×

NMB BANK
NIC ASIA

डेंगुको 'हटस्पट' बन्दै धरान: सात जनाको मृत्यु, अस्पतालका बेड भरिएपछि घरमै उपचार गरिँदै

विराटनगर | साउन ११, २०८०

NTC
Premier Steels

धरान अहिले डेंगु संक्रमणको 'हटस्पट' बनेको छ । धरानमा परीक्षण गरिएकामध्ये ५९ प्रतिशतलाई डेंगु संक्रमण देखिएको छ  । धरान उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख उमेश मेहताका अनुसार बुधवार साँझसम्म ३ हजार ६०७ जनाको परीक्षण गर्दा १९ सय ७ जनामामा डेंगु पोजेटिभ भेटिएको हो । पोजिटेभिटी दर ५९ प्रतिशत रहेको मेहताले बताए  । 

Muktinath Bank

धरानका ५ वटा वडामा डेंगु फैलिएको छ । उपमहानगरका १८, १७, १६, १५ र ११ नम्बर वडामा परीक्षण गरिएकामध्ये ६५ प्रतिशतमा डेंगु पुष्टि भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एक हप्तादेखि भने एउटै दरमा संक्रमित देखिन थालेका छन् । मेहताका अनुसार एक सातादेखि ५९ प्रतिशत कै हाराहारीमा बिरामी भेटिने गरेका हुन् । 


Advertisment
Nabil box
Kumari

'डेंगुका बिरामीको संख्या बढेपछि रगतको अभाव देखिन थालेको छ । उपमहानगर आफैँले पनि रक्तदानका कार्यक्रम गरिरहेको छ,' उनले भने, 'विभिन्न संघ संस्थाहरूले पनि रक्तदान गरिरहेका छन् । तर पनि अहिले अभाव नै छ ।' 

Vianet communication

डेंगुकै कारण धरानमा ७ जनाको मृत्यु भएको मेहताले बताए । १८, १७, १५ ,११, ५ र २ नम्बर वडामा १/१ जनाको मृत्यु भएको उनले बताए । 

उपमहानगरपालिका स्वास्थ्य महाशाखाका अनुसार मृत्यु हुनेमा ४ जना दीर्घ रोगी हुन् भने ३ जना निरोगी हुन् । उनका अनुसार जेठ २३  गते धरान १७ की  ३० वर्षीया महिला र असार १५ गते धरान ११ की ४० वर्षीय  महिलाको मृत्यु भएको थियो ।

यस्तै साउन २ गते धरान ११ का ७९  वर्षीय  पुरुष र धरान  १८  का ८४ वर्षीया महिलाको मृत्यु भएको थियो । साउन ३ गते  धरान १० का ५३ वर्षीय पुरुषको मृत्यु भएको थियो । साउन ७  गते भने धरान उपमहानगरपालिका २ का ७७ वर्षीय पुरुष र धरान १० का ५६ वर्षीय पुरुषको मृत्यु भएको  थियो । 

डेंगुका कारण अस्पतालमा पनि बिरामीको भिड बढेको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले डेंगु संक्रमितको उपचारका लागि छुट्टै वार्ड र क्लिनिकमा बिरामीको उपचार गर्ने गरेको छ ।

अस्पतालका बेडहरू खाली नभएपछि घरमै स्वास्थ्यकर्मी बोलाएर जाँच गर्न लगाइएको स्थानीयले बताएका छन् । 

२०७६  मा पनि सुनसरीको धरानमा डेंगु प्रकोपको रूपमा फैलिएको थियो । त्यति बेला चार हजार ३ सय जनामा देखिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x