×

NMB BANK
NIC ASIA

औल लाग्छ भन्ने डरले धरानमा रात बिताउने कमै हुन्थे । बरु माथि विजयपुर डाँडामा केही बस्ती थियो । धरानको बस्ती पातलो भएकाले कसको छोरा/नाति भनेर सबैबीच सजिलै चिनजान हुन्थ्यो । विजयपुर, बाँझोधारा, रेल्वे लाइन, घोपा क्याम्प फुस्रेमा बस्ती पातलो थियो । ४–५ वर्षको उमेरमा धरान झरेका वसन्त थापा त्यहीँ हुर्के, बढे र पढे । धनकुटाको डाँडागाउँ, चुलीवनबाट २०१० सालतिर उनको परिवार धरान झरेको थियो ।

Muktinath Bank

चारकोसे झाडी र पहाडको आसन हो, धरान । तराई–मधेशको औललाई चारकोसे झाडीले धरान जानबाट केही हदसम्म रोकेको हुनसक्ने थापाको अनुमान छ । उनको चेत जति बेला खुल्यो, त्यही बेलादेखि धरानमा शिक्षाको ज्योति, बस्ती र व्यापार विस्तार हुँदै गयो । त्यसैले उनी भन्ने गर्छन्, धरान नेपालको ‘लघुरूप’ हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भर्खर कारखाना खोलिएका बेला बुवा इन्द्रबहादुर थापा मजदुर बने । पछि इन्द्रबहादुर धरानमा ट्रेड युनियनका चर्चित नेताका रूपमा कहलिए । बुवाकै कारण थापाले वामपन्थी धारमा झुकाव राखे । अखिल, नेविसंघबाहेक त्यसबेला अर्को विद्यार्थी संगठन पनि अस्तित्वमा थियो, नेपाल राष्ट्रिय फेडेरसन । उनी ३० को दशकसम्म विद्यार्थी राजनीतिमा लागे । फेडेरसनको अध्यक्ष बनेपछि थापा राजनीतिबाट अलग भए । 


Advertisment
Nabil box
Kumari

२०२५ सालमा विराटनगरबाट प्रकाशित हुने ‘हिमचुली साप्ताहिक’मार्फत उनको लेखन यात्रा थालनी भयो । नेपाली, हिन्दी, अंग्रेजी र संस्कृत भाषामा थापाको पकड छ । बीचमा रोकिएको लेखनले सन् १९९१ मा ‘हिमाल त्रैमासिक’ प्रकाशन गरेपछि फेरि निरन्तरता पायो । पछि द्वैमासिक हुँदै पाक्षिकका लागि अन्त्यमा कनकमणि दीक्षितलाई स्वामित्व सुम्पिए ।

Vianet communication
Laxmi Bank

त्यही पाक्षिकमा उनले ‘ऋतुविचार’ स्तम्भ लेख्थे, जसको निकै चर्चा हुन्थो । दुई दर्जनभन्दा बढी किताब, जर्नल, फूटकर लेखहरू उनले सम्पादन गरेका छन् । अंग्रेजी र हिन्दी अनुवादलाई नेपाली भाषामा सरलीकृतरूपमा पस्कन पनि थापा माहिर छन् । उनै थापाले ‘हिजो र आज’को धरानबीच तुलाना गर्दै केही घतलाग्दा पक्ष उजागर गरेका छन् ।

त्यो पुरानो धरान

‘विजयपुर डाँडाभन्दा तल औलको डर थियो । त्यतिबेला अंग्रेजहरूले चारकोसे झाडीबाट रेल्वे लीगका लागि ‘स्लिपर’ राख्न सखुवा (साल)को काठ चिरान गरेर इन्डियातिर लग्थे ।

उनीहरूले कान्लामा दुईतिर खाँबो गाडेर त्यसमा राखी आरोले काठ चिर्ने रहेछन् । यसरी आरोले काठ चिर्ने संरचनालाई धरान पनि भनिँदो रहेछ । अंग्रेजहरूले त्यस्ता धरान चारकोसे झाडीमा कति हो कति निर्माण गरेका थिए । त्यसैका कारण धरान नाम हुन गयो । र, औलले छुन्न भनेपछि धरानमा बस्ती बस्दै गयो’, थापाले धरान नाम रहनुको रहस्य खुलाए ।

