मंसिर ३, २०८०
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै चाड–पर्वहरू हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्ताको धरोहर भएको बताएका छन् । छठ पर्वका अवसरमा आयतबार शुभकामना व्यक्त गर्दै उनले चा...
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा विद्यमान गरिबी न्यूनीकरण गरी देश विकास गर्नका लागि समाजवादी व्यवस्थालाई छिट्टै कार्यान्वयन गर्नुपर्ने बताएका छन् । समाजवाद जागरण अभियानले आज धनुषामा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले समाजवादमा उत्पादनका साधन स्रोत तथा वितरण प्रणालीको न्यायोचित व्यवस्थापन हुने बताए ।
समाजमा विधमान सबै विभेद् तथा हिंसाको न्यूनीकरण गर्न समाजवादी व्यवस्था महत्त्वपूर्ण हुने बताउँदै अध्यक्ष नेपालले जनतालाई समाजवादबारे जानकारी गराउन राष्ट्रिय अभियान सुरु गरेको दाबी गरे । अभियानले मेचीदेखि महाकालीसम्मका जनतामा विचार प्रवाह हुने विश्वास व्यक्त गर्दै उनले अभियानमा जनताको सुझावलाई सङ्कलन गरी क्रान्तिकारी समाजवादी नीति निर्माणमा उपयोग गरिने बताए ।
पुष्पलालले स्थापना गरेको कम्युनिष्ट पार्टीको उत्तराधिकारी आफ्नो पार्टी भएकाले जनहितमा आफूहरुले कार्य गरेको स्पष्ट पार्दै अध्यक्ष नेपालले जनताका समस्यालाई सम्बोधन गरेर अगाडि बढ्न लागिपरेको बताए । यसअघि सिरहामा आयोजित कार्यक्रममा पार्टीका सम्मानित नेता झलनाथ खनालले पूँजीवादमा मुनाफाका लागि पूँजीपति वर्गले श्रमिकको शोषण गर्ने हुँदा त्यसको अन्त्य गर्नुपर्नेमा जोड दिए ।
उनले शोषण, अन्याय, अत्याचार तथा विभेद्को अन्त्य गर्न समाजवादको विकल्प नरहेको बताए । महासचिव घनश्याम भुसालले सामाजिक न्याय, समानता र सामाजिक रुपान्तरणका लागि सुरु भएको समाजवादको अभियान देशभर पुर्याइने भन्दै यसले सबै जनताका सुख दुःखलाई साँझा र समान बनाउने दाबी गरे । रासस
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै चाड–पर्वहरू हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्ताको धरोहर भएको बताएका छन् । छठ पर्वका अवसरमा आयतबार शुभकामना व्यक्त गर्दै उनले चा...
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सिंहदरबारमा धर्ना बस्ने चेतावनी दिएका छन् । बिहीवारको प्रदेशसभा बैठकको प्रश्नोत्तर कार्यक्रममा प्रदेशसभा सदस्यले उठाएको प्रश्नको जवाफ दिँदै उनले मुख्यमन्त्रीको हैसियतमा धर्न...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...