×

NMB BANK
NIC ASIA

प्रधानमन्त्रीको निर्देशनपछि पक्राउ पर्लान् महरा बुवाछोरा? प्रहरी भन्छ– औपचारिक पत्र आएको छैन

काठमाडाैं | साउन ३०, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महराका सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको निर्देशन प्रहरी कहाँ आइनपुगेको बताइएको छ ।

Muktinath Bank

प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुवँरले प्रहरीमा औपचारिक कुनै पनि पत्र वा जानकारी नआएको बताए । ‘हामीसँग अझैसम्म औपचारिक जानकारी आएको छैन,’ आईजीपी कुँवरले लोकान्तरसँग भने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) की निर्देशक एआईजी किरण बज्राचार्यले पनि औपचारिक जानकारी नआएको बताइन् । ‘कसरी अनुसन्धान गर्ने भन्ने विषयमा औपचारिक कुनै निर्देशन आएको छैन,’ एआईजी बज्राचार्यले लोकान्तरसँग भनिन्, ‘औपचारिक नआएसम्म कसरी अनुसन्धान गर्ने भन्ने कुरा नै भएन ।’


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री प्रचण्डले पार्टी उपाध्यक्ष कृष्णबहादुर महरामाथि छानबिन गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई निर्देशन दिइसकेको मंगलवार सम्पादकहरूसँग कुरा गर्दै बताएका थिए ।

Vianet communication
Laxmi Bank

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले पूर्व सभामुख समेत रहेका उपाध्यक्ष महरा र उनका छोरा राहुलमाथि अनुसन्धानको प्रक्रिया अगाडि बढ्न लागेको जानकारी गराएका हुन् ।

‘उहाँहरूमाथि पुनः अनुसन्धान हुन्छ, दोषी पाइए मुद्दा चल्छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘कि प्रतिवेदनमा नाम हाल्नु हुँदैनथ्यो, नाम हालिसकेपछि उनीहरूमाथि पनि अनुसन्धान गर्नुपर्छ भनेर सीआईबीलाई निर्देशन दिएको छु ।’

सीआईबीले असारमा इलेक्ट्रोनिक चुरोट (भेप्स) मा लुकाएर ल्याएको ९ किलो सुन प्रकरणको प्रतिवेदनमा महरा र उनका छोराको चिनियाँ नागरिकहरूसँगको कुराकानीको कनेक्सन सहितको चार्ट समावेश गरेको थियो तर प्रतिवेदनमा उल्लेख भए पनि उनीहरूसँग सोधपुछ समेत नगरेको भन्दै विरोध भएको थियो । 

चार्टमा चिनियाँहरूसँग धेरैपटक फोन सम्पर्क भएको देखाइएको थियो तर पूर्व सभामुख महराले फलफूल आयातका विषयमा फोन सम्पर्क भएको दाबी गरेका छन् ।

नायब सुब्बा रेवन्त खड्का, सुन पसले बेदप्रसाद अग्रवाल, सुन जाँच्ने साहेव राव मर्ग, सुन पसले निर्मलकुमार विक, भन्सार एजेन्ट दिनेश बस्नेत र अमृत कार्की सुरक्षा गार्ड पक्राउ परेका थिए । नासु रेवन्तलाई विमानस्थलको भन्सार कार्यालयले पत्र लेखेपछि वैशाख ३०  गते पक्राउ गरिएको थियो ।

सीसीटीभी अनुसन्धान गर्दा नासु खड्काले लामो समय लगाएर भन्सारको गोदामभित्र सुन भरिएको भेप (विद्युतीय चुरोट) लाई साटेको देखिएको थियो । प्रारम्भिक अनुसन्धानमा उनले झोला र आफ्नो खल्तीमा राखेर सामान साटफेर गरेको देखिएको छ । उनले करीब १०–१५ दिन लगाएर सामान साटेको प्रारम्भिक अनुसन्धानमा देखिएको थियो । अहिले उनीहरूलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x