वीरशमशेरको पालामा धरानमा बस्ती बस्यो । धरानले शतवार्षिकी मनाएको हिसाब–किताब गर्दा सम्वत् १९५७ बाट धरानमा बस्न शुरू भयो । सम्वत् १९९० को भुइँचालोबाट धरान ध्वस्त बन्यो । पछि चन्द्रशमशेरको पालमा धरान उठ्यो । पहिले पुरानो बजारलाई चन्द्रनगर र नयाँ बजारलाई जुद्धनगर भनिन्थ्यो, अहिले त्यो नाम हराएको थापा बताउँछन् ।

कोस अर्थात् दूरी मापनको पुरानो इकाइ । दुई किलोमिटरको एक कोसका हिसाबले ४ कोस बराबरको क्षेत्रफलमा फैलिएको जंगललाई चारकोसे झाडी भनिन थाल्यो ।

पूर्वमा मेचीदेखि पश्चिम महाकालीसम्म चारकोसे झाडी त कति हो कति, बरु अहिले कम हुँदै गएको थापाको विश्लेषण छ ।

‘चारकोसे झाडी भनेपछि घाम छिर्दैनथ्यो । असामबाट हात्तीको हुल आउँथ्यो । त्यो बेला मधेश–तराईलाई ‘तरी’ भनिन्थ्यो’, उनले थपे, ‘यही चारकोसे झाडी तरी बेल्ट भएर पूर्व–पश्चिम फैलिएको हो ।’

कोशी बाँधको ‘प्रोजेक्ट’ आयो । त्यहाँ चाहिने ढुंगा, गिट्टी, बालुवा–रोडा सबै धरानको विजयपुर पहाड फोडेर लगियो । त्यहीबेला मालबाहक रेलका लागि सानो लीग बनाइयो ।

‘सर्दीखोलको पाखोमा घिर्लिङ (रोपवे) राखेर तलसम्म गिट्टी, ढुंगा झारेर त्यही मालबहाक रेलमा लोड गरी कोशी बाँधमा पुर्‍याइन्थ्यो । घोपा क्याम्प, चक्रघट्टी, भीमनगर हुँदै सानो रेलका लागि लीग बनाइएको थियो । लरी सन् १९९० पछि आयो । अहिले सबै फालेर घडेरी भयो’, उनले भने ।

सफा शहर धरानमा पानीको अभाव उहिलेदेखि नै हो । त्यही नाराले अहिलेका मेयर हर्क साम्पाङ ‘पपुलर’ बनाएका हुन् । धरान कृषियोग्य ठाउँ होइन । भिरालो बनावट छ । झरी परे पनि धरानको माटोले पानी सोस्दैन । सधैँ सुख्खा हुने धरानको विशेषता हो । चारकोसे झाडीले दिने हावा भने एकदम शीतल छ । मानव बस्तीका लागि भने निकै उपयुक्त धरान पूर्व पहाडी भेगका लागि मूलद्वार हो । सोही कारण धरानमा बस्ती विस्तार भएको उनले सुनाए ।

सम्वत् २००७/८ सालतिर धरानमा गाडी चल्थ्यो । ४०–४५ किमीमा भारतको सीमा जोगवनी पुगिने । धरानमा पत्र आउँदा भारतको जिल्ला पूर्णियाको पोस्ट अफिसको नाममा आउँथ्यो । 

‘मैले पत्रमित्रता गर्थें । जोगवनी जोडिएको जिल्ला पूर्णिया पोस्ट अफिस धरान भनेर पत्र आइपुग्थ्यो । मैले त्यही ठेगानामा धेरैसँग पत्रमित्रता गरेको थिएँ’, थापाले सम्झिए ।

यातायात, पहाडबाट ढाकरको जमघट, शिक्षाको चेतना फैलिएको सम्वत् २००४ सालदेखि नै हो ।

२००४ सालमा पुस्तकालय, २००५ सालमा पिण्डेश्वर संस्कृत विद्यालय, २००६ सालमा शारदा गर्ल्स हाइस्कूल, २०१२ सालमा धरान इन्टर कलेज स्थापना भइसकेको स्मरण गर्छन्, थापा ।

अर्कातिर धरानले व्यापारिक पहिचान पनि बनाउँदै गयो ।

‘भेडेटार, पाँचथर, ताप्लेजुङ, संखुवासभा, भोजपुरबाट जडिबुटी, गेडागुडी, फलफूल, बेसार, आलु आउँथ्यो । धरानबाट नुन, तेल, मर-मसला, सिद्रा, कपडा किनमेलका लागि बजार विस्तार भयो’, थापाले भने, ‘व्यापारका लागि मारवाडी र नेवारहरूको बाक्लो बस्ती धरानमा थियो ।’

धरानको ‘उत्कर्ष’

