×

Dabur

तराईका शहरी क्षेत्रमा अचाक्ली महँगो

घरजग्गाको अस्वाभाविक मूल्यः बुवाले जोडेको घडेरीमा घर बनाउन छोरो विदेसिनु पर्ने बाध्यता

बुटवल | असोज ७, २०८०

NTC
Premier Steels
Marvel

रूपन्देहीमा उपलब्ध ‘हाउजिङ’मध्ये तिलोत्तमा होम्सले साढे दुई तले घर १ करोड ७५ लाख रुपैयाँमा बिक्री गरिरहेको छ । सिद्धार्थ राजमार्गको बुटवल–भैरहवा सडक खण्डबाट १२०० मिटरभित्र कोलोनीमा​​ ‘टाइप बी’ का साढे दुई तले घरको मूल्य सस्तोमा पौने दुई करोड छ । १० धुरमा बनेका यी घर किन्नु सामान्य मान्छेका लागि कल्पना बाहिरको कुराजस्तै छ । सरकारी जागिर चौथो, पाँचौ तहका कर्मचारी र शिक्षकले २५ वर्षको तलब बुझाउँदा पनि यी घर किन्न गाह्रो पर्छ ।

yONNEX
Sagarmatha Cement

null


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

होम्सका सिइओ प्रकाश भण्डारीका अनुसार एकमुष्ट रकम बुझाउनेलाई २० लाख नगद छुट र ७० प्रतिशत फाइनान्स सुविधा रहेको छ । केही वर्षदेखि ठप्प घरजग्गा कारोबारले गति लिने उनको अपेक्षा छ । ‘बैंकले लोन खुकुलो गरेको छ । अब कारोबारले गति लिने विश्वास छ,’ उनले भने, ‘दुई/चार वर्ष अघिसम्म बैंकहरूले घरजग्गामा ठूलो लगानीले ‘मल्टिपल ट्रेडिङ’ भयो । एउटै घरजग्गा वर्षमा १० पटकसम्म पनि खरिद बिक्री भयो ।’ 


Advertisment

त्यस्तै भैरहवादेखि पूर्वपट्टि ओमसतिया गाउँपालिका–४ मा बोधी होम्सले १०४  वटा घर बनाएर बिक्री गरिरहेको छ । न्यूनतम २ करोड रूपैयाँसम्मका घरमध्ये ४० वटा बिक्री भइसकेको बोधी होम्सका महाप्रबन्धक सुदीप ढकालले बताए । भैरहवाको देवकोटा चोकदेखि १.५ किलोमिटर दुरीका घरमा ७० प्रतिशत फाइनान्सको सुविधा रहेको उनले बताए ।

Vianet communication
Laxmi Bank

अस्वाभाविक मूल्यले गर्दा सर्वसाधारण घर किन्न वा घडेरी किनेर घर बनाउन सक्ने अवस्थामा नरहेको उनको भनाइ छ । ‘राज्यले जग्गाका भाउ निश्चित प्रतिशतभन्दा बढाउन नपाउने गरी ‘रेगुलेट’ गर्नुपर्छ,’  ढकालले भने, ‘अस्वाभाविक मूल्यले गर्दा सर्वसाधारण घर किन्न वा घडेरी किनेर घर बनाउन सक्ने अवस्था छैन ।’

शहरी र बजारउन्मुख क्षेत्रमा अहिले घरजग्गाको भाउ अकासिएको छ । ५ वर्षअघिसम्म बुटवलका भित्री ठाउँहरूमा प्रति धुर २ लाख रूपैयाँमा किनबेच हुने जग्गा अहिले ५ लाख प्रतिधुर बढी पुगेको छ । विभिन्न मापदण्ड पालना गर्दा एउटा घर बनाउन कम्तीमा १० धुर जग्गा अनिवार्य चाहिन्छ । यसरी हेर्दा घडेरी किन्न १२/१४ वर्षको कमाई र घर बनाउन २० भन्दा बढी समयको आफ्नो पसिना खर्चिएर किन्नुपर्ने अवस्था देखिन्छ । 

सरकारले गत वैशाखमा जग्गाको कित्ताकाट औपचारिक रूपमा खुलाएको थियो । बुटवल, भैरहवा, दाङको घोराही, तुलसीपुर, भैरहवा, नेपालगञ्ज, जग्गा शहर र शहरउन्मुख क्षेत्रमा घडेरी किनेर घर बनाउन सामान्य, जागिर वा अन्य नियमित आम्दानी हुनेको लागि पनि सहज छैन । विकसित देशमा मासिक आम्दानीको एक तिहाइ रकम डेढ दशकसम्म खर्चिँदा घरजग्गा जोड्न सक्ने व्यवस्था हुने गरेको हालै अमेरिकाबाट फर्किएका किरण ढकाल बताउँछन् । तर, हाम्रो मुलुकमा औसत कमाइले शहरउन्मुख क्षेत्रमा आवास जोड्न कल्पना पनि गर्न नसक्ने ढकालको भनाइ छ । 

