×

Dabur

अर्कै विद्यार्थीको उत्तरपुस्तिका प्राध्यापककी छोरीकोमा जोडेको भन्दै आन्दोलन, गाडीमा आगजनी

विराटनगर | असोज ३, २०८०

NTC
Premier Steels
Marvel

महेन्द्र मोरङ क्याम्पस विराटनगरका एक प्राध्यापकले अर्कै विद्यार्थीको उत्तरपुस्तिकाको ‘थप अंश’ आफ्नी छोरीकोमा राखेको भन्दै भएको विरोधले उग्ररूप लिएको छ ।

yONNEX
Sagarmatha Cement

मानविकी संकायको स्नातक तहमा अध्ययनरत छात्रा सन्ध्या कायस्थले थप गरेको उत्तरपुस्तिका गायब भएपछि शुरू भएको विरोधले उग्ररूप लिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सन्ध्याले २०७८ मंसिरमा परीक्षा दिएकी थिइन् । 


Advertisment

२०७७ सालमै हुनुपर्ने परीक्षा कोभिड– १९ का कारण २०७८ मा मात्रै भएको थियो । ऐच्छिक अंग्रेजी विषयको परीक्षामा उत्तर पुस्तिका थप गरेर लेखेकोमा थप गरिएको जति हराएको उनको गुनासो छ ।

Vianet communication
Laxmi Bank

उक्त उत्तरपुस्तिका निकालेर सोही क्याम्पसका प्राध्यापक राजन दत्तकी छोरी आस्था दत्तकोमा ‘अट्याच’ गरिदिएको आरोप लगाउँदै आन्दोलन चर्किएको हो ।

सन्ध्या र आस्थाले एउटै कक्षाकोठामा परीक्षा दिएका थिए ।

आक्रोशित विद्यार्थीले बुधवार बिहान डिग्री क्याम्पस परिसरमा पार्किङ गरी राखेको त्रिवि परीक्षा नियन्त्रकको बा. १७ च. ८२३८ नम्बरको गाडीमा आगो लगाइदिएका छन् । 

यसबीचमा सन्ध्यालाई थामथुम पार्न २०८० वैशाखमा पुनः परीक्षा दिन पनि लगाइएको थियो । दोस्रो वर्षको नियमित परीक्षाफल आइसक्दा पनि उक्त परीक्षाको नतिजा आएको छैन ।

त्यसपछि यही असोज असोज २ गते साँझ डिग्री क्याम्पसमा सन्ध्या कायस्थको रिजल्टको विषयलाई लिएर क्याम्पस प्रमुख बाबुराम तिमिल्सिना र परीक्षा सहायक नियन्त्रक डिल्ली प्रसाईँलाई विद्यार्थीले कार्यकक्षमै थुनेका थिए ।

छलफल निष्कर्षविहीन भएपछि राति १ बजे मोरङ प्रहरीले ताला फुटाएर उनीहरूलाई कोठाबाट निकालेको थियो ।  

यस्तो छ घटनाको नालीबेली 

परीक्षा २०७८ मंसिरमा भएकोमा १५ महिनापछि रिजल्ट आएको थियो । अन्य विषयमा समग्रमा ७० प्रतिशत अंक ल्याए पनि सन्ध्या ऐच्छिक अंग्रेजीमा भने फेल भइन् ।

४ पृष्ठ थपेर समेत लेखेको विषयमा फेल भएपछि उनलाई शंका लाग्यो । 

प्राध्यापक राजन दत्तले आफ्नो उत्तरपुस्तिका २ पटक पल्टाएर समेत हेरेको सम्झिएपछि शंका लागेको उनको भनाइ छ । पछि ‘रिटोटलिङ’ गर्दा उही नम्बर आयो ।

त्यसपछि उनी उत्तरपुस्तिका ‘रिचेक’ गर्न मागसहित काठमाडौं गइन् ।

त्यतिखेर उत्तरपुस्तिका हेर्दा थप गरेको अंश गायब भएको र स्टिच समेत नगरिएको पाइएको उनी बताउँछिन् । उत्तर पुस्तिका थप गर्दा माथि प्लस वान, प्लस टु लेख्ने गरिन्छ । तर, त्यो प्लस वान, प्लस टु लेखेको भाग नै च्यातेको उनको आरोप छ ।

उनलाई कन्ट्रोलर पुष्पराज जोशीले २०८० वैशाख ४ गते विराटनगर जाऊ, तिम्रो रिजल्ट पोजेटिभ हुन्छ भनेर आश्वासन दिएका थिए ।

‘परीक्षा दिएपछि रेगुलर मार्कसिटमै तिम्रो मार्क्स एड् गर्दिन्छु, स्टार लाग्दैन, दुई/तीन दिनमै रिजल्ट दिन्छौं भनेर मलाई जोशी सरले ‘कन्भिन्स’ गर्नुभयो । त्यसबेला प्रिन्सिपल बाबुराम तिमिल्सिनाले पनि त्यो कुराको जिम्मा लिनुभयो । त्यसपछि मैले परीक्षा पनि दिए,’ उनले भनिन्, ‘तर, दुई/तीन दिनमा रिजल्ट आउँछ भने पनि वैशाख १९ गते दिएको परीक्षाको रिजल्ट अहिलेसम्म आएको छैन । फोन गर्दा कन्ट्रोलर सरले रिसिभ गर्नुहुन्न । यहाँ सरलाई सोध्दा आज–भोलि मात्र भन्नुहुन्छ ।’

यता क्याम्पस प्रमुख बाबुराम तिमिल्सिनाले भने उत्तरपुस्तिका सन्ध्याले भनेजस्तो प्राध्यापककी छोरीकोमा नपरेको दाबी गर्छन् । उत्तरपुस्तिका हराएको भने उनको स्वीकारोक्ति छ ।

उक्त विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेकाले सत्यतथ्य बाहिर आउने तिमिल्सिनाले बताए ।

सन्ध्या र आस्थाले एउटै कोठामा बसेर बसेर परीक्षा दिएका थिए । परीक्षाको गार्ड भने  प्राध्यापक राजन दत्त नै थिए । आफ्नै छोराछोरी भएको कोठामा गार्ड भएर बस्न पाइँदैन ।

आस्था राजन दत्तको छोरी भन्ने कुरा त्यतिबेला आफूलाई थाहा नभएको तिमिल्सिना बताउँछन् । बाँकी कुरामा अनावश्यक आशंका गरिएको उनको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २९, २०८०

जाजरकोट भूकम्पले दुई मानवीयसँगै ठूलो भौतिक संरचनामा क्षति पुर्‍यायो । सयौँ घरबारविहीन भए । प्रभावित क्षेत्रका नागरिकका लागि यो तिहार खल्लो भएको छ । उनीहरूको तिहार मनाउने सपना यसपटक पूरा हुन सकेन । ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

भूकम्पले नलगाड नगरपालिका–६ गराग्लीका शेरबहादुर रावलले परिवारका चार सदस्य गुमाए । दिनभरिको कामको थकानले सबै सुतिरहेको समयमा आएको भूकम्पमा परेर उनले अधिकांश परिवारका सदस्य गुमाए । आमा सितली, भाउजू क...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

'क्लाइमेट चेन्ज' : नेपालजस्ता गरिब राष्ट्रको न्यायका लागि जलवायु कूटनीति सक्रिय बनाऔं

'क्लाइमेट चेन्ज' : नेपालजस्ता गरिब राष्ट्रको न्यायका लागि जलवायु कूटनीति सक्रिय बनाऔं

मंसिर २०, २०८०

जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

x