असोज ३०, २०८०
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
काठमाडाैं | साउन २०, २०८०
सम्भवतः हामी तेस्रो विश्वयुद्धको पूर्व सन्ध्यामा छौं । भूपरिवेष्ठित मुलुकका अप्ठ्याराहरूसँग खेल्नु आफैंमा जति चुनौतीपूर्ण छ, त्योभन्दा बढी जटिल भूराजनीतिको सामना हाम्रो नियति बन्दैछ । यतिबेला शक्तिराष्ट्रहरू फेरि एकपटक दोस्रो विश्वयुद्धको क्रममा जस्तै ध्रुवीकरण र समीकरणको अभ्यास गर्दैछन् ।
धुरी राष्ट्र र मित्रराष्ट्रहरूको झल्को दिने गरी बन्दै गएका नयाँ समीकरणहरूले तेस्रो विश्वयुद्धको पूर्व आभास दिलाउँदै विश्वको राजनीतिक प्रशासनिक नक्सा परिवर्तनको संकेत दिँदैछन् ।
एउटा छिमेकीले बहुध्रुवीय विश्व व्यवस्थाका लागि युक्रेन युद्धमा रहेको रुससँग नो लिमिट पार्टनरसिप (रिलेसन विथ आउट लिमिटेसन) को घोषणा गरेको छ । यस एलाइन्समा चीन र रुससँगै इरान र उत्तर कोरिया जस्ता आणविक आत्मनिर्भरताको रणनीति बोकेका मुलुकहरूको कोर घेरा छ । त्यसका अतिरिक्ति ल्याटिन अमेरिकी मुलुक क्युवा, भनेजुएला र निकारागुवा छन्, अफ्रिकी महादेशमा पनि यो एलाइन्स मजबुत बन्दैछ ।
मध्य पूर्वका सिरिया, साउदी अरब लगायत मुलुकहरू आवद्ध हुँदैछन् । यसअर्थमा बहुध्रुवीय विश्व व्यवस्थाको मोर्चा मजबुत बन्दैछ ।
अर्को छिमेकी अमेरिकी प्रभुत्वको एक ध्रुवीय विश्व व्यवस्थाको निरन्तरताका लागि अमेरिकासँग स्टार्टेजिक पार्टनरसिपमा छ । अमेरिकी प्रभुत्वको निरन्तरता पुँजीवाद, प्रजातन्त्र र उदारवादमा टिक्ने अनुमान छ । त्यसमा अमेरिका, युरोप र अस्ट्रेलिया सहितको सिंगो पश्चिमा सम्भ्रान्त वर्ग छ । अफ्रिका र एसियामा पनि त्यसका आफ्ना पुरानै जरा र नयाँ हाँगाबिंगाहरू छन् ।
उपनिवेशमा खेलेको भूगोलका जातीय, क्षेत्रीय, सीमा कमजोरी, राजनीतिक प्रणाली भित्रको गोलमटोलको अनुभव छ । अंग्रेजी भाषाको भाषिक डोमिनेसन, आधुनिकताको नाममा हुर्केको पश्चिमको सांस्कृतिक डोमिनेसन र श्वेत सर्वोच्चताको लामो डोमिनेसनलाई पनि उसले शक्तिको फ्याक्टरका रूपमा लिएको छ ।
समग्रमा शक्ति र प्रभूत्वको नयाँ होडले तेस्रो विश्वयुद्धलाई अवश्यम्भावी बनाएको छ । व्यापक परमाणु प्रयोगको खतरा रहेको यो विश्वयुद्ध मानव जातिको इतिहासकै सर्वाधिक विनाशको कालखण्ड बन्नेमा शंका छैन । जहाँसम्म नेपालको कुरा छ, हामी एसियाका २ उदाउँदा महाशक्तिहरूको बीचमा छौं । अनि अमेरिकासँगको सम्बन्ध पनि निकै पुरानो छ । एकातिर ३.५ ट्रिलियन डलरको अर्थव्यवस्था छ र अर्कोतिर १८ ट्रिलियन डलर बढीको अर्थ व्यवस्था छ । हाम्रो लागि २५ विलियन डलरको अर्थव्यवस्था अझै सुदूर भविष्यको परिकल्पनामै सीमित छ । हामी जुन भूअवस्थितिमा उपस्थित छौं, सामरिक रूपले यसको महत्त्व छ । यसर्थ यहाँको सामरिक भूअवस्थितिको आफू अनुकूल उपयोग कसले गर्ने ? यस्तो आशयको होडबाजी भइरहन्छ भन्नेमा हमेशा सचेत हुँदै हामीले आफ्नो तटस्थता र असंलग्नता कायम राख्नुपर्छ । यद्यपि समीकरणको दौरानमा यो निकै कठिन काम हुनेछ ।
