×

NMB BANK
NIC ASIA

एसिया कपमा पाकिस्तानको अहिलेसम्मकै सानदार जित, यसकारण हार्‍यो नेपाल

काठमाडाैं | भदौ १३, २०८०

NTC
Premier Steels

क्रिकेटमा विश्व नम्बर १ को स्थान कब्जा गरिरहेको पाकिस्तानले बुधबारदेखि सुरु भएको एसिया कपमा धमकेदार सुरुवात गरेको छ । पाकिस्तानी टिमले पहिलो पटक प्रतियोगितामा सहभागी भएको नेपालविरुद्ध २३८ रनको सानदार जित हासिल गरेको हो । एसिया कप इतिहासमा पाकिस्तानको लागि यो हालसम्मकै सानदार जित हो । 

Muktinath Bank

मुल्तान क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पुरा ५० ओभर खेल्दै ६ विकेटको क्षतिमा ३४२ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको नेपालले २३.४ ओभरमा अलआउट हुँदै जम्मा १०४ रन बनायो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पाकिस्तानको सानदार जितमा बाबर आजम, इफ्तिखार अहमद  र शादाब खान नायक रहे । 


Advertisment
Nabil box
Kumari

भारी रनको यो जितको रेकर्ड एसिया कपको पुरा इतिहास केलाउँदा भने दोस्रोमा पर्छ । सबैभन्दा फराकिलो जितको रेकर्ड भारतको नाममा छ । भारतले सन् २००८ मा हङकङलाई २५६ रनले हराएको थियो । 

Vianet communication

पाकिस्तानकै हकमा भने यो हालसम्मकै फराकिलो जित हो । यसअघि पाकिस्तानले बंगलादेशलाई सन् २००० मा २३३ रनले हराएको थियो । 

यस्तै समग्रमा वान डे इतिहासको यो तेस्रो सर्वाधिक सानदार जित हो । पाकिस्तानले सन् २०१६ मा आयरल्यान्डलाई २५६, २०१८ मा जिम्बाब्वेलाई २४४ रनले हराएको थियो । 

किन हार्‍यो नेपाल ?

पहिलो पटक एसिया कप खेलिरहेको नेपालको अन्तर्राष्ट्रिय जगतमा चर्चा पनि भइरहेको छ।  गत वैशाखमा  घरेलु मैदानमा भएको एसिसी प्रिमियर कपको विजेताको हैसियतले नेपालले एसिया कपमा सहभागिता जनाएको हो ।

भारतीय र केही क्रिकेटसँग सम्बन्धित मिडियाहरूले मुख्यतः पाकिस्तानसँगको खेलमा नेपाली खेलाडीमा अनुभवकै कमी देखिएको टिप्पणी गरेका छन् । नेपाली टिम तीन वटै क्षेत्र बलिङ, ब्याटिङ र फिल्डिङमा फिक्का देखिएको टिप्पणी गरेका हुन् । 

सुरुमा उत्कृष्ट फिल्डिङ गर्दै नेपाली टोलीले पाकिस्तानी खेलाडीहरूलाई दबाब दिन सफल भएका थिए । तर, त्यसपछि पाकिस्तानले खेल सुधार्यो । सम्हालिएर खेल्दै पाकिस्तानी कप्तान बाबर आजम र इफ्तिखार अहमदले शतकको योगदान दिए । उनीहरुकै शतकको मद्यतमा पाकिस्तानले ३४२ रन बनाउन सक्यो । 

पहिलो, नेपालले मिडल आवर्समा विकेट लिन सकेन भने दोस्रो विशाल योगफल पछ्याउने क्रममा खराब सुरुवात हुन पुग्यो । यस्तै विश्व नम्बर एकको ताज बोकिरहेको पाकिस्तानको बलिङ नेपाली ब्याट्सम्यानले सहीरुपमा सामना गर्न सकेनन् । जुन हारको कारण बन्न पुग्यो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x