पुस १०, २०८०
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
काठमाडाैं | साउन १७, २०८०
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले शुरू गरेको भ्रष्टाचार विरोधी अभियानलाई समर्थन गरेका छन् । उनीहरूले पार्टीभित्रका भ्रष्टलाई पनि कारवाही गर्नुपर्ने बताए ।
बुधवार बसेको माओवादी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक र सांगठनिक प्रस्तावमाथिको छलफलमा सदस्यहरूले सरकारले शुरू गरेको भ्रष्टाचार विरोधी अभियानको समर्थन गरेका हुन् । प्रधानमन्त्री प्रचण्ड तथा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारीमाथि शुरू गरेको कारवाहीको केन्द्रीय सदस्यहरूले खुलेर प्रशंसा गरेका छन् ।
केन्द्रीय सदस्यहरूले भ्रष्टाचारीमाथि भइरहेको कारवाहीमा खुट्टा नकमाउन प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री श्रेष्ठलाई सुझाव दिए ।
बैठकमा अध्यक्ष प्रचण्डले सरकारले लिएको सुशासनको अभियान कुनै हालतमा नरोकिने बताएका थिए । नक्कली शरणार्थी प्रकरणलाई निष्कर्षमा पुर्याएको सरकारले अहिले सुन तस्करी सम्बन्धमा छानबिन गरिरहेको छ । गृहमन्त्री र सचिवले लिँदै आएको सुराकी खर्चको खारेजी, मिटरब्याज समस्या समाधानमा आयोग गठन र कानून संशोधन लगायत कामका कारण सरकारको प्रसंशा भइरहेको छ । प्रचण्ड सरकारमा गृह प्रशासनको नेतृत्व नारायणकाजीले गरेका छन् ।
केन्द्रीय समिति बैठकमा धारणा राख्ने बहुसंख्यक सदस्यले सरकारले लिएको सुशासनको अभियान सही भएको बताएका थिए । ‘भ्रष्टाचारविरुद्ध सरकारले लिएको कदमप्रति जनतामा आशा जागेको छ, यो अभियान नरोकियोस् । पार्टीभित्र पनि कोही भ्रष्ट छन् भने उनीहरूलाई पनि कारवाहीको दायरामा ल्याइयोस्,’ बैठकमा केन्द्रीय सदस्यहरूले राखेको धारणाबारे केन्द्रीय सदस्य सुदर्शन बरालले लोकान्तरसँग भने ।
सरकारको लोकप्रियताका कारण विपक्षी दलहरू अत्तालिएको केन्द्रीय सदस्यहरूले दाबी गरेका थिए ।
‘अहिले सरकारले गरेको कामले माओवादीको शीर उचो भएको छ, पार्टीको शाख पुरानै अवस्थामा फर्काउने ढंगले काम भएको छ,’ बैठकमा केन्द्रीय सदस्यहरूको भनाइ उदृत गर्दै केन्द्रीय सदस्य रामकुमार शर्माले लोकान्तरसँग भने, ‘अध्यक्षको राजनीतिक प्रतिवेदन सही छ, व्यवहारमा लागू गर्ने कुरा जरुरी छ । माओवादीको मूल समस्या नीति कार्यान्वयन नहुनु र गुटबन्दी हुनु हो ।’
बुधवारको बैठकमा १८ जना केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेका छन् । बुधवारको बैठकमा लक्ष्मण पन्त, लोकेन्द्र लम्साल, लक्ष्मण आचार्य, टीका बुढाथोकी, रामकुमारी चौधरी, सचिन रोका, विरेन्द्र चेम्जोङ, सुरेन्द्र बस्नेत, मानसिंह मान, पुष्पविक्रम मल्लले धारणा राखेका थिए ।
यस्तै हिमाल शर्मा, रञ्जित शाही, कृष्ण केसी, ओम शर्मा, रविन्द्र श्रेष्ठ, जीतबहादुर चौधरी लगायतले धारणा राखेका थिए । केन्द्रीय सदस्य शर्माले पार्टी रूपान्तरणको अभियान अध्यक्ष प्रचण्डबाटै शुरू हुनुपर्ने बताए । उद्घाटन मन्तव्यका क्रममा प्रचण्डले पार्टी पुनर्गठन र रूपान्तरणमा जोड दिएका थिए ।
बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले डुलुवालाई नेता बनाउने, प्रदेशमा चुनाव हारेकालाई केन्द्रले बढुवा दिने जस्ता काम गर्न नहुने बताएका थिए । ‘शान्तिपूर्ण राजनीतिमा आएको लामो समय भइसक्दा पनि पार्टी कमिटी प्रणालीमा नचलेको, पार्टीको निर्णय कहाँबाट हुन्छ भन्ने अनभिज्ञता प्रकट भएको सदस्यहरूको गुनासो थियो,’ अर्का एक केन्द्रीय सदस्यले भने ।
कतिपय केन्द्रीय सदस्यले पार्टी बिग्रिएको भनेर गुनासो गरेका थिए । केन्द्रीय समिति बैठक उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले सरकारले लिएको कदमका कारण जनतामा आशा पलाएको बताएका थिए । पछि राजनीतिक प्रतिवेदन पेश गर्ने क्रममा पनि प्रचण्डले भ्रष्टाचार विरोधी अभियान नरोकिने बताएका थिए ।
‘सरकारले लिएको सुशासनको अभियानले जनतामा आशा जगाएको छ, यसलाई निष्कर्षमा पुर्याउन कसैको दबाबसामु झुक्दैनौं,’ प्रचण्डको भनाइबारे एक केन्द्रीय सदस्यले लोकान्तरसँग भने ।
केन्द्रीय सदस्यहरूले बोल्ने क्रम बाँकी रहेकाले बैठक बिहीवार बिहान ११ बजे पुनः बस्ने केन्द्रीय सदस्य शर्माले जानकारी दिए ।
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...