×

NMB BANK
NIC ASIA

नवजात शिशु बिक्री गरेको आरोपमा अस्पतालका सञ्चालक पक्राउ

विराटनगर | असोज ३, २०८०

NTC
Premier Steels

विराटनगरको ग्रिनक्रस अस्पतालका सञ्चालक कृष्ण खवाससमेत नवजात शिशु बिक्री गरेको आरोपमा पक्राउ परेका छन् । नवजात शिशु बिक्री गरेको घटनामा संलग्न भएको खुलेपछि  पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

Muktinath Bank

शिशुको बिक्री ग्रिनक्रस हस्पिटलबाट भएको र हस्पिटलबाट संस्थागत त्रुटि भएको अनुसन्धानबाट खुलेपछि सञ्चालक खवासलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जन दाहालले जानकारी दिए । उनका अनुसार पक्राउ परेका खवासलाई मोरङ अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यससँगै नवजात शिशु विक्री प्रकरणमा पक्राउ पर्नेको संख्या  सात जना पुगेको छ । प्रहरीले यसअघि नै सोही अस्पतालका प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर तपेश्वरलाल डा. कर्ण र शिशुका बाबु भोजपुरको हतुवा गढी गाउँपालिका–४ का गोविन्द राई, ग्रिनक्रस अस्पतालकी  सरसफाइकर्मी सुधा राजवंशी, कटहरी गाउँपालिका २ की दिलमाया राजवंशी, सूर्यनारायण राजवंशी, सिराहाको कल्याणपुर नगरपालिका १२ की नर्स निर्मला यादवलाई  नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको हो ।   


Advertisment
Nabil box
Kumari

आरोपीहरुले अविवाहित जोडीबाट जन्मिएको एक दिनको शिशु पाँच लाखमा बेचेको खुलेको छ । 

Vianet communication

पक्राउ परेकालाई प्रहरीले सङ्गठित अपराध, मानव बेचबिखन तथा ओसारपसार र व्यक्ति बेपत्ता पारेको कसुरमा मुद्दा चलाउने गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । सरकारी वकिलसँग राय लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x