×

NMB BANK
NIC ASIA

नेपालीले नै नेपालीलाई कुटाए

दुबईमा १५ नेपाली अलपत्र, खान/बस्न देऊ भन्दा 'गुण्डा' लगाएर कुटपिट [भिडियोसहित]

काठमाडाैं | साउन ३, २०८०

NTC
Premier Steels

संयुक्त अरब इमिरेट्सको दुबईमा १५ जना नेपाली अलपत्र परेका छन् ।

Muktinath Bank

आफूहरूलाई काम तथा खान र बस्न पनि नदिएर अलपत्र पारेको पीडितहरूले लोकान्तरलाई बताएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामीलाई ८ महिनादेखि काम दिएका छैनन्, पछिल्लो समय खान/बस्न पनि नदिएर अलपत्र पारेका छन्,’ लोकान्तरको सम्पर्कमा आएका एक पीडितले भने ।


Advertisment
Nabil box
Kumari

खान/बस्न र नेपाल फर्काउने व्यवस्था गरिदिनुपर्‍यो भनेर आफूहरूलाई लैजाने व्यक्तिलाई भन्दा गुण्डा लगाएर कुटपिट गरेको उनीहरूको गुनासो छ ।

Vianet communication

कुटपिटको भिडियो समेत लोकान्तरले प्राप्त गरेको छ ।

पीडितमध्ये एक महिलालाई लछारपछार पारेर हात भाँचिने गरी कुटपिट गरिएको पीडितहरूले बताएका छन् ।

आफूहरूलाई अलपत्र पार्ने मुख्य नाइके दुबईमा सिल्भरलाइन फ्यासिलिटी म्यानेजमेन्ट सर्भिसेज सञ्चालन गर्ने पर्वत डाँडाखर्कका विजय सुनार र उनका सहयोगी झापाको शिवसताक्षी मैधरका ओमप्रकाश भन्ने अनुप थापा रहेको पीडितले लोकान्तरलाई बताएका छन् ।  

null

उनीहरूले १ वर्षअगाडिदेखि दुबईमा पेट्रोल पम्प खोल्न लागेको र त्यहाँ कर्मचारी चाहिएको भन्दै १८ जनालाई भिजिट भिसामा दुबई लगेका थिए ।

सुनारले एकजना व्यक्तिबाट ५ लाख र अन्य व्यक्तिबाट २ लाख १० हजारका दरले पैसा लिएको उनीहरूको गुनासो छ ।

पीडितले सुनारलाई बुझाएको पैसाको प्रमाण समेत लोकान्तरले प्राप्त गरेको छ ।

null

सुनारले प्रतिव्यक्ति १ लाख रुपैयाँ कमाइ हुने भन्दै प्रलोभनमा पारेर दुबई लगेको पीडितले बताएका छन् । उनीहरूले पीडितहरूलाई त्यहाँ गोल्डेन भिसा भन्दै नक्कली कागजात समेत उपलब्ध गराएर विश्वासमा लिएको पाइएको छ ।

काम दिन नसकेपछि आफूहरूलाई काम उपलब्ध गराइदिनुपर्‍यो भन्दा उल्टै मान्छे लगाएर कुटपिट गरेको एक पीडितले बताए ।

‘हामीलाई कि काम देऊ, कि खान देऊ भन्दा गुण्डा लगाएर कुटपिट गरेका छन्,’ एक पीडितले लोकान्तरसँग भने ।

हेर्नुहोस्, भिडियो :

 

 

null


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x