि विद्यालय छोड्ने गरेको स्थानीय शिक्षक चक्र महरले बताए ।
कानूनबमोजिम २० वर्षपछि मात्रै विवाह गर्नुपर्ने र अन्यथा बालविवाह ठहर गरी भएको बिहे पनि बदर हुने प्रावधान भए पनि दुर्गम गाउँमा भने १६ देखि १८ वर्षकै उमेरमा विवाह गर्ने चलन धेरै छ । उनीहरू ढिलो गरी विवाह दर्ता गर्न आउने भएकाले संख्या भने यकिन हुने गरेको छैन ।
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...