×

NMB BANK
NIC ASIA

कांग्रेस कार्यकर्ताले सार्वजनिक कार्यक्रममा गरे नेता शाहकाे अपमान

बुटवल | साउन ३१, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेसका नेता भरतकुमार शाह आफ्नै गृहक्षेत्रमा कार्यकर्ताबाट अपमानित हुनुपरेको छ ।

Muktinath Bank

पार्टी सभापति शेरबहादुर देउवाका विश्वासपात्र उनी रुपन्देहीको क्षेत्र नम्बर ५ मा आन्तरिक विशेष अभियानअन्तर्गत आयोजित कार्यक्रममा अपमानित मात्र भएनन्, उनीमाथि हातपात हुने अवस्था सिर्जना भयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शाहले बोल्ने क्रममा कांग्रेसका महासमिति सदस्य रहेका फखरुद्दीन खानप्रति लक्षित गर्दै ‘तपाईं जस्ता मान्छे कांग्रेसमा धेरै आए’ भनेपछि मञ्चमै रहेका खानले उठेर प्रतिवाद गरेका थिए । शाह सार्वजनिक लेखा समितिका पूर्व सभापति तथा अर्थ राज्यमन्त्री समेत हुन् । 


Advertisment
Nabil box
Kumari

कार्यक्रममा सहभागी एक कांग्रेस कार्यकर्ताका अनुसार कार्यक्रममा नेताहरूबीच गुट परिवर्तनले असन्तुष्टि बढेको कुरा छताछुल्ल भएको थियो । कार्यक्रममा खानले बोलिसकेपछि बोलेका शाहले खानप्रति लक्षित गर्दै ‘नेपाली कांग्रेस बुझ्न समय लाग्छ, नेपाली कांग्रेस त्यतिकै बुझिँदैन, तपाईं जस्ता मान्छे धेरै आइसके, मसिना बाबा हुनुहुन्थ्यो, जोतेन्द्र मोहन चौधरी हुनुहुन्थ्यो, छविलाल भुसाल हुनुहुन्थ्यो, उनीहरू कहाँ गए ? रामनारायण यादव यही हुनुहुन्छ, उहाँ पनि त २०४८ सालबाट कांग्रेसमा हुनुहुन्छ’ भनेपछि खानले उठेर शाहलाई थर्काएको भिडियोमा देखिएको छ ।

Vianet communication
Laxmi Bank

फखरुद्दीन खान सहितका युवाहरूले गुट बदलेर शाहको साथ छाडेपछि खानसँग रिसाएर सार्वजनिक कार्यक्रममै कांग्रेस नबुझेको आरोप लगाएका कारण त्यस्तो अवस्था सिर्जना भएको एक नेताले बताए । चुनावमा असहयोग गरेका केही नेताहरूलाई कारवाही भएपछि कार्यक्रममा विवादको अवस्था सिर्जना भएको बताइएको छ । उनले सार्वजनिक कार्यक्रममा खानले देखाएको रवाफले आफैंलाई कमजोर बनाउने शाहले लोकान्तरलाई जानकारी दिए ।

शाह प्रतिनिधिसभा र खान सोही क्षेत्रबाट प्रदेश सभामा उम्मेदवार थिए । दुवै नेता पराजित भएपछि असन्तुष्टि तीव्र भएको थियो । कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल परेपछि कांग्रेस रुपन्देहीमा संस्थापन पक्ष कमजोर हुँदै गएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x