‘बसाइसराइँले गाउँमा बस्ने कोही छैनन् । तराईमा घर घडेरी किन्ने ‘होड’ छ । बाउ जिन्दगीभर खाडीमा गएर एउटा घडेरी जेनतेन जोड्छ । त्यहीँ घडेरीमा घर बनाउन छोरा विदेसिन्छ,’ उनले भने, ‘पहाडबाट बसाइसराइँ रोक्ने, तराईमा अस्वाभाविक घरजग्गाको मूल्य नियन्त्रण गर्ने र असन्तुलित अर्थव्यवस्था घटाउन राज्यको योजना र चासो नै छैन ।’

घडेरी किनेर घर बनाउनेभन्दा बिक्री गर्दै तत्काल ठूलो मुनाफा कमाउन लाग्ने समूह पनि छन् । त्यस्तै खेतीयोग्य जमिन ‘पलटिङ’ गरी अकूत कमाउने गिरोह पनि सक्रिय छन् । जग्गालाई सट्टेबाजीको प्रयोगजस्तै भइरहेको छ । 

null

नेपाल राष्ट्र बैंक लुम्बिनी प्रदेशका प्रमुख निर्देशक सत्येन्द्रराज सुवेदीले नेपालीको आम्दानी तुलनामा जग्गाको मूल्य अत्याधिक धेरै रहेको बताए । ‘अधिकांश रेमिट्यान्सको माध्यमबाट केही नेपालीको आम्दानी बढेको छ,’  निर्देशक सुवेदीले लोकान्तरसँग भने, ‘राम्रो जीवनयापनको लागि सुविधासम्पन्न क्षेत्रमा घरजग्गा किन्ने प्रवृत्ति थामिनसक्नु छ । अझै जसलाई जग्गा चाहिएकै छैन । उसैले प्लटिङदेखि जग्गा ‘होल्ड’ गरेर राख्दा मूल्य अकासिएको हो । त्यहीँ अकासिएको मूल्यमा पनि बैकिङ ‘लोन’ लिएर अझै बढ्ने आशामा जग्गा किनेको किनै गर्दा मूल्य प्रतिवर्ष चार गुणासम्म बढ्दै गएको छ ।’ 

अब राज्यले बैंकबाट ऋण लिएर घरजग्गा किन्ने नीतिमा कडाइ गर्नुपर्ने सुवेदीको सुझाव छ । कूल ग्राहस्थ उत्पादन (जीडीपी)को समग्र मूल्य स्थितिभन्दा जग्गाको मूल्य बढी हुनु भनेको अर्थतन्त्रका लागि हानिकारक मानिन्छ । जग्गाको मूल्य जसले जग्गा ‘होल्ड’ गरेर राखेको छ उसैको बोली अनुसार भइरहेको देखिन्छ । जग्गा बिक्रेताले जति बढीमा बिक्री गर्न सक्यो त्यो जग्गा वरपरको क्षेत्रको भाउ पनि सोहीअनुसार बढाबढ गराइन्छ । उद्योगधन्दा गर्नेले जग्गा किन्न सक्ने अवस्था पनि छैन । 

यसले तराई क्षेत्रमा पुर्ख्यौली जग्गा हुनेहरू निकै धनी भएका छन् । राजनीतिक परिवर्तनसँगै ६० को दशकपछि पहाडबाट बसाइँसराइँ तीव्र गतिमा भइरहेको छ । अवसर, रोजगारी, शिक्षा आदिका लागि पहाडबाट शहरतिर बसाइँसराइ फैलिने क्रम बढ्दो छ । बसाइँसराइ नरोकिने हो भने, केही वर्षपछि पहाडी जिल्लाहरू खाली नहोलान् भन्न सकिन्न । नागरिक आफू जन्मेको ठाउँबाट बसाइँ सरेर अर्कै स्थानमा स्थायी बसोबास गर्दै आएको देखाउनुले नेपालमा आन्तरिक बसाइँसराइको प्रवृत्तिको झलक दिन्छ । 

