×

NMB BANK
NIC ASIA

कांग्रेसमा नेतृत्व परिवर्तनको बहस

देउवा फाल्ने गगन मिसनः पाउँलान् शेखर र विश्वप्रकाशको साथ ?

काठमाडाैं | असार ३१, २०८०

NTC
Premier Steels

‘म त यसअघि नै दलको नेतामा लडेको मान्छे हुँ । दलको नेता हुनुपर्छ भनेरै प्रयास गरेको हो । मेरो कोसिस निरन्तर हुनेछ । साथीहरूको संख्याले सार्थकता दिन्छ भन्ने महसुस भएपछि फेरि पनि दलको नेता बन्ने प्रयास गर्नेछु,’ शनिवार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उद्घोष गरे । कांग्रेस संसदीय दलको नेता फेर्ने थापाको उद्घोष नयाँ भने होइन । पछिल्ला केही दिनदेखि उनले बोली नफेरी दलको नेता फेर्ने घोषणा गरिरहेका छन् । एकसाता अघिको शनिवार (असार २३ गते) पनि उनले दलको नेता फेरेर आफू वा आफ्नो पुस्ताको प्रधानमन्त्री बन्नु आजको आवश्यकता भएको बताएका थिए । कांग्रेस संसदीय दलका नेतामा ६ महिनाअघि (६ पुस २०७९) सभापति शेरबहादुर देउवासँग पराजित थापाले फेरि दलको नेता बन्ने उद्घोष गरिरहेका छन् ।

Muktinath Bank

१४औं महाधिवेशनबाट सभापतिमा निर्वाचित देउवालाई पूरा कार्यकाल काम गर्न नदिने थापाले प्रष्टै बताइसकेका छन् । नियमित चार वर्ष र थप गर्न पाउ‍ने डेढ वर्षगरी देउवाको कार्यकाल अझै चार वर्ष बाँकी छ । तर डा. शेखर कोइराला पक्षबाट महामन्त्री जितेका गगनले पटकपटक नेतृत्व परिवर्तनका लागि महाधिवेशन कुर्न नसकिने बताएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्वाचित महामन्त्री  र लोकप्रिय युवा नेता भए पनि सभापतिले पार्टीमा काम गर्ने वातावरण नबनाएको उनले आरोप लगाउँदै आएका छन् । महत्वपूर्ण विषयमा पार्टी बैठक नबोलाउने, पार्टीका संरचनालाई पूर्णता दिएर नेतालाई जिम्मेवारी नदिने, वर्ष दिनसम्म केन्द्रीय समितिको बैठक डाकेर पार्टीका चुनौती, सरकारका सरोकार र आगामी कार्यभारको विषयमा छलफल गर्ने काम नगरेको उनको आरोप छ । थापाले संस्थापन र अझै देउवाविरोधी माहोल तयार गरिरहेका छन् । सभापतिमा देउवा निर्वाचित भएको दुई वर्ष पनि पुगेको छैन । 


Advertisment
Nabil box
Kumari

दलको नेतामा निर्वाचित भएको त ६ महिनामात्रै नाघेको छ । के थापाले भनेजस्तो दलको पार्टी नेतृत्व र संसदीय दलको नेता फेर्न सम्भव छ ? 

Vianet communication

थापाले कांग्रेस संसदीय दलको विधानमा नै नेता परिवर्तन गर्ने ठाउँ रहेको बताएका छन् । विधानले पनि दिएको र यसअघि गिरिजाप्रसाद कोइराला दलको नेता हुँदा देउवाले संख्या पुर्‍याएर परिवर्तन गरेको सन्दर्भ पनि उनले उल्लेख गरेका छन् । विधानले प्रष्टै व्याख्या गरेको भन्दै उनले देउवाविरोधी माहोल बनाउन सांसदसँग सहयोगको अपिलसमेत गरेका हुन् । तर अपिल गरेजस्तो देउवालाई हराउने गणित उनीसँग छैन । यसअघि देउवाले ६४ सांसदको साथ पाउँदा थापालाई २५ सांसदको मात्रै समर्थन मिलेको थियो । संसदीय दलमा डा. शेखर कोइराला पक्षका ३० भन्दा बढी सांसद छन् । देउवासँग भिड्दा आफ्नै पक्षका सबै सांसदको मतसमेत गगनले पाएका थिएनन् । 

