×

NIC ASIA

सारुक आत्महत्या प्रकरणबारे बोलिन् नम्रता श्रेष्ठ, भनिन्, ‘मेरो मौनतालाई कमजोरी नठान्नु’

काठमाडाैं | भदौ ११, २०८०

Prabhu Bank
NTC
Premier Steels

अभिनेत्री नम्रता श्रेष्ठले सारुक ताम्राकार आत्महत्या प्रकरणबारे पहिलो पटक बोलेकी छन् । नम्रताले सोमबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमा ‘केही वास्तविक सूचना प्रवाह गर्दैछु’ भन्दै लामो स्टाटस लेखेकी छन् । 

Muktinath Bank

उनले मिडिया तथा सामाजिक सञ्जालबाट आफूमाथि आक्रमण भएको गुनासो गर्दै आफ्नो मौनतालाई कमजोरी नठान्न आग्रह गरेकी छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सारुक सम्भावना बोकेका र सहयोगी भावना भएको कलाकार भएको बताउँदै उनको आत्महत्याले आफूलाई अचम्मित तुल्याएको पनि बताएकी छन् । 


Advertisment
Nabil box
Kumari

घटना केही समय अघि घटेको भएपनि अहिले सामाजिक सञ्जालमार्फत यसबारे बोल्न बाध्य भएको बताएकी छन् । ‘एक जना महिला भएकै कारण यति धेरै सामाजिक  आक्रमण भएको होला सायद । किनकी यो पुरुष प्रधान समाज हो ठीकै छ ।  मेरो मौनता लाइ कमजोरी नठान्न अपिल गर्दछु’ नम्रताले लेखेकी छन् ‘म एक महिला मात्र नभएर कलाकार पनि हो अनि नेपाली नागरिक । हरेक नेपाली नागरिकको बाच्न पाउने नैसर्गिक अधिकार हुन्छ । सायद यो देशमा कानुन मरेको छैन । यो कानुनी राज्य हो । झुटको खेती गर्नुहुने सबै दिग्गज महानुभावहरुलाई सत्यको बाटो हिड्ँनको लागी आग्रह गर्दछु ।’ 

Vianet communication

उनले घटनापछि आफूलाई धेरै मिडियाबाट फोन आएको बताउँदै आफ्नो फोन परिवारका सदस्यसँग हुने उल्लेख गरेकी छन् । मिडियामा बोल्दा अनुसन्धानमा असर पर्छ भनेर परिवारले यसबारे बोल्न अनुमति नदिएको पनि नम्रताले उल्लेख गरेकी छन् । 

चलचित्र निर्माण टिम र मृतकका परिवारसँग आफ्नो परिवारका सदस्यहरू र सहयोगीले सुरुका दिनहरुबाट पटक पटक सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउन नचाएको समेत नम्रताले उल्लेख गरेकी छन् । 

‘...जब मलाई प्रहरी प्रशासनबाट बोलावट भयो म तुरुन्त प्रहरी कार्यालयमा हाजिर भएर यो घटनासम्बन्धी डिटेल बताएँ । सो चलचित्रको मेकिङ टिम, कलाकारहरू सबै जनासँग सोधपुछ भइरहेको जस्तो लाग्छ । किनकी सो चलचित्रको कलाकार म मात्र थिइन्’  नम्रताले लेखेकी छन् ‘नेपाल प्रहरी विश्वकै टप अनुसन्धानमा अब्बल प्रहरी हो भन्ने भनाइ छ । आशा छ यो घटनाको सत्य तथ्य पक्कै पनि दूधको दूध पानीको पानी हुने गरी अनुसन्धान गर्ने छ भन्नेमा हामी पूर्ण आशावादी छौँ ।’ 

उनले आफू र परिवारको तर्फबाट प्रहरी प्रशासनलाई घटनाको अनुसन्धानमा पूर्ण साथ रहने बताएकी छन् । 

चलचित्र ‘ह्यासट्याग माया’मा काम गरिरहेका सारुकले गत असार २१ गते आफ्नै घरमा आत्महत्या गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

बैशाख ५, २०८१

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।  काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

बैशाख ६, २०८१

यतिबेला भारतमा बलिउडका स्टार अभिनेताहरूमाथि सुरक्षा खतरा बढेको छ । सलमान खानपछि शाहरख खानमाथि पनि सुरक्षा खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  केही दिनअघि मुम्बईस्थित सलमानको घरबाहिर फ...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x