×

NMB BANK
NIC ASIA

महिला तथा पुरुष राष्ट्रिय भलिबल : न्यूडाइमण्डको दोहोरो जित

काठमाडाैं | भदौ ३०, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

पोखराको लामाचौरमा भदौ २९ गतेदेखि सुरु भएको महिला तथा पुरुष राष्ट्रिय भलिबल कपमा आज लिग चरणका छ खेल सम्पन्न भएका छन् ।

Muktinath Bank

नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स)ले हरितालिका तीज पर्वका अवसरमा राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गरेको हो । काठमाडौँको न्यूडाइमण्ड युथ स्पोर्टस् क्लबले आज भएको महिलातर्फको दुई खेलमा जित हासिल गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पहिलो खेलमा न्यूडाइमण्डले बुटवलको एभरेष्ट भलिबल क्लबमाथि लगातार तीन सेटको जित हासिल गरेको थियो । डाइमण्डले एभरेष्टलाई २५-११, २५-१५,२५-१६ को सेटमा निरास पार्यो । 


Advertisment
Nabil box
Kumari

दोस्रो खेलमा डाइमण्डले विभागीय टोली एपिएफमाथि शानदार जित दर्ता गरेको छ । न्यूडाइमण्डले २५-२०, २५-१८ को सेटमा अग्रता लिए पनि एपिएफले तेस्रो सेटमा २५-१८ र चौथो सेटमा २५-२२ मा लगे पनि अन्ततः पाँचौँ सेटमा भने न्यूडाइमण्डसँग एपिएफ १५-५ को सेटमा पराजित भएको छ ।

Vianet communication
Laxmi Bank

पुरुषतर्फको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफलाई ३-२ को सेटमा पराजित गरेको छ । पुलिसले एपिएफमाथि २३-२५, २५-२२, २५-२०, २३-२५ र १५-१३ को सेटमा जित हासिल गरेको हो ।

पुरुषतर्फको अर्को खेलमा बुटवलको मणिमुकुन्द भलिबलले बागलुङ गलकोट स्पोट्र्स क्लबमाथि सोझो सेटमा पराजित गरेको हो । मणिमुकुन्दले गलकोटमाथि २५-२३, २९-२७ र तेस्रो सेटमा २५-२० मा पराजित गरेको हो ।

महिलातर्फको खेलमा नेपाल पुलिसले एभेरेष्टमाथि सोझो सेटमा पराजित गरेको छ । पुलिसले एभेरेष्टमाथि २५-१८, २५-१८ र तेस्रो सेटमा २५-२० को सेटमा पराजित गरेको हो । प्रतियोगिता राउन्ड रोविन लिगको आधारमा खेलाइएको छ । 

प्रतियोगितामा महिलातर्फ नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब, न्यूडायमण्ड क्लब तथा एभरेष्ट भलिबल क्लब बुटवलले सहभागिता जनाएका छन् । पुरुषतर्फ गण्डकी प्रदेश, विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब, मणिमुकुन्द क्लब बुटवल गरी पाँच टिमको सहभागिता रहेको महोत्सवका प्रचार संयोजक दिनेश भण्डारीले बताए । 

प्रतियोगितामा महिला र पुरुषतर्फ उपाधि विजेता टोलीलाई रु एक लाख ५० हजार एक सय ११ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । उपविजेता टोलीलाई रु एक लाख एक सय ११ र तृतीय हुनेलाई रु ५० हजार एक सय ११ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको समाजले जनाएको छ । प्रतियोगिता असोज १ गतेसम्म सञ्चालन हुनेछ ।रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x