पहाडका मुखिया र जमिन्दारले तराईतिर (इटहरी वरपर) जग्गा जमिन किने । थारुहरू कमैयाका रूपमा बसे । उत्पादन गरेका दाल, चामल, गहुँको भण्डारणस्थल धरान बन्यो । पहाडका हुने खानेले घर बनाए । छोरा–छोरीलाई शिक्षादिक्षाका लागि पनि घर अनिवार्य भएपछि धरान फराकिलो बन्दै गयो । 

‘धरान बजारको माथिल्लो टुप्पो (फुस्रे डाँडा)मा सम्वत् २०१० सालतिर ब्रिटिश सरकारले अस्थायी क्याम्प (हाल नेपाली सेनाको ब्यारेक रहेको स्थान) निर्माण गर्‍यो । त्यही अस्थायी क्याम्पमा बसेर ब्रिटिश सरकारका प्रतिनिधि घोपा क्याम्प निर्माण गरी सन् १९५९ तिर तल सरे अनि १९९९ मा उठे’, थापाले भने, ‘त्यसपछि धरानको मुहार फेरिँदै गयो ।’

ब्रिटिश आर्मीमा भर्ती हुनका लागि पूर्वमा दार्जिलिङ र पश्चिममा गोरखपुर कुनाघाट पुग्नुपर्थ्यो । ब्रिटिशले पक्लिहवामा सानो क्याम्प राखेर पश्चिमका मगर, गुरुङहरूलाई भर्ती गर्न थाल्यो ।

घोपा क्याम्पभित्रको संरचना र व्यवस्थापन बेलायती ‘सिस्टम’मा हुन्थ्यो । ब्रिटिश सरकारले पैसा पनि छ्यालब्याल बनायो । तल्लो तहमा मजदुरीको काम गर्नका लागि धराने मजदुर थिए । तर, अन्य सिस्टम चलाउन पढेलेखेका व्यक्ति चाहियो । रोजगारी सिर्जना भएपछि दक्ष जनशक्तिका रूपमा दार्जिलिङ, कालिम्पुङबाट काम गर्न मान्छे आए । उनीहरूमध्ये धेरैजसो धरानमै बसोबास गरेको थापा सम्झन्छन् ।

‘अस्पताल, स्कूल, फूटबल मैदान, गल्फ कोर्स, सिंगल जहाज अवतरणका लागि एयरपोर्ट सबै सुविधा थियो, घोपा क्याम्पभित्र । त्यहाँ काम गर्ने दक्ष जनशक्ति पढेलेखेका थिए । उनीहरू आएपछि धरानले सहजै फड्को मार्‍योे’, थापाले सम्झिए ।

ब्रिटिश क्याम्पमा काम गर्न आएका दार्जिलिङ, कालिम्पुङका दक्ष जनशक्ति तथा २००४ सालदेखि धरानमा खुलेका पुस्तकालय, स्कूल, क्याम्पससँगै वनासर, अहमदावादलगायतमा पढेका व्यक्तिहरूको जमघटको थलो बन्यो, धरान । ‘साहित्यकार, कलाकार, नाटककार, गीतकार, राजनीतिज्ञ सबै पढेलेखेकाको जमात बन्यो । ०३० को दशकमा धरानलाई बौद्धिक सहर भनेर चिनिन्थ्यो’, उनले भने । 

पूर्वी नेपालका जवानहरू धरानबाटै भर्ती हुन थाले । रिटायर्ड भएपछि त्यहीँ घर बनाएर बसे । ‘०३० को दशकतिर आइपुग्दा धरान लाहुरे शहर भइसकेको थियो । उतिबेला मतवाली र तागाधारी भन्ने चलन थियो । तागाधारी भन्ने बाहुन–क्षेत्रीहरू विस्तारै धरान छाडेर इटहरीतिर गए’, थापाले भने, ‘त्यसैको रिफ्लेक्सन हो, अहिलेसम्म धरानको मेयर सधैं राई लिम्बू नै हुने गरेका छन् ।’

वसन्त थापाका बुवा इन्द्रबहादुर धरानमा कहलिएका वामपन्थी मजदुर नेता थिए । साविक धरान नगरपालिकाको पहिलो चुनावमा नगर प्रमुखदेखि ९ मध्ये ६ वडामा वामपन्थीहरूले एकलौटी जिते । 

बाँकी ३ मध्ये २ वडामा वामपन्थी पक्षधरले समर्थन गरेकाले जिते । एउटा वडा कांग्रेसले जितेको थापा स्मरण गर्छन् ।

पछिल्लो धरान

२०२६ सालदेखि काठमाडौं छिरे पनि थापाका नसनाता, पुर्ख्यौली श्रीसम्पत्ति सबै धरानमै छ ।

