×

NMB BANK
NIC ASIA

महानगरपालिकाले फाल्यो १३ दिनपछि ल्याण्डफिल साइटमा फोहोर

कास्की | साउन २३, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

 फोहोरमैला बोकेका पोखरा महानगरपालिकाका गाडीहरूले १३ दिनपछि ल्याण्डफिल साइट लामेआहाल पुगेर फोहोर बिर्सजन गरेका छन् । महानगरको अस्थायी ल्याण्डफिल साइट सञ्चालनमा स्थानीयहरूले अवरोध गरेपछि फोहोरका गाडीहरू १२ दिनदेखि त्यस स्थानमा जान दिइएको थिएन ।

Muktinath Bank

मङ्गलवार बिहान पोखराको दमकल शाखाबाट छुटेका फोहोरका ३० वटा गाडीहरूले वडा नं.३२ लामेआहाल स्थित अस्थायी ल्याण्डफिल पुगेर फोहोर बिर्सजन गरेका हुन् । सोमबार बसेको जिल्ला सुरक्षा समिति कास्कीको बैठकले फोहोर बिर्सजनको काममा भैरहरको स्थानीय अवरोधलाई समन्वयात्मक ढङ्गले हटाउँदै फोहोर बिसर्जन गर्ने कार्यलाई सुचारु गर्ने निर्णय गरेसँगै मगंलबार फोहोर बिसर्जन गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अस्थायी ल्याण्डफिल साइट सञ्चालनका क्रममा गरिएको सहमति कार्यान्वयनका सवालमा केही कमजोरी भएको भन्दै स्थानीयहरूले फोहोर नल्याउन भनेका थिए । यस सम्बन्धमा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा, प्रवक्ता मोतीलाल तिम्सिना, फोहोर व्यवस्थापन समितिका संयोजक रामचन्द्र अधिकारी लगायत वडा अध्यक्षहरूको समेत उपस्थितिमा केही दिन अघि सार्वजनिक छलफल गरिएको थियो ।


Advertisment
Nabil box
Kumari

सो क्रममा महानगरका प्रमुख आचार्यले फोहोरमैलाको दिगो समाधानका लागि स्थायी प्रशोधन केन्द्र सञ्चालनका लागि जग्गा प्राप्तिको प्रक्रिया सुरु गरेको र अत्याधुनिक प्रविधि खरिदका लागि ग्लोबल टेन्डर आह्वान भई उपयुक्त कम्पनी छनौटको प्रक्रियामा रहेको बताएका थिए । अस्थायी ल्याण्डफिलका सम्बन्धमा गरिएको सम्झौता अक्षरशः कार्यान्वयनका लागि महानगरपालिका प्रतिबद्ध रहेको उनले विश्वास दिलाए। समस्याको समाधानका खातिर थप छलफल गर्न आफूहरू निरन्तर लागिरहेको महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाले बताए ।

Vianet communication
Laxmi Bank

असन्तुष्ट स्थानीयहरूसँग यसअघि भएको पटक पटकको छलफलमा पनि महानगरपालिकाले सहमति कार्यान्वयनमा प्रतिबद्ध रहेको बताउँदै आएको छ । तर, केही स्थानीयहरूले फोहोर ल्याउनै नदिने अडानका साथ अदालतसम्म पुगेको यस विषयका सम्बन्धमा उच्च अदालत पोखराले समेत फोहोर बिर्सजन गर्ने कार्यमा अवरोध सृजना नगर्न भनेको थियो । मङ्गलवार फोहोर बिर्सजन कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीले सुरक्षाको प्रबन्ध मिलाएका थिए । हाल पोखरा महानगरपालिकाले बजार क्षेत्रमा फोहोर सङ्कलनको काम गरिहरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x