×

NMB BANK
NIC ASIA

बागमती प्रदेशसभामा सरकारी कामकाजको भाषाको विधेयक प्रस्तुत

मकवानपुर | असोज १४, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

बागमती प्रदेशसभाको आज बसेको पहिलो बैठकमा सांस्कृतिक, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जनले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक छलफलका लागि टेबुल गरेका छन् । 

Muktinath Bank

उक्त बैठकमा विशेष समय माग गरी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले प्रदेशसभामा केही दिनअघि बसेको बैठकमा विशेष र शून्य समयमा सदस्यहरूले उठाएको राष्ट्रिय सरोकारसँग सम्बन्धित प्रश्नहरूको आज उत्तर दिँदै प्रदेश सरकारले आफ्नो सीमित स्रोतसाधनलाई सदुपयोग गरी सरकारको कार्य सम्पादनलाई इमान्दारीपूर्वक कार्यान्वय गर्दै आइरहेको बताए । उनले सरकारले यसै चालु आर्थिक वर्षभित्र कुनै पनि नयाँ सवारीसाधनको खरिद नगरिएको र सरकारलाई आर्थिक भार पर्ने खालको कुनै अनावश्यक कार्य नगरिएको पनि स्पष्ट पारे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्री लामाले देशमा यदाकदा चिकित्सकहरूमाथि भएको आक्रमण र दुर्व्यवहारप्रति सरकारले गम्भीरतापूर्वक ग्रहण गरेको र ती अभियुक्तहरूलाई कारबाही गर्न सङ्घीय सरकारले कदम चालेको र त्यसका लागि प्रदेश सरकारले पनि आवश्यक समन्वय र सहकार्य गरेर चिकित्सक र स्वास्थ्यकर्मीहरूमाथि प्रोत्साहन र सुरक्षा प्रदान गर्ने प्रदेश सरकारको नीति रहेको बताए । 


Advertisment
Nabil box
Kumari


मन्त्री लामाले बडा दसैँको उपलक्ष्यमा बजारमा रहेका सबै पसलमा मूल्यसूची राख्नुपर्ने र सर्वसाधारणहरूलाई लत्ताकपडा, खाद्यान्न, मसला, तेललगायत तरकारीहरू सुपथ मूल्यमा उपलब्ध गराउन स्थानीय प्रशासनमार्फत सबै जिल्लामा व्यवस्थापन मिलाउन सरकारले निर्देशन दिइसकेको बताए ।

Vianet communication
Laxmi Bank

सरकारले सबै दलबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यहरूको भावनालाई कदर गर्दै राष्ट्रिय गौरवको आयोजना, विकासको पूर्वाधार एवं विपन्न नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारको आफ्नो क्षमताअनुसार स्रोतसाधन परिचालन गर्नेतर्फ प्रतिबद्ध रहेको उल्लेख गरे । 

सोही बैठकमा जलस्रोत तथा सिँचाइमन्त्री तीर्थ लामाले केही दिनअघि विभिन्न पत्रिकामा आएको समाचारलाई आधार बनाई आफू सुन कारोबारमा संलग्न रहेको भनी आएको चर्चा–परिचर्चा सत्य नभएको स्पष्ट पार्दै आफूले प्रेस विज्ञप्तिमार्फत सबै सत्यतथ्य सार्वजनिक गरिसकेको पनि जानकारी दिए ।

मन्त्री लामाले आफू राजनीतिक दलको इमान्दार कार्यकर्ता भएको र आफुले गर्दै आएको समाजसेवा र राजनीतिप्रति वितृष्णा उत्पन्न गर्नका निमित्त केही सञ्चारगृहहरू आफूमाथि प्रयोग भएकामा दुःख व्यक्त गरे । प्रदेशसभाको सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको दोस्रो बैठक ३ः३० बजेका लागि आह्वान गर्दै उक्त बैठक स्थगित गरेका थिए ।

प्रदेश सभाको आज बस्ने बैठकको कार्यसूचीअनुसार, बिहान ११ बजे बस्ने भनिएको बैठक नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक बस्ने भनिएको कारणले समयमा सुरु हुन नसकी १ः४० को समयमा बैठक सञ्चालन भएको थियो । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x