×

NMB BANK
NIC ASIA

प्रशासनले अस्पताल बन्द गर्न निर्देशन दिएको भोलिपल्टै स्थानीय तहले दियो खोल्न अनुमति

कैलाली | भदौ २७, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

स्थानीय प्रशासनले अस्पताल बन्द गर्न निर्देशन दिएको दोस्रो दिनमै धनगढी उपमहानगरपालिका कार्यालयले धनगढीको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालि सञ्चालनको अनुमति दिएको छ । 

Muktinath Bank

अनुगमन निरीक्षणका क्रममा अनुमति नलिएको पाइएपछि जिल्ला प्रशासन कार्यालय कैलालीले मङ्गलबार धनगढीको स्वस्तिक अस्पतालसहित सञ्जीवनी अस्पताल बन्द गर्न निर्देशन दिएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धनगढी उपमहानगरपालिका–३ को चटकपुरमा स्वास्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालि र वडा नं ५ मा सञ्जीवनी अस्पताल प्रालि सञ्चालनमा छन् । सञ्जीवनी अस्पताललाई भने उपमहानगरपालिका कार्यालयले सञ्चालनको अनुमति दिएको छैन । 


Advertisment
Nabil box
Kumari

सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बिना दर्ता सञ्चालन भइरहेको गुनासो आएपछि अस्पताल बन्द गर्न निर्देशन दिइएको बताए । उनले भने, “केही दिनअघि स्वस्तिक अस्पतालमा बिरामी मृत्युको घटना भयो, सो अस्पतालले अनुमति लिएको नपाइएपछि बन्द गर्न लगाइएकोमा आज स्वस्तिक अस्पताल सञ्चालनको अनुमति दिएको बोधार्थ आएको छ ।”

Vianet communication
Laxmi Bank

केही दिनअघि सो अस्पतालमा कञ्चनपुरका मिर्गौलासम्बन्धी एक बिरामीको शल्यक्रिया गर्ने क्रममा गरिएको लापरवाहीले मृत्यु भएको थियो । मृतक पक्षलाई क्षतिपूर्ति भराउने सहमतिपछि घटना साम्य पारिएको थियो । जिल्ला प्रहरी कार्यालय, स्वास्थ्य निर्देशनालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला स्वास्थ्य कार्यालयको एक टोलीले मङ्गलबार यी अस्पतालको स्थलगत अनुगमन गरेको थियो । 

पन्ध्र शय्या अस्पतालका लागि स्थानीय तह, २५ देखि एक सय शय्याको अस्पताल सञ्चालनका लागि स्वास्थ्य निर्देशनालय, एक सयदेखि दुई सय शय्याको अस्पताल सञ्चालनका लागि सामाजिक विकास मन्त्रालय र योभन्दा बढी शय्याको अस्पताल सञ्चालनका लागि सङ्घबाट स्वीकृति लिनुपर्ने व्यवस्था रहेको जनाइएको छ ।  

सञ्जीवनी अस्पताल प्रालिका सञ्चालक दुष्यन्त बस्नेतले दर्ता प्रक्रियामा रहकै अवस्थामा स्थानीय प्रशासनको निर्देशन आएपछि अस्पताल बन्द गरिएको बताए । “दर्ता गरिपाउँ भनेर गत असार ३ गते दिएको निवेदनको आधारमा उपमहानगरपालिका कार्यालयको टोलीले अनुगमन गरेर दर्ता गर्न उचित हुने रायसुझावसहितको प्रतिवेदन दिइसकेको थियो”, बस्नेतले भने, “आफूहरूलाई उपमहानगरपालिकाले नियोजितरूपमा सञ्चालनको अनुमति दिएन ।” 

धनगढीको मुख्य सडकको पार्क मोडमा घर भएका बस्नेतलाई घर संरचनाको केही भाग भत्काएर सडक फराकिलो बनाउने काममा सघाउन उपमहानगरपालिका कार्यालयले आग्रह गर्दै संरचना भत्काउने सूचना टाँस गरेको थियो । बस्नेतले भने आफ्नो सम्पत्तिको संरक्षणका लागि पुनरावेदन अदालतमा मुद्दा दिएका थिए । अदालतले संरचना नभत्काउन नपाउने गरी आफ्नो पक्षमा फैसला गरेको बस्नेतले बताए । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x