आफ्नै पक्षका सबै सांसदको साथसमेत पाउन नसकेका गगनले दलको नेतामा फेरि देउवालाई कसरी चुनौती देलान् ? एकै समूह भए पनि गगनका हरेक कदम, इच्छा र आकांक्षालाई समूहका प्रभावशाली नेता डा. शेखर कोइरालाले पूरा गरिदिने अवस्था छैन । केही समय अगाडिमात्रै देउवाविरोधी भेला रोक्न नहुने गगन पक्षको अडानबीच शेखरले रोकिदिएका थिए ।

null

यतिमात्रै होइन संस्थापन इतरबाट मन्त्री बनाउँदा गगन र विश्वप्रकाश शर्मालाई बेवास्ता गर्दै शेखरले देउवालाई नाम दिएका थिए । यी तमाम घटनाले एकै समूह भएर पनि शेखर र गगनबीच सौहार्दता र आत्मीय सम्बन्ध नभएको बताइन्छ । संसदीय दलको चुनावताका भन्दा अहिले शेखर र गगनको सम्बन्ध थप बिग्रिसकेको इतर समूहकै नेताहरू बताउँछन् । दुवैले सम्बन्ध बिग्रेकोबारे सार्वजनिक टिप्पणी भने गरेका छैनन् । एक कार्यकाल सभापति बन्ने इच्छा पालेका शेखर आफ्नो समूह टिकाउने र संस्थापनलाई नबिझाउने गरी व्यवहार गर्ने नीतिमा अडिग देखिन्छन् । तर आगामी महाधिवेशनबाट सभापतिमा पनि नजर लगाएका थापाको वेग धेरै छ । यसैले शेखरको विश्वासमा मात्रै गगनले यो पक्षको सम्पूर्ण साथ पाउने देखिन्छ । 

देउवाको एकै आग्रहमा आफू निकटको भेला स्थगित गराएका शेखर उनलाई सभापति र संसदीय दलको नेताबाट हटाउने विषयमा प्रवेश नै गरेका छैनन् । किनकी शेखर परिपक्व र धैर्यको राजनीति गर्नुपर्ने सिद्धान्तमा अडिग देखिन्छन् । 
बरु महामन्त्रीमा आफूसँगै गगन पनि निर्वाचित भएदेखि नै विश्वप्रकाश शर्माले पनि उनलाई हरेकजस्तो कदममा साथ दिँदै आएका छन् । निर्वाचित भएलगत्तै ‘गगन र म मिलेर हल बाँधेर काम गर्छौं’ भन्दै शर्माले कांग्रेस पंक्ति, विपक्षी र प्रतिस्पर्धीलाईसमेत एक खालको चुनौती दिएका थिए । कांग्रेस भित्रमात्रै होइन गगन र विश्वप्रकाश देशैभर रुचाइएको दुई चर्चित अनुहार हुन् । परिवर्तन र नागरिक सरोकारका विषयमा एक ठाउँमा उभिन अरु दुई युवा अनुहार गुरु घिमिरे र प्रदीप पौडेल पनि टाढा छैनन् । 

तर पार्टी सुधारको कार्यक्रम बोकेर देशभर डुलिरहेका घिमिरेको समूहलाईसमेत गगनले विश्वासमा लिन सकेका छैनन् । मत र मन मिल्नेसँग कार्यक्रम बनाएर सँगै अघि बढ्नेभन्दा थापा आफैं छुट्टै कार्यक्रम लिएर देश दौडाहामा निस्कने तयारीमा छन् । 

लोकप्रिय युवा नेताद्वय पदाधिकारीमा आएपछि मिलेर अघि बढ्ने र पार्टीलाई रचनात्मक बनाउने धेरैको विश्वास थियो । यी दुईको सहकार्यको प्रभावकारी नतिजाको ब्यग्र प्रतिक्षामा मुख्यगरी कांग्रेसीजन बसेका थिए । तर हरेक सार्वजनिक मञ्च तताउने, नागरिक, देश र पार्टीको पक्षमा मिठा भाषण गर्ने यी नेताद्वयले पनि पार्टीमा दुई वर्ष गुजारिसकेका छन् । हामीले दुई वर्षमा यत्ति काम गर्‍यौं, यत्ति बाँकी छन् भन्नुपर्नेमा अहिले आएर सभापतिले काम गर्न दिएनन् भनेर उल्टै आफूलाई कमजोर देखाइरहेका छन् । 

