×

Dabur

नेम्वाङको स्मरणमा वामदेव

‘राष्ट्रपति नआएपनि संविधान जारी हुन्छ भनेर रामवरणलाई बाध्य पार्नुभएको थियो’

काठमाडाैं | भदौ २६, २०८०

NTC
Premier Steels
Marvel

त्यसबेला सुवास नेम्वाङ संविधानसभाको अध्यक्ष हुनुहुन्थेन भने वर्तमान नेपालको संविधान दोस्रो संविधानसभाबाट पनि जारी हुन सक्ने थिएन ।

yONNEX
Sagarmatha Cement

पहिलो संविधानसभालाई अन्तर्राष्ट्रिय स्वार्थका कारण योजनाबद्ध रूपमा असफल गराइयो । दोस्रोपटक आयोजित संविधानसभालाई असफल गराउन फेरि त्यही खेल भिन्न तरिकाबाट शुरू भयो । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई अविश्वासको प्रस्तावबाट हटाएर राष्ट्रिय सहमतिको सरकार बनाउने नाममा त्यो विषय अगाडि बढाइएको थियो । जसलाई संविधानसभा बैठकमा डा.बाबुराम भट्टराईले प्रस्ताव गर्नुभएको थियो । उहाँको प्रस्तावको समर्थनमा प्रचण्ड, झलनाथ खनाल र माधव नेपालले सम्बोधन गर्नुभएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसलगत्तै बसेको एमाले स्थायी कमिटीको अनौपचारिक बैठकमा राष्ट्रिय सहमतिको सरकार बनाउने प्रस्ताव अगाडि सारियो । तर, पछि स्वयं झलनाथ खनाल र माधव नेपालले संविधानसभामा आफूहरूले व्यक्त गरेको विचार गलत रहेको स्वीकार गर्दै यो संविधान जारी हुन नदिने षड्यन्त्र भनेपछि बैठकले त्यो प्रस्तावलाई अस्विकार गर्‍यो ।


Advertisment

त्यसपछि प्रचण्डले पनि आफूलाई 'करेक्सन' गर्नुभयो । यसरी संविधानसभाबाट संविधान जारी हुन नदिने दोस्रो विदेशी चलखेल असफल भयो । यो घटना २०७२ साल साउनको पहिलो हप्तामा घटेको थियो । 

Vianet communication
Laxmi Bank

संविधान जारी हुन नदिने तेस्रो र अन्तिम विदेशी चलखेल भदौदेखि तीव्र गतिमा शुरू भयो । संविधानसभा अध्यक्षलाई विदेशी खेलबारे जानकारी भएपछि जुनसुकै हालतमा संविधान जारी गर्न उहाँको सक्रियता अगाडि बढ्यो । भदौको दोस्रो सातासम्ममा संविधान जारी गर्ने तयारी अन्तिम अवस्थामा पुग्यो । त्यसपछि  संविधान जारी गर्ने विषयलाई असफल बनाउन राष्ट्रपति रामवरण यादवलाई प्रयोग गर्ने खेल शुरू भयो । तर, यो सबै जानकारी संविधानसभा अध्यक्षलाई गुप्तरूपमा भइरहन्थ्यो ।

अध्यक्षले धैर्यतापूर्वक संविधानसभाको बैठकबाट नेपालको संविधान जारी गर्ने प्रक्रिया सबै पूरा गराउनुभयो । त्यसपछि राष्ट्रपतिलाई संविधानसभाबाट संविधान जारी गर्ने सहमतिका लागि अनेकपटक अनुरोध गर्नुभयो । राष्ट्रपतिले सिंगो तराईका राजनीतिक पार्टीहरू तयार नभएको तर्क दिँदै संविधान जारी गर्न मानिरहनुभएको थिएन । आफ्ना विनम्र प्रयत्नहरू असफल भएपछि पनि संविधानसभा अध्यक्षले आश्विन २ गते राष्ट्रपति भवन गएर यो युगीन महत्त्वको ऐतिहासिक अवसर नगुमाउन राष्ट्रपतिलाई अनुरोध गर्नुभयो ।

