×

Dabur

ललितानिवास प्रकरण

सीआईबीले मुद्दा चलाउनुपर्दैन भनेका सचिव राउत प्रतिवादी, सुधीर साहको हकमा मुद्दा चलेन

काठमाडाैं | भदौ १०, २०८०

NTC
Premier Steels
Marvel

ललितानिवास प्रकरणमा बहालवाला सञ्चार सचिव कृष्णबहादुर राउतलाई प्रतिवादी बनाउनु नपर्ने राय प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पेश गरे पनि उनलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर भएको छ ।

yONNEX
Sagarmatha Cement

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले आइतवार काठमाडौं जिल्ला अदालतमा दायर गरेको कीर्तेसम्बन्धी मुद्दामा २९० जनालाई प्रतिवादी बनाउँदा सञ्चार सचिव राउतको नाम समेत समेटिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राउतले उठाएको टिप्पणीका आधारमा सरकारी जग्गा हिनामिना भएकाले उनलाई समेत प्रतिवादी बनाइएको जिल्ला न्यायाधिवक्ता महेशप्रसाद खत्रीले लोकान्तरलाई बताए ।


Advertisment

‘उहाँको संलग्नता देखिएकाले प्रतिवादी बनाएर मुद्दा दायर भएको छ,’ जिल्ला न्यायाधिवक्ता खत्रीले लोकान्तरसँग भने ।

Vianet communication
Laxmi Bank

सीआईबीले राउतलाई असार २४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । तर, पछि उनी सर्वोच्च अदालतको आदेशबाट रिहा भएका थिए ।

राउतले उक्त टिप्पणी उठाएबापत कुनै लाभ लिएको नदेखिएको भन्दै सीआईबीले प्रतिवादी बनाउनुनपर्ने राय पेश गरेको थियो ।

'मन्त्रिपरिषदमा प्रस्तुत प्रस्तावमा निज कृष्णबहादुर राउतले मिति २०६७/३/१७ मा पेश गरेको टिप्पणीलाई आधार लिएको नदेखिएको, उक्त प्रस्ताव पेश भएबापत निज कृष्णबहादुर राउतले कुनै किसिमको आर्थिक वा अन्य लाभ समेत लिएको नदेखिएको र निजले आफ्नो पदीय दायित्व पूरा गर्ने क्रममा टिप्पणी उठाएको देखिएकाले निजको हकमा मुद्दा नचल्ने निर्णय हुन अनुरोध गरिएको छ,’ सरकारी वकिलको कार्यालयमा सीआईबीले पेश गरेको प्रतिवेदनमा भनिएको छ ।

यता पूर्व निर्वाचन आयुक्त सुधीर साहलाई भने सरकारी वकिलको कार्यालयले प्रतिवादी बनाएको छैन ।

‘उहाँको प्रत्यक्ष संलग्नता नदेखिएकाले प्रतिवादी बनाएका छैनौं,’ जिल्ला न्यायाधिवक्ता खत्रीले लोकान्तरसँग भने । 

सीआईबीले भने उनलाई मुद्दा चलाउनुपर्ने राय दिएको थियो ।

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

'क्लाइमेट चेन्ज' : नेपालजस्ता गरिब राष्ट्रको न्यायका लागि जलवायु कूटनीति सक्रिय बनाऔं

'क्लाइमेट चेन्ज' : नेपालजस्ता गरिब राष्ट्रको न्यायका लागि जलवायु कूटनीति सक्रिय बनाऔं

मंसिर २०, २०८०

जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

x