null

गगनलाई संसदीय दलको नेता मात्रै होइन प्रधानमन्त्री नै बनाउन पनि विश्वप्रकाशले कुनै कसर बाँकी नराख्ने बताउँदै आएका छन् । तर गगनले भनेजस्तै संसदीय दलको नेता पनि बदलिहाल्ने र नेतृत्व परिवर्तनका लागि १५औं महाधिवेशन कुर्न नसकिने गगनको अडानमा शर्माको भूमिका के होला ? १३औं महाधिवेशनदेखि १४औं महाविधेशन नहुँदासम्म देउवाले प्रवक्ता बनाएका शर्मा सभापतिमा चार वर्ष कार्यकाल बाँकी भएका र दलको नेतामा चयन भएको ६ महिना मात्रै भएका देउवालाई हटाउने गरी फेरि दलको चुनाव माग गर्न तयार होलान् ? सभापतिमाथि एकपछि अर्को गर्दै आक्रामक बन्दै आएका गगनका सबै आकांक्षाका निम्ति शर्मा तयार होलान् ? 

गत निर्वाचनमा थापा सांसदमा निर्वाचित हुनेवित्तिकै शर्माले संसदीय दलको नेता हुँदा प्रधानमन्त्रीसमेत प्रस्ताव गर्ने बताएका थिए । शर्मा विधि, विधान र पद्धतिले दिएकै व्यवस्थामा टेकेर पार्टीमा धेरै सुधारका काम गर्न सकिने मान्यता राख्छन् । 

थापाले धेरै सहेँ अब सहन्नँ भनेर विद्रोह गर्ने धम्की दिइरहेका बेला शर्मा भने विधि, विधान र पद्धतिमा सभापतिलाई हिँडाउन दबाब दिनुपर्ने मत राख्दै आएका छन् । शर्मा स्वयंमले सभापतिलाई महामन्त्रीबाट राजीनामा दिने चेतावनी केही समय अघि बाहिरिएको थियो । तर उनी आफैंले यस्तो नभनेको प्रष्ट्याई सकेका छन् । 

आफूहरू जिम्मेवार महामन्त्री भएकोले विधानले दिएका अधिकारलाई प्रयोग गरी सभापतिलाई बाध्य पारेर अगाडि बढाउनुपर्ने मान्यता शर्माले राखेका छन् । शर्माको योजनाअनुसार केही दिन अगाडि महामन्त्रीहरूले जिल्ला सभापतिको भेला केन्द्रीय कार्यालयमा डाकेका थिए । केहीले कार्यालयबाहिर यस्तो भेला राख्न सुझाए पनि शर्माको जोडबलमा केन्द्रीय कार्यालयमा दुई दिने भेलाको आयोजना गरिएको थियो । विधान अनुसारको कार्यक्रम भएकोले सभापति देउवाले समेत यसको आलोचना गर्ने ठाउँ बनेन । देउवा भेलामा सहभागी भएनन् तर उनी पक्षीय केही सभापति र नेताले पनि सहभागिता जनाए । 

शर्मा पनि विशेष महाधिवेशनको राग अलाप्नेभन्दा केन्द्रीय समिति बैठक बसेर नीति महाधिवेशन घोषणा गरेर जाने र पार्टी गतिविधिलाई अगाडि बढाउँदा सबैको हित हुने बताउँछन् । ‘अब छिट्टै केन्द्रीय समिति बैठक बस्छ, नीति महाधिवेशन घोषणा हुन्छ, चाँडै राष्ट्रव्यापी अभियान पनि घोषणा हुन्छ,’ शर्माले केही समयअघि भनेका थिए, ‘त्यसपछि पार्टीका संरचनाले पूर्णता पाउँछन्, पार्टीले गति लिन्छ ।’ शर्माले भनेको केन्द्रीय समितिको बैठक सर्दै २ साउनमा पुगेको छ । चर्का र पपुलिस्टभन्दा विधानले दिएको, गर्न र पुर्‍याउने सकिने विषयमा मात्रै हात हाल्नुपर्नेमा शर्माले जोड दिँदै आएका छन् । 

केन्द्रीय समिति बैठक त समयमा नबस्ने कांग्रेसमा विशेष महाधिवेशन त झन् जटिल देखिन्छ । ‘केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्रसमक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्नेछ’ वधिानमा व्यवस्था छ । 

संसदीय दलको नेता फेर्न सजिलो र सहज त छैन नै सभापतिबाट देउवालाई हटाउन पनि गगनलाई सहज छैन । कांग्रेस विधानको धारा ४४ मा सभापतिविरुद्ध अविश्वासको प्रस्ताव राख्न पाइने व्यवस्था छ । पार्टीका सबै तहका सभापतिविरुद्ध सम्बन्धित निर्वाचकहरूको २५ प्रतिशत सदस्यले अविश्वासको प्रसताव सम्बन्धित कार्यसमितिमा दर्ता गर्न पनि पाउँछन् । अविश्वासको प्रस्ताव सदस्य संख्याको दुई तिहाइबाट पारित हुनुपर्छ । कांग्रेसमा अझै पनि केन्द्रदेखि तल्लो तहसम्म देउवाको पकड छ । यसैले अविश्वासको प्रस्तावको विकल्प पनि देउवालाई हटाउने सहज देखिँदैन । 

