×

NMB BANK
NIC ASIA

एमाले लुम्बिनीको चुनावपछि कँडेल र रिजालले साटे हार्दिकता, मिसन– २०८४ मा केन्द्रित हुने वाचा

बुटवल | भदौ २०, २०८०

NTC
Premier Steels

एमाले लुम्बिनी प्रदेशको अधिवेशनमा अध्यक्ष पदका उम्मेदवार राधाकृष्ण कँडेल र हरि रिजालबीच कडा टक्कर थियो । अन्तिम पाँच मतमात्र गणना गर्न बाँकी रहँदासम्म उनीहरूको मत बराबर भयो । तर अन्त्यमा कँडेलले बाजी मारे ।

Muktinath Bank

विजयी कँडेलले ४ सय ७९ मत प्राप्त गर्दा रिजालले ४ सय ७७ मत पाए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्युठानका रिजाललाई मात्र दुई मतान्तरले पराजित गरेका पाल्पाका कँडेलबीच मत परिणामपछि पनि हार्दिकता देखायो ।


Advertisment
Nabil box
Kumari

मतगणनास्थल बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बाआईसीसी) मा राति नै कँडेललाई बधाई दिएर निस्किएका रिजाल बुधवार बिहान एमाले पार्टी कार्यालयमा निर्वाचितहरूलाई शपथ ग्रहण कार्यक्रममा पनि उपस्थित भएर कँडेलसँग हार्दिकता बाँडे ।

Vianet communication

शपथग्रहण कार्यक्रममा पुगेर रिजालले भने, ‘पार्टीको आन्तरिक चुनावमा पराजित भए पनि पार्टीमा सशक्त भएर लागिरहने छु ।' उनले पार्टीका हरेक काममा खटिँदै अध्यक्षलाई सहयोग गर्न आफू सधैं तयार रहेको बताए । निर्वाचनबाट शिक्षा लिँदै अघि बढ्ने उनको भनाइ थियो ।

नेकपा एमाले लुम्बिनी प्रदेशका नवनिर्वाचित अध्यक्ष कँडेलले संगठन सुदृढ र व्यवहारमा गतिशीलता प्रदान गर्दै पार्टीलाई आगामी निर्वाचनमा पहिलो शक्ति बनाउने गरी आफू लाग्ने बताएका छन् ।

मतदानबाट नयाँ नेतृत्व चयन भए पनि हामी सबै एक ठाउँमा रहेको बताउँदै उनले एमाले लुम्बिनी अब मिसन–२०८४ मा केन्द्रित हुने बताए ।

निर्वाचित भएपछि लोकान्तरसँग कुराकानी गर्दै कँडेलले भने, ‘हामी सबै एकै ठाउँमा छौं । उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको कुनै गुट छैन । हाम्रो मिसन लुम्बिनी प्रदेशमा आउँदो निर्वाचनमा बहुमतसहित पहिलो शक्तिका रुपमा पार्टीलाई स्थापित गर्ने हो । अब हारजित सकियो । लोकतान्त्रिक प्रक्रियामा गइसकेपछि अब त्यसलाई स्वीकार गरेर हामी अघि बढ्नुपर्छ । अब प्यानल छैन । गुट छैन पार्टीलाई एकढिक्का बनाएर अघि बढ्नेछु ।’

कँडेलले थपे, ‘प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा पार्टीलाई बहुमत प्राप्त पार्टीका रुपमा स्थापित गर्ने मिसन २०८४ को कुरा हो ।’ एमालेलाई अग्रगति दिएर मुलुकका समस्याप्रति गम्भीर बन्दै देशलाई कसरी समृद्धितर्फ डोर्‍याउन सकिन्छ स्पष्ट दृष्टिकोण आफूसँग रहेको कँडेलले बताए ।

पार्टीको सैद्धान्तिक र वैचारिक आधार बलियो बनाउँदै स्पष्ट दृष्टिकोण विचार र कार्ययोजना बनाएर आफू काममा केन्द्रित हुने नवनिर्वाचित कँडेलले स्पष्ट पारे ।

आन्तरिक लोकतन्त्रलाई बलियो र सुद्धृढ गर्दै पार्टीलाई थप एकताबद्ध बनाउने गरी अधिवेशन सम्पन्न भएको उनले बताए । पार्टीको नीति, विचार र सिद्धान्तको आधारमा नै पार्टी एकताबद्ध गर्ने भएकाले व्यक्तिगत केही कुरा नहुने उनले भनाइ छ ।

राष्ट्र र जनताप्रति बफादार भएर काम गर्ने उनले बताए । ‘हाम्रा लक्ष्य र मिसन छन्’ कँडेल भन्छन्, ‘मिसन २०८४ मा सबै तहमा जित्ने गरी हामीले हाम्रो संगठनलाई मजबुत बनाउने, चलाएमान बनाउने र अघि बढ्ने कुरा प्रमुख कुरा हो ।’

आफूहरू समूह बनाएर चुनाव नलडेको उनको भनाइ छ । ‘हामी समूह बनाएर चुनाव लडेको होइन । व्यक्तिगत हिसाबले चुनाव लडेको हो । समूहगत चुनाव लडेको भए जहाँ पनि दुई/दुई वटा प्रतिस्पर्धी मात्र हुनुपर्ने हो । अध्यक्षमा मात्रै दुई जना हो । अन्य पदमा त्यस्तो छैन । १० जना चाहिने ठाउँमा २० भन्दा बढी उम्मेदवार पनि हुनुहुन्छ ।’ उनले भने, ‘पार्टीका नेता अध्यक्ष केपी शर्मा ओलीलाई मानेर हामी अघि बढ्ने हो । पार्टीका मार्गदर्शन जबजलाई पछ्याउँदै अघि बढ्छौं । पार्टीको १० औं राष्ट्रिय महाधिवेशनबाट पारित भएका दस्तावेज, कार्यनीति, रणनीतिक लक्ष्य र कार्यदिशालाई पछ्याएर अघि बढ्छौं ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x