जग्गाको चर्को मूल्यवृद्धिले खास समूहले ठूलो फाइदा लिए पनि आम जनतालाई र मुलुकको अर्थतन्त्रलाई ठूलो हानी पुगेको आर्थिक विश्लेषक मनिकर कार्की बताउँछन् । ‘अव्यावहारिक रियल स्टेटको कारोबारले देशको अर्थतन्त्रलाई असन्तुलित बनाउनुका साथै समग्र देशको विकासमा अवरोध सिर्जना गरेको छ । राज्यले जमिनको कारोबार गर्न व्यावहारिक परिमार्जन गरी अगाडि बढाउनु आजको आवश्यकता हो,’ कार्कीले भने । घरजग्गाको नाफामा लाग्ने कर न्यून हुनुले पनि जग्गाको मूल्य जथाभाबी बढ्ने गरेको सुवेदीको बताउँछन् ।

बढ्दो कित्ताकाटले जमिनको खण्डीकरण बढाउँदै जाँदा कृषि भूमि समाप्त पार्ने बाटोमा देश जाँदै गरेको उनले बताए । उचित योजना र व्यवस्थापन नहुँदा जहाँ र जसले पनि मन लाग्दी घर र अन्य ठूला संरचना बनाइरहेका छन् । कृषि, आवास, वन, व्यावसायिक, औद्योगिक, खानी तथा खनिजजन्य पदार्थ, नदी खोला ताल, सिमसार क्षेत्र तोकी निर्धारण गर्नुपर्ने काम स्थानीय सरकारले पनि गरेका छैनन् । 

घरजग्गा व्यवसायी संघ, रूपन्देहीका अध्यक्ष दशरथ पौडेलले शेयर मार्केटजस्तै घरजग्गा मार्केटको माग आफूहरूले गर्दै आएको बताए । ‘अब शेयर बजारजस्तै उपभोक्ताले आफू कुन ठाउँमा कति मूल्यमा घर घडेरी पाइन्छ, त्यसको रेट हेरेर किन्न पाउने व्यवस्था हुनुपर्छ,’ पौडेल लोकान्तरसँग भने, ‘त्यो भयो भने, बल्ल जग्गाको भाउ अकासिँदैन । सबैले किन्न सक्ने आधार बन्छ । अहिले त बाटो–बाटो डुल्ने किन्ने/बेच्ने चलिरहेको छ । आफ्नो–आफ्नो जग्गाको मोलमोलाइ भयो । योसलाई रोकथामको लागि हामीले शेयर बजारजस्तै बनाउन सरकारसँग दुई वर्षदेखि माग गर्दै आएका छौं ।’ अहिले जग्गाको काराबार एकदमै कम रहेको पौडेलको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २८, २०८०

तिहारका लागि फूलमाला खरिद गर्ने उपभोक्ता बढेपछि व्यवसायलाई भ्याईनभ्याई भएको छ । तिहार शुरू भएदेखि नै फूलबारीमा ग्राहक आफैं पुगेर फूल खरिद गर्न थालेपछि व्यवसायी उत्साहित छन् ।       यतिब...

कात्तिक २८, २०८०

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भूकम्प प्रभावितका लागि १० लाख रुपैयाँ बराबरको राहत सामग्री सहयोग गरेको छ । यही कात्तिक १७ गते शुक्रवार राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रविन्दु भएर ६ दशमलव ४ म्य...

मंसिर ३, २०८०

आठ वर्षअघि सरकारले सबै प्रदेशमा एक/एकवटा ठूला औद्योगिक क्षेत्र निर्माण गर्ने भनी अघि सारेको योजना अलपत्र परेको छ । आर्थिक विकासका लागि औद्योगिक पूर्वाधार बनाउने उद्देश्यले निर्माण थालिएका आयोजना कतै जग्गा विवा...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक २४, २०८०

काठमाडौंको सीतापाइलाबाट करिब ४ किलोमिटरभित्र कल्लाबारी पर्छ । ह्वाइट गुम्बा पछाडि नागार्जुन वडा नम्बर ६ मा पर्ने यो ठाउँको दृश्य निकै मनमोहक देखिन्छ ।    हुन पनि डाँडाको एक पाखो पूरै फूलैफूलल...

'क्लाइमेट चेन्ज' : नेपालजस्ता गरिब राष्ट्रको न्यायका लागि जलवायु कूटनीति सक्रिय बनाऔं

'क्लाइमेट चेन्ज' : नेपालजस्ता गरिब राष्ट्रको न्यायका लागि जलवायु कूटनीति सक्रिय बनाऔं

मंसिर २०, २०८०

जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

x