कांग्रेसका एक युवा नेता विशेष महाधिवेशन वा अविश्वासको प्रस्ताव होइन नियमित चार वर्षमा महाधिवेशन गर्न सकिए ठूलो उपलब्धी हुने बताउँछन् । ‘कांग्रेसमा समयमा महाधिवेशन हुँदैन । विशेष महाधिवेशन भनेर आलोचनामा उत्रिनुको सट्टा चार वर्षमा महाधिवेशन गर्ने वातावरण बनाउन सकिए यसले सबैको हित गर्छ’ ती नेता भन्छन्, ‘गर्न र पुर्‍याउन नसकिने विषयको राग अलापेर बस्दा राजनीति गर्दा समय मात्रै व्यतीत हुन्छ ।’

भद्रगोल छन् पार्टीका संरचना
कांग्रेस गत स्थानीय, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पहिलो पार्टी भयो । मिलेर चुनाव लडेको माओवादी एमालेसँग मिलेर गत १० पुसमा सरकार बनाउँदा कांग्रेसको सर्वत्र आलोचना भएको थियो । पार्टीभित्रै देउवाको चरम आलोचना हुन थालेपछि देउवाले चुनावी समीक्षा बैठक नै बोलाएनन् । बरु देउवाले प्रचण्डलाई मनाएर राष्ट्रपति कांग्रेसको भागमा पार्ने गठजोडमा लागे । माओवादीलाई आफूतिर ल्याएपछि प्रदेशका सत्तामा पनि कांग्रेसले प्रवेश पाएको छ । तर ठूलो पार्टी, केन्द्र र प्रदेशका सत्ताले पनि कांग्रेसमा सन्तुष्टि भने छैन । 

null

महाधिवेशन भएको ६ महिनाभित्र पार्टीको सम्पूर्ण संरचनालाई पूर्णता दिनुपर्ने थियो । तर, डेढ वर्षमा बल्ल देउवाले विभाग गठनको प्रक्रिया शुरू गरेका छन् । केन्द्रीय कोषाध्यक्ष र ११ केन्द्रीय सदस्य मनोनीत गर्न अझै बाँकी छ । भ्रातृ संस्था त वर्षौंदेखि तदर्थवादमा चल्दै आएका छन् । नेविसंघकै राजनीतिबाट कांग्रेसमा उदाए पनि आफूहरू पदाधिकारी बन्दा पनि नेता उत्पादनको नर्सरी सुकेको चुपचाप हेर्न तर केही गर्न नसक्ने हालतमा महामन्त्रीद्वय छन् । केन्द्रीय समितिमा सदस्य थपिएको छ तर, उनीहरूले आफ्ना विचार राख्न पाएका छैनन् । केन्द्रीय समितिको बैठक नबसेको एक वर्ष भइसक्यो ।

आन्तरिक चुनौतीले त कांग्रेस घेरिएकै छ । गत चुनाव र उपचुनावपछि राष्ट्रिय स्वतन्त्र पार्टीको जबरजस्त उदयले कांग्रेसलाई झन् झस्काएको छ । कम्युनिस्टभन्दा प्रजातान्त्रिक आस्था राख्ने नागरिकको भोट रास्वपातिरै जाने भएपछि गगन र शर्मा थप निराश छन् । भ्रष्टाचारमा एकपछि अर्को गर्दै प्रभावशाली आफ्नै नेता मुछिने तर, पार्टीले कारवाही गर्न नसक्ने दोषको भारीसमेत गगन र शर्माले बोक्नुपरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेता बालकृष्ण खाँणलाई निलम्बन गराउन थापाले निक्कै जोडबल गरे पनि देउवा चुपचाप छन् । आगामी केन्द्रीय समितिको बैठकमा इतर पक्षले यो विषयमा सभापतिको ध्यानाकर्षण गराउने तयारी गरेको छ । तर यसअघि खुमबहादुर खड्कासहित भ्रष्टाचारमा मुछिएका कुनै नेतालाई पनि निलम्बन नगरिएको नजिर देखाउँदै देउवा उम्किने तयारीमा छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x