×

NMB BANK
NIC ASIA

केन्द्रीय कारागारको बेहाल

बिरामीको अखडा बन्यो केन्द्रीय कारागार, ४५ प्रतिशत कैदीबन्दी अस्वस्थ !

काठमाडाैं | असोज २३, २०८०

NTC
Premier Steels

केन्द्रीय कारागार सुन्धारा बिरामी कैदीबन्दी राख्ने कारागारका रूपमा परिणत भएको छ । 

Muktinath Bank

१५ सय कैदीबन्दीको क्षमता भएको केन्द्रीय कारागारका तीनवटा बन्दीगृहमा असोज ९ सम्ममा ३ हजार ४६६ जना कैदीबन्दी छन्, जसमा १ हजार ४४५ जना त बिरामी मात्रै रहेको केन्द्रीय कारागार व्यवस्थापनले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केन्द्रीय कारागारका जेलर ललित बस्नेतका अनुसार कारागारमा ४५ प्रतिशत जति बिरामी र ५० प्रतिशत बन्दी भएका कारणले समस्या देखिएको हो । यहाँ देशभरमा बिरामी भएका कैदीबन्दी आउने गर्छन् ।


Advertisment
Nabil box
Kumari

बिरामी कैदीबन्दीलाई जिल्लामै उपचार सम्भव नभएमा केन्द्रीय कारागारमा ल्याउने गरिएको छ ।

Vianet communication

‘नियममा सयजना (कैदीबन्दी)मा एक जनालाई पौष्टिक आहार दिने व्यवस्था छ । तर यहाँ ४५ प्रतिशत बिरामी छन्, यसले गर्दा सबैलाई पौष्टिक आहार पुर्‍याउन सकिएको छैन,’ जेलर बस्नेतले लोकान्तरसँगको कुराकानीमा भने । 

कारागार व्यवस्थापन विभागका प्रवक्ता विश्वविजय पाण्डेका अनुसार केन्द्रीय कारागारमा अस्पताल भएकाले देशभरका बिरामी कैदीबन्दीहरूलाई ल्याउने गरिएको हो ।

‘अस्पताल भएका कारणले देशभरका कैदीबन्दीहरू ल्याउने गरेका छौं,’ प्रवक्ता पाण्डेले लोकान्तरसँग भने, ‘त्यसै कारणले गर्दा धेरै बिरामी भएका हुन् । निको भएपछि त्यहाँबाट फिर्ता पठाउने गरिएको छ ।’

उनका अनुसार मानसिक रोगीहरूलाई नख्खु कारागार पठाउने गरिएको छ ।

केन्द्रीय कारागारमा पुरानो भौतिक संरचना र कैदीबन्दीको चापले गर्दा उचित हेरचाह गर्न समस्या हुने गरेको छ । विभागका प्रवक्ता पाण्डेले पनि देशैभरिका कारागारमा चाप भएका कारणले भौतिक संरचनामा समस्या भएको स्वीकारे । 

‘केन्द्रीय कारागारमा भौतिक संरचनाको समस्या त छ, त्यहाँ मात्र होइन देशका अन्य कारागारको समस्या पनि उस्तै छ,’ प्रवक्ता पाण्डेले लोकान्तरसँग भने । 

त्यति मात्र होइन, केन्द्रीय कारागारमा बजेट कम हुँदा यहाँबाट कैदीबन्दीलाई बाहिरी जिल्लाका जिल्ला अदालतमा उपस्थित गराउँदा खर्च अभाव हुने गरेको छ ।

केन्द्रीय कारागारका जेलर ललित बस्नेतका अनुसार कारागारको मासिक बजेट पौने ४ करोड हो, जसमा प्रत्येक व्यक्तिलाई ८० रुपैयाँको सिदादेखि चामल, औषधि उपचार र बन्दीहरूलाई अदालतमा उपस्थित गराउनुपर्छ ।

एकजना व्यक्तिलाई काठमाडौंबाट झापाजस्ता टाढाका जिल्लाहरूमा लैजानु परेको खण्डमा कम्तीमा ६० हजार रुपैयाँ खर्च हुने गरेको जेलर बस्नेतले बताए ।

‘यहाँ रहेकी सीता शर्माको मुद्दा ३४ जिल्लामा रहेछ, उहाँलाई सबै ठाउँमा लैजाँदा राज्यको करीब २५ लाख रुपैयाँ खर्च हुने देखिन्छ,’ उनले भने । 

उनका अनुसार जेलभित्र ल्याइसकेपछि सबैकुराको व्यवस्थापन राज्यले गर्नुपर्ने हुन्छ ।

जेलमा पर्याप्त सवारीसाधान नहुँदा पनि कैदीबन्दीलाई अदालतमा उपस्थित गराउन समस्या देखिएको छ, जसले गर्दा त्यहाँ बिरामी कैदीबन्दीको चाप बढेको उनको भनाइ छ ।

कारागार व्यवस्थापन विभागका प्रवक्ता विश्वविजय पाण्डेले पनि खर्च अभावको विषय स्वीकारेका छन् । ‘यहाँ निको भएपछि उनीहरूलाई फिर्ता गर्दा लाग्ने खर्चको विषय समस्या हो,’ पाण्डेले लोकान्तरसँग भने । 

केन्द्रीय कारागारमा कर्मचारीको अर्को समस्या छ । जेलमा कर्मचारी आउन नमान्दा अहिले पनि लेखापाल पद खाली छ । अहिले डिल्लीबजार कारागारका लेखापालबाट काम चलाउँदै आएको केन्द्रीय कारागारका जेलर बस्नेतले बताए ।  

‘यहाँ कर्मचारी आउन मान्दैनन्, अर्को जेलका लेखापालले हेर्दै आउनुभएको छ । कम्प्युटर अपरेटरको पनि अभाव छ,’ जेलरले लोकान्तरसँग भने ।

उनका अनुसार पहल गर्दा पनि कर्मचारी आउन मान्दैनन् । जेलमा आएर काम गर्न उनीहरूले रुचि नदेखाउने गरेका हुन् । केन्द्रीय कारागारमा खानेपानीको पनि समस्या समस्या छ । जेलर बस्नेतले पानी किनेरै खुवाउनुपर्ने बाध्यता रहेको बताए ।

‘यहाँको मुख्य समस्या पानी हो । अहिले मेलम्ची आइसकेको छैन, खानेपानीका लागि राज्यले किनेरै खुवाउनु पर्छ,’ जेलर बस्नेतले लोकान्तरसँग भने, ‘एकजना व्यक्तिलाई दिनका करीब २० लिटरसम्म पानी लाग्छ, त्यो सबै किनेर ल्याउनुपर्छ ।’

केन्द्रीय कारागारमा ६०.७१६ केजी सुन प्रकरणमा २५ जनालाई जिल्ला अदालत काठमाडौंले भर्खरै पठाएको छ । यससँगै केन्द्रीय कारागारमा कैदीबन्दीको संख्या थपिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x