राष्ट्रपतिलाई यो पनि जानकारी गराउनुभयो कि उहाँ नआए पनि संविधानसभाबाट नेपालको संविधान जारी हुनेछ । संविधान जारी गर्ने पूर्ण अधिकार संविधान सभालाई नै रहेको पनि राष्ट्रपतिलाई जानकारी गराउनु भयो । उहाँ फर्केर निवास आएपछि राष्ट्रपतिले फोन गरी संविधान जारी गर्ने ऐतिहासिक कर्तव्य मैले पूरा गर्छु भनेर जानकारी गराउनुभएको थियो । सोहीअनुसार २०७२ साल आश्विन ३ गते  नेपालको संविधान जारी भयो । 

म आज सम्झन्छु, ठीक समयमा ठीक निर्णय गर्ने त्यो बौद्धिकता र साहसी व्यक्तित्वसहितको सुवास हुनुहुँदैनथ्यो भने त्यस समयमा अकल्पित घटना पनि हुनसक्ने थियो । कमरेड एवं सहयोद्धा तथा नेपाली जनताका प्रिय नेता सुवास लाल सलाम ! तपाईं नेपाली जनताको मनमा युगौंयुगसम्म बाँचिरहनुहुनेछ !!

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
भदौ २४, २०८०

कोट नेपालीहरूको अनिवार्य पोसाकजस्तै बनिसकेको छ । विवाह-ब्रतबन्ध, भोजभतेर होस् वा बर्थडे पाटी जताततै कोट लगाउने चलन बढ्दो छ । पाटी भन्नेबितिक्कै पार्टीको कुरा पनि आइहाल्छ । अहिले पार्टी प्रवेश र परित्याग गर्द...

असार २५, २०७९

सातु नेपालीहरूको धेरै पुरानो र मौलिक परिकार हो । सातु बिहानको खाजा मानिने भए तापनि पछिल्लो समय यसलाई बिहान, दिउँसो, साँझ कुनै पनि समय खान थालिएको छ । कुनै समय सातु भनेर हेप्ने यो परिकार अति स्वास्थ्य...

साउन १३, २०८०

उनकै कार्यकर्ताले मानेनन्, अझ भनौं झन् बढी उल्लंघन गरे, यो बेग्लै कुरा हो तर सरकारबाट हटेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एउटा असाध्यै राम्रो कुरा गरेका थिए २०७८ फागुन २७ गते पोखरामा । अन्य दलका क...

मंसिर ८, २०८०

दुई वर्षअघि नेपाल पीएचडी एसोसिएसनको काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्यसमिति बनायो । म कोषाध्यक्षमा निर्वाचित भएँ । मैले कार्यसमितिका साथीहरूको सामूहिक तस्वीरसहित ट्विटर र फेसबूकमा यो विषय पोस्ट गरें । त्...

साउन २७, २०८०

भोजकुमारी शाहलाई चिन्न अब गाह्रो छैन । काम र साहसले पछिल्लो समय उनलाई धेरैले चिन्न थालेका छन् । किचनको कमाण्ड महिलाले सम्हाल्नु घरका लागि त कुनै ठूलो कुरा होइन तर चारतारे होटलको ‘एक्जिक्युटिभ सेफ&rs...

साउन २०, २०८०

माछा धेरैलाई मनपर्छ, त्यसमा पनि टाउको मन पराउने धेरै हुन्छन् । माछाको टाउको खाने चलन नेपालमा मात्र होइन, संसारमा प्रायः सबै देशहरूमा माछाको परिकारलाई मन पराएको पाइन्छ । माछाको टाउकोमा धेरै पोषक तत्वहरू ...

'क्लाइमेट चेन्ज' : नेपालजस्ता गरिब राष्ट्रको न्यायका लागि जलवायु कूटनीति सक्रिय बनाऔं

'क्लाइमेट चेन्ज' : नेपालजस्ता गरिब राष्ट्रको न्यायका लागि जलवायु कूटनीति सक्रिय बनाऔं

मंसिर २०, २०८०

जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

x