कात्तिक २०, २०८०
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
बुटवल | साउन २५, २०८०
रूपन्देहीका प्राचीन बौद्ध संरचना संरक्षण अभावमा बाढीमा बगिरहेका छन् । पुरातात्त्विक क्षेत्रका सम्पदाको संरक्षण हुन सकेको छैन ।
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२,स्थित दानव नदी क्षेत्रमा रहेका पुरातात्त्विक सम्पदा नदीमा विलय हुँदै गएका छन् । जिल्लाको निपनिया–बन्जरैया दानव नदी किनारमा रहेको प्राचीन इनार बर्खाको बर्खे भेलमा बगेको हो । दानव नदीको कटानले इनार (रिंग)हरू बगाएर भारततर्फ लगेको छ । त्यहाँ सिद्धार्थ गौतमबुद्ध जन्मनुभन्दा करिब ७ सय वर्ष पहिलाको मानव बस्ती भएको अनुमान गरिन्छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिका वडा–१२ मा पर्ने अमहवा गाउँ नजिकै रहेको निपनियामा दानव नदीको कटानले प्राचीन इनार, कुवा र माटाका भाडाहरू बगाइरहेको छ ।
यसको संरक्षणमा ध्यान दिनुपर्ने लुम्बिनी विकास कोष भने निरीक्षणमै सीमित छ । पटक–पटक उक्त स्थलको अनुगमन गरेको कोषले अहिलेसम्म संरचना जोगाउन कुनै ठोस योजना अघि सारेको छैन । नदी कटान हुनुअघि यहाँ धेरै पूराना घर, माटाका भाँडा, बाकस, सुनचाँदी, शिवालय मन्दिर, इनारहरू भेट्टिएका थिए ।
कुनै–कुनै इनारमा मानिसका कंकालहरू देखिएको स्थानीय बताउँछन् । यहाँ पाइने माटाका भाँडालाई नोर्दन ब्ल्याक पोलिष्ट भनिन्छ । कालो रङले रङ्ग्याएर बनाएको भएर यस्तो भनिएको हो । नदी किनारमा अहिले पनि पूराना इँट्टाका टुक्रा र माटाका पत्रहरू (लेयर) प्रस्टै देख्न सकिन्छ । यहाँ रहेका कयौं पुरातात्त्विक वस्तुहरू यस वर्षको भेलमा बगेका छन् ।
कोषले भने उक्त स्थलको निरीक्षण गर्दै नदी किनारमा देखिएको कुषाणकालीन माटोद्वारा निर्मित इनारको उद्धार उत्खनन् गर्ने जनाएको छ । कोषका सदस्य सचिव सानुराजा शाक्यको नेतृत्वको टोलीले निपनियास्थित दानव नदी क्षेत्रको स्थलगत निरीक्षणपछि नदी किनारमा रहेको कुषाणकालीन माटोको इनारलाई उत्खनन् गर्ने जनाएको छ । तर, यसमा पनि स्थानीयले शंका गरेका छन् । पटक–पटक निरीक्षण गरेर उत्खनन् नगरिएपछि स्थानीयको आशंका बढेको हो ।
लुम्बिनी विकास कोषको कार्य क्षेत्रमा नपरे पनि अमरहवा गाउँ नजिकैको निपनिया क्षेत्रमा पुरातात्विक भग्नावशेषहरू भेटिएकाले स्थलगत रूपमा निरीक्षण गरेको सदस्य सचिव सानुराजा शाक्यले बताए । स्थलगत निरीक्षणपछि कोषका पुरातत्त्व विभागका प्रमुख हिमालकुमार उप्रेतीले निपनियामा बर्षेनि पुरातात्त्विक इनार र अन्य महत्वपूर्ण बस्तुहरू बग्दै गएकाले संरक्षण गर्नुपर्ने बताए ।
पुरातात्त्विक हिसाबले यो क्षेत्र निकै महत्वपूर्ण रहेको बताउँदै भारतका पुरातत्त्वविद् प्रोफेसर एसबी देवले सन् १९६४ मा उत्खनन् गर्दा बुद्धिस्ट साइटको उत्तरापथमा पर्ने व्यापारिक क्षेत्रका रूपमा व्याख्या गरेको उनले बताए । भारतका प्रख्यात पुरातत्त्वविद एसबी देवले बन्जरही र पैसियामा उत्खनन् गर्दा विभिन्न किसिमका माटाका भाँडाकुँडा, कचौरा, बिटबिनाका कचौरा, भाँडा, प्लेट, लामो घाँटी भएका घैँटो, हातबाट बनाइएका भूदेवीको मुखौटो, साँढे, हात्ती, थालहरू, आरीलगायतका सामग्री भेट्टाएका थिए ।
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...