×

NMB BANK
NIC ASIA

सुन बरामद प्रकरण

विमानस्थलबाट अवैध सुन छिराउन सक्ने कम्पनी ‘रेडी ट्रेडर्स’ ! २ महिनाअघि खुलेर धमाधम कारोबार

काठमाडाैं | साउन ४, २०८०

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

राजस्व अनुसन्धान विभागले काठमाडौंको सिनामंगलबाट बरामद गरेको सुन हङकङबाट ल्याउने कम्पनी २ महिनाअघि मात्रै खुलेको पाइएको छ ।

Muktinath Bank

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार नयाँ खुलेको कम्पनी ‘रेडी ट्रेडर्स’ले धमाधम कारोबार गरिरहेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मोटरसाइकल र स्कुटरको स्पेयर पार्टस् आयात गरेको देखाएर त्यसभित्र सुन लुकाइएको अवस्थामा विभागको टोलीले बुधवार सुन बरामद गरेपछि रेडी ट्रेडर्सको अवैध धन्दाको खुलासा भएको छ ।


Advertisment
Nabil box
Kumari

रेडी ट्रेडर्स कम्पनी दिलिप भुजेलको नाममा दर्ता छ । सुन प्रकरणमा उनी समेत पक्राउ परिसकेका छन् । बुधवार बरामद भएको सुन क्याथे प्यासिफिकको विमानबाट आएको थियो ।

Vianet communication

कम्पनीले विमानस्थलमा ‘सेटिङ’ मिलाएर सुन तस्करी गर्ने गरेको पाइएको छ । विमानस्थलबाट जाँचपास भई बाहिरिएको अवस्थामा सिनामंगलबाट विभागले सुन बरामद गरेको छ ।

विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको अवस्थामा बरामद गरेको ८०–१०० किलोग्रामसम्मको अवैध सुन प्रकरणमा ६ जनालाई पक्राउ गरेको छ ।

विभागका महानिर्देशक नवराज ढुंगानाले सुन बरामद गरिएपछि विभागले रातभर अपरेसन सञ्चालन गरी ६ जनालाई पक्राउ गरेको र अन्यको पनि संलग्नताका आधारमा खोजी कार्य भइरहेको जानकारी दिए ।

‘पक्राउ परेकाहरूको नाम अहिल्यै भन्न मिल्दैन, अन्य व्यक्तिको संलग्नता पनि खोजिँदैछ,’ उनले भने, ‘बरामद सुनको शुद्धता जाँच गर्न नेपाल राष्ट्र बैंकमा पठाइनेछ । अहिले सुन जोख्ने काम भइरहेको छ ।’

मोटरसाइकल र स्कुटरको स्पेयर पार्टस्भित्र लुकाएर हङकङबाट कार्गो गरी अवैध सुन ल्याइरहेको विशेष सूचनाका आधारमा बुधवार गठित ‘स्पेसल टास्क फोर्स’ले सुन बरामद गरेको उनले बताए । विभागले विमानस्थलबाट जाँचपास भई बाहिरिएको अवस्थामा सिनामंगलबाट सुन बरामद गरेको हो ।

‘यसअघि नै २–३ राउन्ड सुन ल्याइसकिएको भनेर गोप्य सूचना प्राप्त भएपछि हामीले विशेष टास्क फोर्स गठन गरेका थियौं,’ ढुंगानाले लोकान्तरसँग भने, ‘सोही टास्क फोर्सले बुधवार बिहानदेखि गरेको अप्रेसन लिक भएपछि पक्राउ पर्ने सूचीमा रहेका कतिपय व्यक्ति फरार भएका छन् ।’ फरार भएकाहरूको खोजी कार्य जारी रहेको उनले बताए ।

स्पेयर पार्टस्मा मिक्स भएर सुन ल्याइएको हुनाले सुन र पार्ट्स दुवै छुट्याउन समय लागेको उनले बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार बुधवार दिउँसो ३ः३८ बजे १ हजार ७०५ वटा स्पेयर पार्टस् भन्सारबाट पास भएर गएको अभिलेखमा उल्लेख छ ।

मंगलवार दिउँसो ४ः३९ बजे पनि ट्याक्सीमा १५ सय कार्टुन स्पेयर पार्टस् भन्सारबाट पास भएको थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x