‘मैले माथि भनिसकें नि, धरान नेपालको एउटा ‘लघुरूप’ हो । पहिले ७५ जिल्ला हुँदा चितवनलाई ७६ जिल्ला भन्ने चलन थियो । मैले धरानलाई ७६ जिल्ला भन्थें । सिक्किम, बर्मा, दार्जिलिङ, कालिम्पोङ र सबै जिल्लाबाट आएकाहरूबाट धरानको समाज निर्माण भएको हो ।’

अहिले धरान जुन किसिमले ‘असहिष्णुताको इपिसेन्टर’ बन्न खोजेको छ, त्यो मुलुककै लागि खतराको घन्टी भएको थापाको विश्लेषण छ ।

मेयर हर्क साम्पाङबारे पनि उनले उनले आफ्नो दृष्टिकोण पेश गरे ।

‘जुन दिनदेखि धरान बन्यो, त्यही दिनदेखि पानीको समस्या हो । अहिले जनश्रमदान, आर्थिक सहयोगबाट पानी ल्याउने काम हर्कले गरेका छन् । उनको कामबाट उनी पपुलर भएका छन् । तर, त्यो वैज्ञानिक छ कि छैन ? पहिरो, बाढीले बगाएपछि त्यसको जवाफदेही हर्क बन्ने किन बन्ने ? उनले कामबाट जवाफ दिएको सत्य हो । तर, मुख छुच्चो भयो ।’

दलहरूको अक्षम कार्यशैलीबाट वाक्क भएका जनताले हर्कलाई जिताए ।  तर, विभिन्न जिल्लाका व्यक्ति, जातजाति, विभिन्न धर्मालम्बीहरूलाई सही हिसाबले व्यवस्थापन गर्न नसक्दा स–सानो कुराले उनीहरू तरंगित हुने गरेको थापाको विश्लेषण छ ।

‘अहिले जे जति कारण धरान असहिष्णुताको पर्यावाचीजस्तो बन्न खोजेको छ, त्यसले धरान मात्रै होइन, मुलुकका लागि पनि अहित गर्छ’, उनले भने ।

वामपन्थी स्कूलिङमा हुर्किएका थापा थप्छन्, ‘दलहरू अझै नसच्चिने हो भने हर्क, घण्टीजस्ता सिद्धान्तविहीन शक्तिहरू उदाउन झन् मलजल हुन्छ । तर, त्यो समाधान होइन ।’

थापाका अनुसार धरान खासमा बंगुरको मासुका लागि चर्चित हो । अहिले ‘धराने कालो बंगुर’ भनिएकोमा भने उनको फरक मत छ ।

‘धराने पहिचान कालो बंगुर होइन । पहिले धरानमा डुम, चमारहरूले तराईबाट हर्रा, पाते सुंगुर लिएर आउँथे । त्यसलाई धरानेले पालेर मासु बेच्थे । कालो बंगुरको कथा छुट्टै छ, अहिले लामो हुन्छ, नभनौं’, थापाले भने ।

धरानमा गोरुको सुकुटी पाइन्छ भन्ने धेरैलाई जानकारी भए पनि अहिले ‘अतिवादी’ शैलीमा गाई–गोरु काटेर प्रचार गर्नु उचित नभएको उनको तर्क छ ।

‘गाई–गोरु काटेर खाएँ भनेर प्रचार गर्नु गलत हो । यो कसैको उक्साहटमा त भएको छैन भन्ने प्रश्न उब्जिन्छ । गेरुवस्त्र लगाएर त्यस्तो जुलुस भएको इटहरी र धरानको इतिहासमा कहिल्यै देखिएको थिएन । यो भारतमा फैलिएको हिन्दूइज्मको प्रभाव हो । हाम्रा नेताहरू बेलैमा सचेत हुनुपर्छ ।’

‘ऋतुविचार’ स्तम्भको सम्झना गर्दै त्यही शैलीमा उनको केही सुझाव छ ।

‘एउटाले हिङ हालेको तरकारी नखाने, अर्कोले हिङ हालेको तरकारी नखाई नछाड्नेजस्तो भयो कोशी र किराँत प्रदेशको सबाल । मैले ऋतुविचारमा लेख्ने शैलीमा साथीहरूलाई ख्यालख्यालैमा भनेको थिएँ, ‘कोकि’ प्रदेश नामाकरण गर । ‘को’ भन्नाले कोशी, ‘कि’ भन्नाले किराँत’, उनले थपे, ‘दुवैले दुवैको अस्तित्व स्वीकार्नु उपयुक्त हो ।’

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x