शक्ति समीकरणमा हाम्रो उपस्थितिको महत्त्व
विश्व शक्ति समीकरणका क्रममा स्माल पावर पनि एउटा फ्याक्टर बन्छ, जतिबेलासम्म युद्ध वा शक्तिको खेल कूटनीतिको नियन्त्रणमै हुन्छ, जब कूटनीति सैन्य आक्रमण वा प्रतिरक्षाको बचाउमा सीमित रहन्छ, त्यसबेला हाम्रो पोजिसन के होला ? १ लाख नेपाली सेनालाई हातमा वुद्धका मूर्तिहरू दिएर सीमा रक्षा वा शक्ति समीकरणको शान्ति मिसनको हिस्सा बनाउने कि हातमा खुकुरी र फेजआउट राइफल दिएर बहादुर सेना बनाउने ? विकास परियोजनाका लागि फलानोले बिस्फोटक पदार्थ दिएन, फलानोसँग ल्याएको सीमा नाकामै अलपत्र छ भन्ने अखबारका हेडलाइनहरू पढेर गर्वका साथ मुस्कुराउने हामीले यदि विश्वयुद्ध भएको अवस्थामा देशको शदियौंदेखिको अटल स्वतन्त्रता र सार्वभौमिकताको अस्तित्व जोगाउन सकौंला ? आफ्नो सत्ता जोगाउनमै कार्यकालको सम्पूर्ण समय खर्च गर्नुपर्ने हामीले राष्ट्रिय हितबारे के गर्न सक्छौं ?
आगामी विश्वयुद्धमा तटस्थताको रेखा मेटियो भने हाम्रो समीकरण केका आधारमा तय हुन्छ ? यी सबै प्रश्नहरूलाई अनुत्तरित बनाइदिएर हामी शासनको औपचारिक भूमिकामा छौं ।
आफैंभित्रको अस्पष्टता
विचारधारात्मक रूपले हामी उत्तरसँग नजिक छौं र सांस्कृतिक विरासतका हिसाबले हामी दक्षिणसँग नजिक छौं । कम्युनिस्ट संस्कृतिको अभिनय गर्ने वा परम्परागत संस्कृतिको अभिनय गर्ने ? नास्तिकको अभिनय गर्ने वा आस्तिकको अभिनय गर्ने ? हिन्दूत्वको पैरवी गर्ने वा धर्म निरपेक्षताको ? अन्धविश्वास र रुढीवादका प्रथा प्रचलनलाई पहेंलो वस्त्र भिराइदिएर प्रोटेक्ट गर्ने वा एक खिली बिडी शेयरिङका लागि तयार नहुनेहरूको साम्यवादका रुमानी प्रवचनहरूलाई समाजवादको भविष्य ठान्ने ? संसद् र सरकारमा निर्वाचित प्रक्रियाबाट जानुपर्ने पद्धतिलाई जीवनको सैद्धान्तिक आधार ठान्ने वा पार्टी कमिटी र जबस मोर्चाहरूमा लागू गरिने छनोटको पद्धतिलाई हाम्रो सैद्धान्तिक धरातल ठान्ने ? यस्ता अनगिन्ती विरोधाभाषी नियम विनियमहरूले हामीलाई द्विविधा, शंसय र दोबाटोमा अनिर्णित रूपमा उभिन बाध्य पारेका छन् । हाम्रो पार्टी कैलाश पर्वत र वर्मुण्डा ट्रयाङ्गल जस्तै छ, यहाँ कम्पासले काम गरिरहेको छैन ।
सुन्दा अप्रिय लागे पनि यतिबेला हामी दिशाहिन छौं । संगठनमा माक्र्सवादको भारी, संसदमा पुँजीवादको भारी, सरकारमा मत्स्य न्यायको भारी, संविधानमा उदारवादको भारी र मञ्चमा समाजवादको भारी हाम्रो दैनिक जीवनका बेमेल प्रक्रियाहरू हुन् ।
जीवन र भविष्य कहाँ छ ?
