असोज १२, २०८०
नेकपा (एमाले) कर्णाली प्रदेशको अध्यक्षमा ५ जनाको उम्मेदवारी परेको छ । शुक्रवार साँझ प्रेमबहादुर सिंहले आफूलाई उम्मेदवार घोषणा गरेसँगै ५ जनाको उम्मेदवारी परेको हो । उनीसँगै गुलाबजंग शाह, मीनबहादुर ...
बुटवल | असोज २, २०८०
तीज पर्वको बेला लुम्बिनी प्रदेशमा अपराधका घटना बढेका छन् । पाल्पा, रुपन्देही र कपिलवस्तुमा झडपदेखि हत्यासम्मका घटना भए । पाल्पाको तिनाउमा आइतवार राति एक युवाको हत्या भएको छ । तिनाउ गाउँपालिका–२ दोभान घोडेबासका २४ वर्षीय सुनिल खत्रीको चक्कु प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए ।
स्थानीय एक घरमा भेला भएर तीज गीतमा नाच्नेक्रममा सामान्य झगडा हुँदा ती युवकमाथि धारिलो हतियार (चक्कु) प्रहार भएको थियो । गम्भीर घाइते खत्रीलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा सोमवार बिहान पौने दुई बजे चिकित्सकले मृत घोषणा गरेका थिए । स्थानीय महिला नाचिरहेका बेला ती युवाहबीच सामान्य झगडा भएको थियो । सोही विषयलाई लिएर पुनः झगडा भएको प्रहरीले जनाएको छ । झगडाले उग्ररुप लिएपछि चक्कु प्रहार गरेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरी निरीक्षक चन्दले बताए । हत्याको आरोपमा ४ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै सोमवार रुपन्देहीको सैनामैनामा दुई पुरुष मृत अवस्थामा फेला परेका छन् । सैनामैना नगरपालिका–७ हरियाली टोलका ५० वर्षीय नाथु चौधरी र सोही स्थानका ५५ वर्षका पल्टु चौधरी मृत अवस्थामा फेला परेका हुन् । इलाका प्रहरी कार्यालय, सालझण्डीका प्रहरी निरीक्षक (इन्सपेक्टर) अनिल पण्डितका अनुसार उनीहरूको शव एउटा बाटो र अर्को खेतमा फेला परेका थियो ।
‘प्रारम्भिक अनुसन्धानमा उनीहरूले मदिरा सेवन गरेको देखिन्छ,’ इन्सपेक्टर पण्डितले भने, ‘बिहान दुवैजना घरबाट सँगै निस्किएको बुझिएको छ । चौधरीद्वयको एकैसाथ कसरी मृत्यु भयो त्यो अनुसन्धानको विषय छ ।’ शवको पोष्टमार्टम गरी अनुसन्धान भइरहेको उनले बताए । मृतक दुवैजना मजदुर रहेको बताइएको छ ।
यसैगरी रूपन्देहीको तिलोत्तमामा मजदुरहरूबीच भएको झडपमा परी एकजनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । प्रहरीका अनुसार सोमवार विश्वकर्मा पूजापछि रमझमका क्रममा झडप भएको हो । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) दानबहादुर थापाका अनुसार तिलोत्तमा– ९ केवलानीमा भवन निर्माणसँग सम्बन्धित मजदुरहरू आपसमा मिलेर विश्वकर्मा पूजा गरेपछि रमाइलो गर्ने क्रममा झडप भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
‘विश्वकर्मा पूजापछि मदिरा सेवन गरी नाचगानसहितको रमाइलो गरेको र सो क्रममा उनीहरूबीच झडप भएको देखिन्छ, तर घटना संवेदनशील रहेकाले यसलाई फराकिलो दायरा बनाउँदै गम्भीर अनुसन्धानमा प्रहरी जुटेको छ । थप अनुसन्धानपछि नै खुल्छ,’ उनले भने ।
झडपमा गम्भीर घाइते भएका हेटौंडा घर भई रुपन्देहीको मंगलापुरमा बस्दै आएका सुरेश स्याङ्तानको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । झडपमा परी काठमाडौं महानगरपालिका–१ बस्ने विकास वाइबा, गढी गाउँपालिका मकवानपुरका राजु तामाङ र सोही ठाउँका हस्तसिंह तामाङ घाइते भएका छन् ।
घाइतेहरूको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । झडपमा संलग्न भएको आशंकामा १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । डीएसपी थापाले घटनाको अनुसन्धान भइरहेको बताएका छन् ।
यस्तैगरी कपिलबस्तुमा चिर्पट प्रहार गरी बुबाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु वाणागंगा नगरपालिका–८ पुलचोक बस्ने २६ वर्षीय विकास परियार हुन् । उनलाई सोमबार राति इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
घरयासी विवादका क्रममा उनले ६० वर्षीय बुवा बलबहादुर परियारलाई चिर्पट प्रहार गरी घाइते बनाएका थिए । उपचारको क्रममा सामुदायिक अस्पतालमा मृत्यु भएपछि विकासलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
नेकपा (एमाले) कर्णाली प्रदेशको अध्यक्षमा ५ जनाको उम्मेदवारी परेको छ । शुक्रवार साँझ प्रेमबहादुर सिंहले आफूलाई उम्मेदवार घोषणा गरेसँगै ५ जनाको उम्मेदवारी परेको हो । उनीसँगै गुलाबजंग शाह, मीनबहादुर ...
प्यानल बनाए उम्मेदवारी नै खारेज गर्ने अध्यक्ष केपी शर्मा ओलीको चेतावनीबीच एमाले बागमती प्रदेश कमिटीमा प्यानलगत प्रतिस्पर्धा देखिएको छ । सहमति जुटाउने भन्दै चार दिनसम्म अड्काए पनि अध्यक्षका उम्मेदवारद्वय कृष्णप्रसाद...
नेकपा (एमाले) बागमती प्रदेशको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको नतिजा एक–दुई घण्टापछि आउने प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले बताएका छन् । निर्वाचन सकिएपछि उनले यस्तो जानकारी दिएका हुन् । &l...
नेकपा (एमाले) बागमती प्रदेश अधिवेशनमा शुक्रवार साँझ ७ः४५ बजेसम्म ९५० मत खसेको छ । एक हजार १६९ मतमध्ये ९५० मत खसेको प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले जानकारी दिए । अध्यक्षमा कृष्णप्रसाद ...
एमाले अध्यक्ष केपी शर्मा ओलीले प्यानल बनाए उम्मेदवार नै खारेज गर्ने चेतावनी दिए पनि चुनाव जित्न उनको समर्थन रहेको समूहले नै प्यानल बनाएको छ । बागमती प्रदेश अधिवेशनअन्तर्गत भइरहेको चुनावमा कैलाश ढुंगेलको नेत...
उत्तरी छिमेकी देश चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रवार दिउँसो छेन्दू पुगेका छन् । उनलाई छेन्दूमा सिचुवान प्रान्तका भाइस गभर्नर याङ सिङपिङ र प्रान्तीय सरकारका डेपुटी सेक्रेटरी ...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...