×

NIC ASIA

केकी र रीमालाई लिएर विमलेशले फिल्म ‘ह्याप्पी डिभोर्स’ निर्देशन गर्ने

काठमाडाैं | असोज २, २०८०

Prabhu Bank
NTC
Premier Steels

अभिनेता तथा मोडल विमलेश अधिकारीको निर्देशनमा फिल्म ‘ह्याप्पी डिभोर्स’ निर्माण हुने भएको छ । 

Muktinath Bank

अभिनेत्रीद्वय केकी अधिकारी र रीमा विश्वकर्मालाई लिएर उनले यो फिल्म निर्देशन गर्न लागेका हुन् । मंगलवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै विमलेशले आफ्नो निर्देशनमा निर्माण हुने फिल्मको शीर्षक तथा मुख्य कलाकारसहितको टिम चिनाएका हुन् । फिल्ममा उनी स्वयंको समेत शीर्ष भूमिका रहनेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अर्को वर्ष अर्थात् २०२४ को जनवरीमा छायांकनमा जाने फिल्मको रिलिज समेत सोही वर्ष गरिनेछ । फिल्ममा अन्य केही कलाकारहरू अनुबन्धित गर्न बाँकी नै रहेको अभिनेता अधिकारीले बताए । 


Advertisment
Nabil box
Kumari

मंगलवार नै फिल्मको कथासार बुझाउने म्युजिकल प्रिभ्यु समेत सार्वजनिक गरिएको छ । सार्वजनिक म्युजिकल प्रिभ्युमा मुख्य कलाकार केकी अधिकारी र रीमा विश्वकर्माका अलवा निर्देशक अधिकारी समेत देखिएका छन् ।

Vianet communication

विशाल पोखरेलको संगीतमा तयार भएको शीर्ष गीतमा सुरेश लामा र ममता गुरुङको स्वर सुन्न सकिन्छ । 

निर्देशक तथा अधिकारीको कन्सेप्टमा निर्माण हुने फिल्मले नयाँ सुरुवात, स्वतन्त्रता र राम्रो भविष्यको कथा भन्नेछ । साथै, राम्रैसँग चलिरहेको एक जोडीको वर्तमान अवस्था र त्यसलाई भविष्यमा अझै राम्रो बनाउन चाल्ने कदमलाई नजिकबाट देखाउने प्रयास आफ्नो टिमको रहने निर्देशक अधिकारी बताउँछन् । लामो समयदेखि आफ्नो दिमागमा खेलिरहेको एउटा सुन्दर कथालाई दर्शकमाझ प्रस्तुत गर्न लागेको विमलेशको दाबी छ । 

अभिनेत्री केकी अधिकारीले पनि समाजलाई डिभोर्स सहज बाटो हो भन्ने सन्देश फिल्मले नदिने बताइन् । हाम्रो समाजले अझै पनि डिभोर्सलाई सहज रुपमा स्विकार गरिसकेको छैन । त्यसैले पनि समाजमा गलत सन्देश नपुगोस् भन्ने कुरामा आफूहरू सजग रहेको उल्लेख गरिन् । 

यता अभिनेत्री रीमा विश्वकर्माले पनि फिल्मले डिभोर्स नै समस्याको समाधान नरहेपनि जिवनमा आइपर्ने अप्ठ्यारो पाटोलाई कुनै न कुनै रुपमा अगाडि बढाउन सिकाउने बताइन् । एउटा मान्छेले कहिल्यै पनि करियर र परिवारलाई एकसाथ अगाडि बढाउन खोज्दा करियर र परिवारमा एउटा रोज्नु पर्ने परिस्थितिलाई फिल्मले नजिकबाट देखाउने दाबी गरिन् । ​

सेभेन कलर्स डिजिटलको ब्यानरमा निर्माण हुने फिल्मलाई नवराज उप्रेतीले छायांकन गर्नेछन् ।

कुनै बेला म्यूजिक भिडियोमा निकै रुचाइएका विमलेश पछिल्लो पटक २०७३ सालमा प्रदर्शनमा आएको फिल्म ‘जंगबहादुरको कोट’मा देखिएका थिए । त्यसपछि अमेरिकालाई कर्मथलो बनाएका उनले ‘तुलसी’, ‘मुटु’, ‘ब्रेक फेल’, ‘मेरो बेष्ट फ्रेण्ड’, ‘को हुँ म ?’ लगायतका फिल्ममा पनि अभिनय गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ५, २०८१

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।  काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...

बैशाख २५, २०८१

नेपाली चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा मङ्गलबार एक कार्यक्रमबीच ४ मिनेट १५ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हाे । आगामी जेठ १० गते विश्वव्यापी रुपमा एकसा...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x