जीवन र भविष्य समाजवादमा छ । समाजवादमा ‘चेन अफ कमाण्ड’ छ । सामूहिक उत्पादन र न्यायोचित वितरण छ । अझ वैज्ञानिक समाजवादको चर्चा छ । वैज्ञानिक समाजवाद मानव जातिकै उत्कृष्ट सभ्यताको चरम अवस्था हो । त्यो प्रगति र समृद्धिको युग हो । यही समाजवादी भाषणको सार हो । समाजवाद भन्नुस् वा वैज्ञानिक समाजवाद, त्यसको आधार हाई पपुलिस्टिक स्ट्राइक मात्र होइन । त्यो संयन्त्रले काम गर्ने विधि, पद्धति र योजनाबद्ध क्रमबद्धताको दीर्घकालीन कन्सेप्ट हो । समाजवादको भाषण सबैभन्दा पहिला जीवन मरणको लडाइँ पार गरेर आएका कार्यकर्ता, समर्थक, शुभेच्छुक र गाउँको सामान्य परिवारबाट आएको युवापुस्ताले पत्याइदिनुपर्छ । भाषण पत्याउन व्यवहार हेरिन्छ । आफूभित्रको सपना बाँड्नु र आफ्नो स्वामित्वको वस्तु बाँड्नु आकाश जमिनको फरक हो । सत्तामा बस्दा नेताहरूले लाभको शेयरिङ कसरी गर्छन् ? पहुँचमा कसलाई कसरी प्राथमिकता दिन्छन् ? वैचारिक र सांगठनिक काममा कहिल्यै नदेखेका मान्छेहरू अचानक राज्यसत्ताको लाभका पदहरूमा फड्को मार्छन्, यसैबाट छुट्याउन सकिन्छ नेपाली समाजवादको आधार र उपरिसंरचना ।
समाजवादको बग्गीमा बसेर हामी जति कुर्लिए पनि नेपालको वामपन्थी आन्दोलनप्रतिको विश्वास क्षयीकरण हुँदै गएको छ । वामपन्थी र दक्षिणपन्थी बीचको भेद नीति कार्यक्रममा छैन, संगठन र आचरणमा छैन । जसरी दक्षिणपन्थीहरू कुलिन र घरानामा परिणत हुन्छन्, वंशबाटै उत्तराधिकारीको खोजी गर्छन्, हामी पनि त्योभन्दा पृथक छैनौं । व्यानरको समाजवादसँग व्यवहारको छेउटुप्पो मिल्दैन । नयाँ पुस्तालाई समाजवाद ‘इरिटेड’ लाग्छ । उनीहरूले हाम्रो भाषण, सिद्धान्त र जीवनबीच कुनै साइनो सम्बन्ध देख्दैनन् । त्यसैले समाजवादको थोत्रो बग्गीमा चढेर २–४ जना सगोत्रीहरू बटुलेर १९औं र २०औं शताब्दीका माक्र्सवादी ठेलीहरूबाट आफूलाई सम्झना भएका हरफहरूको लेक्चर दिएर कसरी समाजवाद आउँछ ?
फेरिएको वर्ग चरित्र र अपारदर्शी जीवनशैलीतिर मानिसको औंला छ । हामी उनीहरूलाई समाजवादको ज्ञान बाँड्ने कोसिस गर्छाैं, पत्याउने कसले ? समाजवाद सम्भव छ र, त्यसमा जीवन र भविष्य छ भन्ने कुराको विश्वास दिलाउने हो भने सबैभन्दा पहिले यही पुँजीवादलाई मानवीय बनाउने, यही प्रणाली भित्रबाट घरेलु अर्थतन्त्र मजबुत बनाउने, शिक्षा र स्वास्थ्यमा आम नागरिकको समान पहुँचको सुनिश्चितता कायम गर्ने आधार तय गरौं । पुँजी निर्माणमा स्वतन्त्रता र वितरणमा सापेक्षिक लोककल्याणकारी विधि अपनाऔं, पुँजीवादको यो चरण पूरा गरेपछि समाजवादतर्फ अघि बढौं ।
समाजवादको फरेन पोलिसी के हो ?
विश्वव्यापीरूपमा बहुध्रुवीय विश्वव्यवस्थाप्रतिको रुझान बढ्दै गएको छ । यस व्यवस्थामा आफ्नो भूमिकाको खोजीमा सानादेखि ठूला राष्ट्रहरू छन् । टर्कीले ब्ल्याक सीको ग्रेन डिलमा आफ्नो परिपक्व डिप्लोमेसीको भूमिका निर्वाह गर्न चाहेको छ भने साउदी अरबले रुस–युक्रेन युद्धबारे छलफलको आयोजना गरी मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने सोच राखेको छ । थ्रुपै देशहरूले आ–आफ्ना एलाइन्सहरू क्लियर गर्दैछन्, यस्तो अवस्थामा हामी रमिते बन्नुबाहेक अरु कुनै हैसियत राख्ने सामथ्र्यमा छैनौं ।
रुस–युक्रेनबाट शुरू भएको सैन्य क्याजुअल्टीपछि अफ्रिकादेखि एसियासम्म नयाँ वारफ्रन्टहरू खुल्दैछन् । पूर्वी युरोपको सम्भावित सैन्य टकरावलाई बेलारुस र इरानको युद्धमा एकअर्कालाई सहयोग गर्ने सम्झौताले युद्धको सम्भावित आगमन र आकारलाई अझ जटिल बनाइदिएको छ ।
होर्मुज जलमार्गमाथिको नियन्त्रण र अरबी सागरको प्रभूत्वका लागि इरान–अमेरिका टकराव बढ्दैछ । अर्काटिक सागरदेखि, वेरिङ सागर, अजोव सागर, कालासागर हुँदै एटलान्टिक महासागरसम्म परमाणु पनडुब्बीहरूको भयानक प्रतियोगिता देखिन्छ । यस्तो बेला नेपालको फरेन पोलिसी के हुने ? कम्तीमा आफ्नो भूभागको रक्षाका लागि सैन्य तयारीबारे सरकार र विपक्षीले कल्पनासम्म गरेका छैनन् ।
शक्ति राष्ट्रहरूको सैन्य टकरावको दायरा बढ्दै जाँदा युद्धमा कुनै एकसँग एलाइन्स हुनसक्छ भन्ने चेत देखिँदैन । डिप्लोमेसीका लागि कुनै तयारी छैन । फरेन मामिलाका जानकारहरू, सैन्यविद्हरू, प्रवुद्ध वर्ग, पत्रकार युवाहरू सम्मिलित सेमिनारहरूको आयोजना गरी आफ्नो राष्ट्रियता जोगाउन सकिने सबल पक्षहरूबारे कुनै विचार विमर्श छैन । वित्तीय प्रणाली, विभिन्न एजेन्सीमार्फत नेपालमा रहेको अन्य मुलुकको सफ्ट पावर, वैदेशिक लगानी र ऋण अनुदान, युद्ध भइहालेको खण्डमा नेपालमाथि आउने सप्लाइ चेनका चुनौती र त्यसको पूर्व तयारीबारे कुनै होमवर्क देखिँदैन । भूपरिवेष्ठित देश हुनुको नाताले सप्लाइ चेनको अवरोधले सबैभन्दा बढी मारमा हामी पर्नेर्छौं ।
भारत र चीन तटस्थ रहेको युक्रेन मामिलामा नेपालको समाजवादी सरकार धेरैपटक युक्रेनतिर ढल्कियो । जहाँ २ छिमेकी देखाएर हामी स्किप हुन मिल्थ्यो । यदि युक्रेनकै पक्षमा उभिनुपर्ने भए कुनै असाधारण लाभका लागि डिप्लोम्याट डिलिङ हुनुपथ्र्यो ।
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
विश्वभरी नै राजनीतिक जवाफदेहिता र उत्तरदायी राजनीतिले मात्र गन्तव्य प्राप्त गरेका छन्, यसको अलग–अलग दृष्टान्त प्रस्तुत गरिरहनु पर्दैन । पछिल्लो समय विकसित नागरिक चेतनाले यसलाई ठम्याउने सामर्थ्य राख्छ । देशले त...
वि.सं २०७२ सालमा बारपाक केन्द्रबिन्दु बनाएको ठूलो गएको थियो । त्यसअघि १५०५ मा मुस्ताङ केन्द्रबिन्दु बनाएर गएको ८ दशमलब ८ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसपछि पश्चिम नेपाल केन्द्रबिन्दु बनाएर ठूलो भूकम्प गएको छ...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...